Posts

Showing posts from 2016

आन्दाेलनमा ईश्वरहरू-कवि:बिष्णु सन्यास ।

Image
!हार्दिक बधाई !! कवि स्व.बिमल गुरुङ्गको २६सौ स्मृति दिवसको अवसरमा बिमल पुस्ताकालयद्वारा धरानमाँ आयोजित राष्ट्रीय कविता प्रतियोगिता महोत्सवमा देशविदेशबाट सहभागी भएका १६९ प्रतियोगीहरुलाई पछि पार्दै ''आन्दाेलनमा ईश्वरहरू'' शीर्षक कविता मार्फत प्रथम स्थान हासिल गर्न सफल हुनुभएका रोल्पा जेल्बाङ ९ का बिष्णु पुन मगर ज्यु लाइ हार्दिक बधाई तथा निरन्तर सफल साहित्यिक यात्राको शूभकामना ब्यक्त गर्दछौ !!  "आन्दाेलनमा ईश्वरहरू''   स्वयम् ईश्वरहरू नै  आन्दाेलनमा छन अचेल   अस्तित्वकाे   उनीहरूलाई मन पर्दैन  पृथ्वीकाे प्रत्येेक कुना छाेएर वहने  याे वतासकाे आधुनिक रङ   उनीहरूकाे आँखालाई मन पर्दैन  क्षितिज र प्रखालहरू नाघेर टाकुरा-टाकुरा  दगुरिहिँड्ने जून जस्ताे मानिसकाे मन  उनीहरूलाई मन पर्छ बरू  जँगलमै बसेर मानिस  मन्दिर-मन्दिरहरूमा भेटी चढाएकाे  खनेर बृक्षका जरा-जरा  समयकाे त्याे आदिम गुफा छेउँ  भ्रमकाे कुनै अमुर्त शालिक राखेकाे  उनीहरू कहिल्यै देख्दैनन्  गुम्बा, मस्जिद र चर्च अघि निधार ठाेक्दै  अभावकाे रक्ताम्य कविता लेख्दै गरेकाे  कुनै

'हिँउको रङ "- निशान निष्कर्ष।

Image
'हिँउको रङ "  घाम छिर्ने टोपी लगाएर  बिहानै कता हिँड्यो कुन्नि  उपल्लो गामको सोनामे शेर्पा ।   धेरै अगि गाममा  शहरबाट सरकार आउने हल्ला नचलेको हैन  र चलेकै हल्ला हो  सेतो पालले गाउँ सिँगारिने कुरा पनि ।  यतिबेला गुँरास फुलेको छैन गाउँमा  न त आएको छ ल्होसारको उल्लास ।  न भएको छ गुम्बामा बुद्धको स्तुति ।  कहाँ भ्याएका छन् र विचराहरुले यी सबै  काम गर्न र गराउन ।  आँखा आकाशमा कुदाउँदैमा जान्छ दिन  र सुत्ने बेलामा सम्झछन् छेपारोको उखानजस्तै  सरकारको आगमन ।  धेरै भएको छैन  सरकारले दुईटा चाउचाउ र एक मुठी  चिउरा बाँडेको,  त्यही खाएर भर्खर त उनीहरुले मनाएका  हुन् दशैँ र तिहार ।  सायद सरकारको खाजीमा   निस्केको हुनसक्छ सोनामे ?   सोनामेलाई आशा छ  यहाँ बाँसुरी बच्दैन निरोको रोममा जस्तै ।  हिजोबाट सरकारभन्दा छिटो भएको छ  हिमाल   बस्ती सिँगार्न ।  उपहार पठाएको छ उसले पनि  सेताम्मे हिँउका आँकुराहरु ।  हिमाल पठाउँदै गर्दा हिँउको उपहार  नबिर्सनू नि तिमीले सरकारले जस्तै  भर्खर भूकम्पले हामीसित लगाएको साइनो   र नबिर्सनू यहीँ पुरिएका नानीहरुको रोदनको  इ

धनिपुर्जा हराएको देश-भरत थापा बिकल्प ।

Image
" धनिपुर्जा हराएको देश "  आफ्नै देशको बरखी बारेर  मौनधारण गरिरहेजस्ता हिमालहरु  राहदानी भिरेर  उडानको पर्खाइमा रहेका नदीहरु  आत्महत्या गर्न  हामफालीरहेजस्ता झरनाहरु  अनि गुँरास कुम्लो पारेर  बसाइ सर्न लागेका पहाडहरु देखेर  म सोधिरहेछु आमालाइ आमा म गोर्खाली हुँ कि हुँइन ?   सोधिरहेछु  कँहा छ आमा सुस्ता र लिपुलेकको   लालपुर्जा ?  किन हडपिरहेछन दलालहरुले?  कँहा राखेकि छ्यौ आमा बुद्दको जन्मदर्ता ?  किन दाबी गरिरहेछन नाजायज आमाहरु?  अनि कँहा छ सगरमाथाको चिनाटिपन?  कँहा राखेकि छ्यौ अरुणकौ नागरिकता  के साच्चै मेरो देशको धनिपुर्जा हराएकै हो  आमा ?  कि ऐलानी हो आमा मेरो देश ?  सोधिरहेछु आफै काल पर्खिरहेको मधेशले  कसरी मेट्ला कर्णालीको अनिकाल ?  अनि कसरी मेट्ला  भरीया र ढाक्रेहरुको प्यास   आफै लिलाम भएको अरुणले ,  बिन्ती आमा महिनावारी सुकेको छैन भने  टिष्टा र काँगडासंग संसर्ग गरेर  जन्माइदेउन दुइचार अमरसिंहरु  मैले पाथिभरा भाकेको छु  जन्माइदेउन एउटा बुद्द  मैले हलेसी भाकेको छु  अनि जन्माइदेउ भृकुटी र अरनिकोहरु आमा मैले छिन्ताङ भाकेको छु  छिट्टै प

चियर्स जिन्दगी-कविता।Anjita Tamushyo

Image
"चियर्स जिन्दगी "    प्रत्येक साँझ  यी गल्ली र चोकहरुमा  फरक फरक वाद अनि सिद्धान्तहरु  जन्मिन्छन्  जिन्दगी जिउँने तरिका बारे  बहस र बिचार मन्थन हुन्छन्  जिन्दगी जिउँने हो  बहसको बिषय हैन  जिन्दगी भोग्ने हो  मन्थनको आवश्यकता छैन  दुई घुट्को प्याला पनि जिन्दगी नै हो  सागरको अथाह पानी पनि  जिन्दगी नै हो   जिन्दगीको हिसाब किताब खोज्नेहरु हो  जिन्दगीलाई कन्फ्युज नगर ।  हो,  मैले आज प्यालामा जिन्दगी भरेकी छु  आजपनी अबेर सम्म  प्यालामा जीवन र दर्शन भोग्नेछु म  कृपया! आफ्नो दर्शन मलाई नबाँड   म,  एकान्त खोज्दै हिँडेकी छु  पाईलाहरु केही क्षणलाई रोकेर  अनुभूतिका डोबहरुका प्याला पिउँदैछु  हो,  आजफेरि एकपटक म जिन्दगी जिउँदैछु....।  चियर्स जिन्दगी ! - Anjita Tamushyo  

गजल -सुनिल "जलन"।

Image
[गजल] अब चै बिश्वास गर्ने आधार आएको छ, पोको पारेर रुमालमा प्यार आएको छ! अस्ति दशै आएथ्यो बा-आमा रुवायो, भोलि बैनी रुवाउने छ तिहार आएको छ! बाबाको सिरानीमुनि तमसुक भेट्टाएपछी, भाईपनि म संगै कतार आएको छ! जो संग जिन्दगी बिताउने सपना देखियो, आज उसकै बिहेको समाचार आएको छ! पख न मेरो गाउँ पनि देखिन्छ एकछिनमा, भर्खर त सिन्धुलीगढि बजार आएको छ!! - सुनिल जलन   (सिन्धुली)

गजल:गिता कार्की।

Image
[गजल] लाख प्रश्न हरुको जब छाल उठ्दैन'थ्यो। अनुत्तरितभै बारबार सवाल उठ्दैन'थ्यो।  गाउँमा हस्पिटल भए मलाई टुहुरी बनाई, मेरी आमा म बिचमा पर्खाल उठ्दैन'थ्यो। यदी किसानले पनि भ्रष्टाचार गर्थ्यो भने,  हाम्रो घर बर्षे नि अनिकाल उठ्दैन'थ्यो।  यो देशमा फाँसीको सजाय तोकिए देखि,  बलात्कारी, घुसखोरी,दलाल उठ्दैन'थ्यो।  जनताले भोट दिनलाइ कन्जुस गरिदिए, नेताहरुको भाग्य मालामाल उठ्दैन'थ्यो। : गिता कार्की ' सिन्धुली'  

मुक्तक :कमल सरोवर।

Image
[मुक्तक ] कहिले महल कहिले सडक यहाँहरू माझ। केहि अभिनय फरक फरक यहाँहरू माझ। कोहि गित गाऊ कोहि गजल सुनाउँ भन्लान् , भन्नुहोस् के सुनाउ ए..दर्शक यहाँहरू माझ। :कमल सरोवर

मुक्तक:सुर्य इटनी।

Image
[मुक्तक ] छुटी तिमी टाढा गयौँ,आउँने आशमा हेरी रहें। रक्तचाप  यो बड्दै  गयो, श्वास  मेलै फेरी रहें। माया,प्रेममा यस्तो देखे,दम्भं र घमन्ड हजुर, पल्टाउदै अविश्वासको खाता मेलै केरी रहें। ✍: सुर्य इटनी

मुक्तक:दिनेश धामी ।

Image
[मुक्तक] आउ यो मनमा आउन पैॅसा लाग्दैन। आॅखा आॅखा जुधाउन पैॅसा लाग्दैन। अभाबले हाॅस्नै दिन्न भन्छ्यौ तिमी, मैले जस्तै मुस्कुराउन पैॅसा लाग्दैन। :दिनेश धामी 

मुक्तक:सन्तोष अम्गाई।

Image
[मुक्तक] सियो बनाई देखा सरकार झुल बनाई देखा सक्छस भने दुर्गम भेगमा स्कुल बनाइ देखा  नेपाललाई स्वीजरल्याण्ड बनाउनु अगाडी तुइन हटाइ त्यहाँ  झोलुङ्गे पुल बनाई देखा :सन्तोष अम्गाई नाम्जुङ्ग 2 गोरखा हाल थेगु द-कोरिया

जब बोल्दै नबोली कोहि बिदा हुन्छ।-गिता कार्की

Image
[गजल] जब बोल्दै नबोली कोहि बिदा हुन्छ। बुझ्दैनन् मन लाई कति पीडा हुन्छ। अनेक बाहानाले  जिउन हुन्छ गाह्रो, अनि मेरो  मृत्यु यात्रा सिधा  हुन्छ। भेट्दा बोली देउ  है बरु रुखो खस्रो, मनले ग्रहण गर्छन् सुन्दा मीठा हुन्छ। फूल रोपेर दिलमा बोली छैन बास्ना, मौनताका  काँडा  झनै  तिखा हुन्छ। खोजी  हेर्नु प्यारा  जिन्दगीमा  तिम्रो, दायाँबायाँ दिलमा केबल गिता हुन्छ। गिता कार्की  सिन्धुली  ०७३/०४/३२ 

मुक्तकहरु...निलम निश्चल

Image
मुक्तकहरु… १,आग्रह हत्या हिंसा बलात्कार बन्द  होस् हाम्रो  देशमा । अन्याय  र अत्याचार  बन्द  होस् हाम्रो देशमा । धन कमाउन  गको  छोरा  लास  बनी आउँछ , बिदेशीक  रोजगार  बन्द  होस्  हाम्रो  देशमा । २, घात फुल जस्तै डाली माथी फुल्न गाह्रो भयो । भमराको     घातहरु   भुल्न  गाह्रो  भयो । बादलुको  घुम्टो  ओढी  लुकामारी खेल्दै , निश्चल'त्यो  गगन  झै  खुल्न  गाह्रो भयो। ३, राजनीतिक महँगीले जनताहरु मरि राखेका छन् । नेताहरु  भ्रष्टाचार  गरि राखेका छन् । बालुवा चाली जिन्दगी गुजार्नेहरु आज , अन्याय र अत्याचारमा परि राखेका छन् । निलम निश्चल याक्थुङ्बा याङ्नाम छ पाचथर नेपाल हाल मलेसिया सम्पर्क +601117610628

निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन ।गजल-रुपक 'जमरा'

Image
✍ ✍ ✍ ✍... मन्दिरले केही गर्दैन धराधामले, केही गर्दैन । निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन । एका विहानै उदाएछ गरिबिको बस्तितिर खासै हामिलाइ यो चर्को घामले, केही गर्दैन । हिजो देश लुछ्दै टोक्दै गरेका तिनै हुन तिनै आज दिएको यति धेरै इनामले, केही गर्दैन । यो देश उस्तै रहन्छ बरु झन् खुम्चिदै जान्छ घरि-घरि उहीँ नेता छान्ने कामले, केही गर्दैन । यो देश हामिले बनाउनु पर्छ साथि हो हामिले नेता भनिने यी अरुका गुलामले, केही गर्दैन ।                                          - रुपक "जमरा"       सिन्धुली

छोइडुम -कविता

Image
कविता - 'छोइडुम' फिँजाएर फलेकभरी डिका कैंची चक र इन्चिटेप लिएर एक मुटुरो कपडा बा घोत्ली रहनु हुन्थ्यो आकार बिहिन आकृतीहरुमा म सोच्थें सायदा बा इन्जिनियर हुन । ढल्कँदै जाँदा बालापन् म सोध्ने गर्थें बा किन छोइडुम खेल्दा म डुम बनेकै बखत् खित्का छाडी छाडी हाँस्छन साथिहरु ? किन अक्षरहरुको बर्णमालामा द- वर्णमै दब्ने गर्छन अनायासै मेरा स्वरहरु ? किन मेरै उमेरको काजीको छोरा तिमी भनेर बोलाउँछ तपाइँलाई ? र किन मलाई देखेर साइत परेको भन्छन् ऊ माथिल्लो गाउँका बिस्टिनिहरु ? म सोध्ने गर्थें बालाई । बग्दै जाँदा जिवनको नदी खुम्चिए पछि आफ्नै मनको आकाश मन्साएर देउरालिमा ढुङ्गो फालेको हुँ आफ्नै बस्तितिर र पसेको हुँ यो अन्जान शहर बस एक अघोषित अनागरिक । तर बर्षौ पस्चात आज खुब याद आइरहेछ बा को र उभिएको छु त्यही कठघरामा प्रश्न सोधी रहिछिन अबोध छोरी बाबा किन सियो खै सियो कविता पढ्दै गर्दा पुलुक्क मैतिर हेर्छन साथिहरु ? बाबा किन तुलसिको मठ छेउ खेल्दै गर्दा बेस्सरी रिसाउँछन् घरबेटी बा र आमाहरु ? किन यिनिहरु त त्यस्तो देखिन्नन भन्ने गर्छन् वल्लो पल्लो कोठा

..बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी।

Image
[गजल ] बाच्न सिकाउने अनि मार्ने पनि तिमी। खेलाई खेल फेरि उल्टै हार्ने पनि तिमी। हेरिराख मेरो जिउने तरिका भन्दै थियौ, शिखर माथि पुर्‍याई तल झार्ने पनि तिमी। भावनाको नाता ठूलो माने जस्तो गर्‍यौ, म बाहुन त कामी भन्दै बार्ने पनि तिमी। दैवीक शक्ति ठूलो मान्दै भरोसा दिलाइ, मनमा भुतप्रेत र पिशाच सार्ने पनि तिमी। दुनियाँ छाडिदेउ म छु साथमा भन्थ्यौ त, बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी । :- सबु खड्का  "रौतहट"

जिन्दगीको धागो/कविता -नवीन प्यासि

Image
[जिन्दगीको धागो ] एक पित्को मुस्कानको लागि एक टुक्रा चन्द्रमा  र एक अञ्जुली आँसु मिल्काएँ कतै, एक गाँस खुसिको लागि एक माना कालो बादल  र एक धोक्रो अँध्यारो मिल्काएँ कतै, एक बित्ता सम्बन्धको लागि एक डोको समय र एक पोखरी पसिना मिल्काएँ कतै । मिल्काउँदा मिल्काउँदै आफै मिल्किएँ र घिसारिएँ साँघुरो कच्ची सडकको चिहानमाथि रगटिए पाखुरामा कोरेको प्रेमपत्र र मेटिए ताराहरु जोडेर लेखेको प्रेमील अक्षरहरु, फुटे पत्थरमाथी फूल रोप्ने दुबै आँखा र छरपस्टिए स्मृतीका टुक्राटाक्रीहरु, ठोक्किए आधा हाँसेका खाल्डाखुल्डीमा छाती र घाइँते भए तेहाँ सवार मुटु । चुँडिए जूनकिरी हेर्न चुपचाप बसेको नदीको धैर्यताको डोरी, थिचिए आकाश हेर्न मुन्टो उठाएका टुसाहरु आकाशबाट नै, पुरिए पहाडको काखमा सुुनाखरीको बस्ती पहाडबाट नै । तैपनि घिस्रँदै घिस्रँदै  पैतालाको सियोले भाग्य सिँउँदै जाँदा धागो कतै चुँडिएपछि जिन्दगीको  उध्रिइरहेछु म निरन्तर...निरन्तर... कौतुहलको बुइँ चढेर हतारहतार हुँइकिँदा  स्वाद बिर्सिएपछि जिब्रोले आमाको पटुकीको, समात्न बिर्सिएपछि हातले आपाको नैतिक चोरी औँला , बोक्न बिर्सिएपछि

गजल -निश्चल तामाङ

Image
       (गजल) बिरानो शहरमा कहानी छ मेरो। अनौठो रहरमा कहानी छ मेरो। झरे फूल सुन्दर अझै चाह फुल्ने , सुनौलो लहरमा कहानी छ मेरो। म मर्दैछु पलपल ठग्यो भाग्यले नि, अनेकौं प्रहरमा कहानी छ मेरो। भनौं खै कसोरी नसोध्यौ तिमीले, बचनको जहरमा कहानी छ मेरो। म लेख्दैछु पीडा हजारौं सहेर, गजलको बहरमा कहानी छ मेरो। बहर:मुतकारिव मुसम्मन सालिम रुक्न : १२२ १२२ १२२ १२२ :- निश्चल तामाङ "आरम्भ"                 सिन्धुली

३ मुक्तकहरु_सागर ठकुरी "सिन्धुली "

Image
मुक्तकहरु:- १. परदेशी को छुट्टै अनौठो कहानी हुन्छ सोचेको हर सपना सबै खरानी हुन्छ खाली हात फर्किनु बाध्य पर्छन् कति  विधाताले बुझ्दैन कैयौं लगानी हुन्छ     २. पसिना बगाएर काम गर्नेछु आमा गरीबी मानो मआफै भर्नेछु आमा नदुखाउनु मन तिमिले कहि कतै छोरा हु अवश्य खुसी छर्नेछुआमा ३. अब नेपाल सच्चा वीर बन्नेछ गोर्खाली   झुक्दै नझुकाउने शिर बन्नेछ गोर्खाली  बिश्व सामु नाम पहिचान राख्ने नेपालि शान्ति मनको मन्दिर बन्नेछ गोर्खाली :-सागर ठकुरी तिनकन्या ६ सिन्धुली 

कलममा घमण्ड बोकेर हिडिरहेछ् जो, साहित्यको घेरा फोडेर पाखुरा सुर्किन्छ।गजल_नवीन संघर्ष

Image
[ गजल-पाखुरा सुर्किन्छ. .] कोही सम्बन्ध जोडेर पाखुरा सुर्किन्छ। कोही सम्बन्ध तोडेर पाखुरा सुर्किन्छ। देश देश जस्तो त उसले बनाउछ भोलि, जो आफ्नै धर्ती गोडेर पाखुरा सुर्किन्छ। अस्पताल अचेल,अस्पताल जस्तो छैन, डाक्टर बिरामी छोडेर पाखुरा सुर्किन्छ। गन्तव्य भुल्यो कि कतै दूर देखेर डरायो, बिचमै त्यो सफर मोडेर पाखुरा सुर्किन्छ। कलममा घमण्ड बोकेर हिडिरहेछ् जो, साहित्यको घेरा फोडेर पाखुरा सुर्किन्छ। -_ नविन संघर्ष "सिन्धुली "

सन्तोष अम्गाईका केही मुक्तकहरु...

Image
मुक्तकहरू क्रमशः मुक्तक:१ तिम्रा लागि अनेकौ जोखिम मोल्न नभ्याॅउदा। चाॅहदा चाॅहदै मनका कुरा खोल्न नभ्याॅउदा। पराइ भुमीमा छ भनि बुझिदिनु तिमी मलाई, तिम्ले गरेको फोन उठाई म बोल्न नभ्याॅउदा। मुक्तक:२ खोला देखाइदेउ मुहान देखाई राख्नु पर्दैन। ओछ्यान भएसी सिरान देखाई राख्नु पर्दैन। 'म त पराईकी भैसके' बस यत्ती भन्दे पुग्छ, श्रीमान अनि सन्तान देखाई राख्नु पर्दैन। मुक्तक:३ चितुवा भन्दा कम्जोर छैन, खरायो नसम्झ। साॅचो भनेॅ नटोक्ने कुकुरझैॅ, करायो नसम्झ। कुकर्म गर्ने लाई समयले ठेगान लगाउनेछ, त्यही भएर म मौन बस्याछु, डरायो नसम्झ। मुक्तक:४ हामी संग जोसमा होस भएसम्म केही हुन्न। अनि दुबैको निर्णय ठोस भएसम्म केही हुन्न। चिन्ता मान्लीन भन्ने डरले भनिदिए प्रियालाई, तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न। मुक्तक:५ अबिर बिनाको टिकाको के कुरा गर्छौ यार। न्वारन नभएकी राधिकाको के कुरा गर्छौ यार। सिउँदो भरेको श्रीमतीको भर हुन्न भनेॅ यहाॅ, तिमी आफ्नी प्रेमिकाको के कुरा गर्छौ यार। मुक्तक:६ तिम्रा बिचार मा म सहमत हुन छाडेपछी। अनि तिमी संग मेरो सङगत हुन छाडेपछी। मत ह

मुक्तक:नवीन संघर्ष

Image
[ मुक्तक ] जादै रैछौ कमसेकम  , जान्छु भन्नू पर्थ्यो । कि त सँगसँगै हरदम , लान्छु भन्नु पर्थ्यो । यो बीच यात्रामा आखिर छुट्नै थियो भने, बरु पहिल्यै झुटा कसम , खान्छु भन्नू पर्थ्यो। :- नवीन संघर्ष "सिन्धुली "

कविता -"पुतली"

Image
'पुतली ' पुतली, आज पनि लिएको छु हातमा जसरी लिएथें हिजो तर यि दिनहरूमा यो वयस्क छातीसंगै किन ढुक्ढुकिदैन यसको धड्कन? किन लाउँदैन चुकुली अचेल संङ्गीहरुको? किन हाँस्दैन बेपत्ता खितखिताएर? उहिल्यै, खुजमुजिएका पोलिस्टरको बुट्टेदार घाँघरसंगै नाच्थी पुतली झिम्क्याउँथी आँखा पकाउँथी कालीमाटीसंगै तिनपातेको तरकारी बटरफ्लाईको बासनादार बट्टामा अनि रित्ता भित्ताहरुमा बनमाराका सिर्कनाले देखाउँदै पढाउँथी ए माने एप्पल बि माने बल कहिलेकाँही पुतली हिड्थी टुकुटुकु मेरै सामुन्ने र म पच्छ्याउँथे उ पर परको थुम्काथुम्की सम्मै आँप र लिच्चीका दाना खसाल्न मेरा आवेगहरुका साक्षी थिई म कुट्थें उ रुन्थी म चुम्बन गर्थें उ लजाउँथीं झरीमा बलेसीबाट तप्किएका पानीका थोपासंगै उ पनि भिज्थी म संगसंगै मेरो प्रत्येक बालघटनाको उ प्रत्यक्षदर्शी थिइ मेरो अनन्य थिइ हो उ पुतली थिई तर एउटा उदेक लाग्दो कालखण्ड बिलुप्त भएपश्चात त्यही पुतली किन मार्दिन बात म संग?अचेल किन खितखिताउँदिन? अनि किन धड्किन्न मेरो हृदयमा ?सुस्तरी पुतली आज पनि लिएको छु जसरी लिएथें हिजो सायद, केट

....कविता "नवीन संघर्ष "

Image
[ मुस्कुराउन नसकेको देश ] मैले कहिले भनिन, मेरो देश सुन्दर छैन। न त कसैको दबाबमानै भने, मेरो देश सुन्दर छ। म त- लालिगुराँसै गुराँसको पाखा, पहाडै पहाड सगरमाथाको चुचुरो, देशकै मुहार देखिने ठुल-ठुला ताल, सेतै फुल्ने हिमाली हिउँ, निश्चल निलै बग्ने यो मेची,कोसी …कालीगण्डकी, छंगछंगी झरिरहने यी पातले झरना छाँगा, मावरको लेक,तराईको फाटमा, -हुर्किदै,खेल्दै,लडिबुडी गर्दै,स्पर्श गर्दै, भनिरहेछु मेरो देश सुन्दर छ। तर.. जनयुद्ध पछि- म हरेक दिन मेरी आमाको- आँखामा आशु, अनुहारमा मलिन निस्पठ अध्यारो देख्छु । म हरेक दिन मेरी भाउजुलाई- सेतो साडी र उजाडिएको सिउँदोमा देख्छु। मेरो बुबा- त्यो चोकमा एउटा् शालिक बनाएर.. केही बर्ष देखि निर्जीव पत्थरमा उभ्याइएको छ। मेरी बहिनी – बोल्न र बैसाखी बिना हिंड्न् सक्दिनन्, जनआन्दोलन सुरु गर्दागर्दै हराएको, मेरो दाजु अझै बेखबर छ। हिजो पनि गरिएको, र आज पनि गरिने प्रश्नहरु उस्तै छन्, -कहिलेसम्म मेरा छोराछोरीहरुले, मन परेको साथी संगै बसेर खान पाउदैनन्? आफ्नो स्कुलको टिफिन, -कहिलेसम्म मेरो परिवारले, छिमेकीको परिवार संगै लाइनमा बसेर,

गजल_सानू बाबू मल्ल' सिन्धुली'

Image
[गजल] खेती गर्न प्रसस्तै छ पानी कर्णाली संग। बरफ जस्तै चिसो हावा छ हिमाली संग। लिम्बुवान बनेर पराई देशका दाजुहरु, राज्य माग्न बेर लाउँदैनन् नेपाली संग। आफन्तहरु बाटै लुटियो छिनभरमै यहाँ, भागेर कहाँ जानू छर अब दलाली संग। बन्दुक देखाएर दुश्मनले हराउन नखोज, हातैमा छन नाङ्गो खुकुरी गोर्खाली संग। मलाई यस कारण शहर मन पर्दै-पर्दैनन् । मेरो बच्पन छुट्यो गाउँको हरियाली संग। _ सानू बाबू मल्ल  ' सिन्धुली'

गजल -माधब भन्डारी'पृथक'

Image
[गजल] मैले जे जे गर्छु त्यो, ठिक भैदीए पो। सबै कुरा मायाको, प्रतीक भैदीए पो। सच्चा अनि चोखो, मेरो माया जस्तै, म प्रती तिम्रो माया,अधिक भैदीए पो। दिन रात तिमिलाइ नै, सोचिरहन्छु म, यो जस्तै त्यो मन,सरिक भैदीए पो। मेरो हरेक दिन रात, छटपटिमा बित्छ, यो जस्तै त्यो मन,नजिक भैदीए पो।                                                             माया गर्छु काली, तिमिलाइ भनिरहेछु, मेरो शब्द तिमिलाइ,मार्मिक भैदीए पो।   - माधब भण्डारी(पृथक)                    चितवन

एउटा खस्रो चित्र"कविता " -जीवन खत्री 

Image
कविता एउटा खस्रो चित्र  - जीवन खत्री  कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरो उसलै पठाइदिएछ मेरो ठेगानामा एउटा विचित्रको खस्रो चित्र ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु। हुनसक्छ, यो चित्र त्यो भिन्चीले बनाएको हो, जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो। वा हुनसक्छ, दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको सवसे दु:खद कविताको दु:खि पात्रको तस्बिर हो यो। जे पनि हुन सक्छ। एउटा मानव आकृति जस्तो यो चित्र खुब नियालिरहेछु, पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ। दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना खुम्चिएको कुनै विपन्न देशजस्तो छ निधार जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन्। पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्। लाग्छ, उसका कानहरूलाई भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन् उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन् आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन् मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन्। गहिरिएर

सृष्टिकर्ता आमा ममताको खानी हुन् ....

Image
[मुक्तक] सृष्टिकर्ता आमा ममताको खानी हुन् । सधै ज्ञान-उपदेश दिन सक्ने दानी हुन् । सबैको मन मस्तिष्कमा उच्च स्थान छ, सारा मान्छेले अधार मान दिने मानी हुन् । _ अम्बिका याम्फु'अनमोल'

बलेर आफु ज्योति छर्न सिकायौ आमा........

Image
[मुक्तक] जन्म दियौ संसार देखायौ हात समाती ताते गर्न सिकायौ। दु:ख कष्ट अनेक सहेरै पनि ओंठमा मुस्कान भर्न सिकायौ। अन्जान हामी अनभिज्ञ थियौं, अँध्यारो जीवनपथको बाटो, ‘ममता’को आंचलमा हुर्कायौ बलेर आफु ज्योति छर्न सिकायौ। _ सुनिल अधिकारी 

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

Image
"आमाप्रति समर्पित मुक्तकहरूको संगालो" मुक्तक क्रमश :- १. हजार जन्म तिम्रो पाउमा पर्न पाउ मेरी आमा। हर्ष खुसी दिलको घाउमा छर्न पाउ मेरी आमा। आफ्नो सन्तान जिताउन तिम्ले हार्यौ धेरै पटक, सुम्पिदै खुसी तिम्रै नाउँमा मर्न पाउ मेरी आमा। _नवीन संघर्ष      सिन्धुली  २.  न धेरै सम्झन्छु न कम सम्झन्छु आमा तिमीलाई।  पाइला-पाइलामा हरदम सम्झन्छु आमा तिमीलाई।  दुखेको जिन्दगीमा तिम्रै आशिर्वाद काफी भैदिदा, निको बनाउने घाउ मलम सम्झन्छु आमा तिमीलाई। _कमल सरोवर  धादिङ-भुमेस्थान"९"गैरीगाउँ  ३. आउन दिनेछैन  आँसु आँखामा हजुरको । म  बन्नेछु असल  छाेरा आमा  हजुरको । बक्ष्यस्थल हजुरकै काँखमा रमाउन पाँउ, बाँस बसि त्याे दिलकाे बगैंचामा हजुरको । _कपिल मणी ४. जेछु म आज आमाको साथ मायाको हो सार । जिन्दगी पाए संसारमा आए मानवको आधार ।  नौ मैना गर्भ काखमा कति क्वै नखाई बोक्नु भो, अमृतझैं दुधको सक्दिन तिर्न कै गरि त्यो भार । _तारा दिप्साली बान्तवा ५. मलाई थाहा छ आमा तिम्रो आँसु  झरेको छ। भावीले पनि हामीलाई कति हेला गरेको छ।  बुढेसकालको "टेको&q

नाम आफ्नो मरे पश्चात् अमर राखौं।  देश नेपाल आमाको कदर राखौं।_गजल

Image
[गजल ] नाम आफ्नो मरे पश्चात् अमर राखौं।  देश नेपाल आमाको कदर राखौं। पाउ टेकौँ दह्रो कच्चा छ गोरेटो, हर कदममा चियो चर्चा खबर राखौं। कल्पना झैँ कतै आनन्द मिल्दैन, लक्ष्य चुम्ने इरादामा सगर राखौँ। जिन्दगीको स्वयं मालिक धरा आफै, स्वर्ग देख्ने गरौं मनमा सहर राखौं। छाड्नु बानी चहार्ने खुद बनौं सक्षम, खन्न आफै कुवा प्यासी अधर राखौं। लाग्न सक्ला कतै वैरी नजर गिद्दे, देश बोकौ सधैं दिलमा सफर राखौं। दाउ होला कतै चामल पिठो साट्ने, बुझ्न जानौँ भकारीमा नजर राखौँ। बहर :- ए मुशाकिल  रुक्न :- २१२२- १२२२- १२२२ :बिन्दा लामा"तृष्णा" सिन्धुली

....लुकाउनु भो।_गजल 'नवीन संघर्ष '

Image
[गजल] मलाई हजुरले मनैभरी लुकाउनु भो। पिर चिन्ता केहि नगरी लुकाउनु भो। बैसालु बगैंचामा अनगिन्ती फूल थिए, दुनियाँलाई आँखा तरी लुकाउनु भो। हुरीले उडाएन बाढीले पनि बगाएन, ठुला-ठुला खडेरी झरी लुकाउनु भो। हजुरबाटै मैले मुस्कुराउन सिकेको हुँ, अहम् ईष्र्या अनेक थरी लुकाउनु भो। :- नवीन संघर्ष 

याम जस्तै हिउँदको म ओभानो हुँदैछु।_गजल

Image
[गजल] भयो जीवन प्रवासी र बिरानो हुँदैछु। स्वयं आफू संग नै म अखानो हुँदैछु। चोटै चोटले भरेको अदृश्य छन् घाउ, पलपल दुख्ने मुटुको भकानो हुँदैछु। सक्यो चाहा टुटेर भएकोछु निकम्मा, नयन तालमा बर्सिने मोति दानो हुँदैछु। बाचेकोछु प्रवासी सिमित हुँदै लासमा, खुकुरीले टुक्राएको त्यो अचानो हुँदैछु। बग्नु बगेपछी आँसु रित्तिएछ सारा, याम जस्तै हिउँदको म ओभानो हुँदैछु। : आवास थापा  बिर्घा ३ स्याङ्जा

नेपाली कविता वाचन:suraj raanaa

Image
"चुपचाप" मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ  निस्पट्ट रात जस्तै चुपचाप   बनस्पनिहरु जस्तै चुपचाप  सहिदको मुर्ती जस्तै चुपचाप  विशाल आकास जस्तै चुपचाप   ठूलो हल्ला गर्दै चिच्याउने काम त,  ब्लु फिल्मका पोर्नस्टारहरुको हो  लिङ्किन पार्क र मेटालिकाहरुको हो  नाइट क्लबका डि.जे. हरुको हो बेस्यालयको कमजोर खाटहरुको हो नत्र महान काम त चुपचाप नै भै रहन्छन पृथ्वी आफ्नो अक्षमा चुपचाप घुमी रहन्छ  जैबीक रक्तसञ्चार चुपचाप भै रहन्छ  ग्रहहरुले सुर्यको परिक्रमा चुपचाप गरि रहन्छन  कबिले कबिता चुपचाप लेखी रहन्छ  समय चुपचाप चलि रहन्छ  भुगोल चुपचाप अडिग रहन्छ फुलहरु चुपचाप फुलि रहन्छन मौसम चुपचाप बद्ली रहन्छ  घाम चुपचाप उदाउछ र अस्ताउछ ठूलो हल्ला गरेर चिच्याउने काम त  कारखानाको इन्जिन र मेसिनहरुको हो  साहु , महाजन र मालिकहरुको हो भर्खर जन्मेका बचेराहरुको हो  जिन्दगी ध्वस्त पार्ने बम र बारुदहरुको हो  रक्सीका गिलास र बोतलहरुको हो  ब्राण्ड बिग्यापन गर्ने रेडियो र टिभिहरुको हो म कहिलेकाहीँ चुपचाप बसेर सोच्छु-  नाथे सास र धड्कन मात्रै चुपचाप नचली दिएको भए के हुन्थ्यो??

यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो।_गजल

Image
[गजल] यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो। जब भयो नाता सम्बन्ध यो,धर्ति र गगन जस्तो। आउँछन र रुवाउँछन,दिन होस या रात, तिम्रा याद छोडि जाने,बेइमानी पवन जस्तो। भन्न लाई त भन्थ्यौ नि,निभाउछु बाचा कसम, तर कहाँ गर्यौ पुरा,बोलेका ती वचन जस्तो। घमन्डि म भए पनि,मायालु मन भएर होला, अँह!मलाई लाग्दैन,खै दुश्मन दुश्मन जस्तो। :- शिला कार्की  'काठमाण्डौ नेपाल'

समयले बताउछ।-गजल -निलम निश्चल

Image
[गजल ] नदि बन्छुकी ताल बन्छु समयले बताउछ। बाघ बन्छुकी स्याल बन्छु समयले बताउछ। ढलाइ दिन्छु म तिम्रो घमण्डको पर्खालहरु, मित्र बन्छुकी काल बन्छु समयले बताउछ । भुकम्प बनी आको बेला तिम्रो बस्ती तिर, स्थिर बन्छुकी चाल बन्छु समयले बताउछ। तिमी मलाई सधै आडाम्बरी देखाउ ठुल्दाई, कचौरा बन्छुकी थाल बन्छु समयले बताउछ। तिम्रो कुविचार छेक थुन गर्नको निम्ति अब म, भित्ता बन्छुकी पर्खाल बन्छु समयले बताउछ। :- निलम निश्चल  याक्थुङ्बा "याङ्नाम पाँचथर" हाल:-मलेसिया ,

कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं?_गजल

Image
[गजल] कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं? पहिरनमा बस्र फेरि कता जान लाग्यौं? जुन निदाएको छैन अझै अध्यारोमा छ, बसौं अंगालोमा बेरी कता जान लाग्यौं? तिमि बिना यो घर कहाँ उज्यालो रहन्छ, नलिपी दैलो मझेरी कता जान लाग्यौं? रातभर जे-जे भए सल्लाहमै भएको हो, यो नाता तोडी भंगेरी कता जान लाग्यौं? बरु भन प्रिय मनि तिमी संगै जाउला, बनपाखा पानी पधेरी कता जान लाग्यौं? :- नवीन संघर्ष 'सिन्धुली '

आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु, कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर।_सबिना अधिकारी

Image
[गजल] आफुले आफैलाइ, कैयौंपटक, चितामा राखेर। मैले हेरेकिछु, मृत्युलाइ मुख्य, भुमिकामा राखेर। आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु, कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर। समयले मलाइ, एक अनौठो, कपास बनाएर, घुमाइरहेको छ, यो जिन्दगिलाइ, चर्खामा राखेर। त्यो पल, त्यो बिगत,त्यो दुर्लभ समय, तिमिसङ्गको, याद बनाएर, म हिडिरहेछु मुटुको, कुनामा राखेर । बिच बाटोमा, त्यही चरीको, हत्या भएको रहेछ, पठाएको थिएं, बाडुलि जस्को, पखेटामा राखेर। _ सबिना अधिकारी            गोरखा

गजल -तारा मल्ल "महिमा "

Image
"गजल " सधै भरी पाउछु मेरो गितमा मेरी आमा। संसार नै भुल्छु तिम्रो प्रीतमा मेरी आमा। जन्माएर हुर्कायो कति दुःख पायो होला,, खुसी आओस बिहानी को शीतमा मेरी आमा। आफू भोकै बसेरनि खुवाएको याद छ अझै,, जसरी नि हुन्छिन मेरै हितमा मेरी आमा। हजुर जस्तै बन्छु आमा म पनि यो संसार मा,, कति खुसी हुन्छ मेरो जीतमा मेरी आमा।। :- तारा मल्ल महिमा " सिन्धुली "

गुनासोहरु न सपनासँग छ न कहालिलाग्दो जिन्दगिसँग छ, अक्सर सपना र जिन्दगिको दोहोरो युद्द चलिरहदा,  म अल्लि परबाट नियालिरहन्छु ।_मान्यता हुमागाई

Image
कविता  `सपनाको जित´ चकमन्न रात, झिलिमिली सहरभित्रको यौटा कुनामा अँध्यारो कोठा अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु आज फेरि उस्तैगरी मस्तिष्कमा लुट्पुटिन आए। जिन्दगिका निपुर्ण खुशिहरुलाई समेटेर रंगिन दुनिया सजाउने, थोरै आशा, थोरै अभिलाषा अनि थोरै रहर बोकेर । बन्धकी राखेका रातहरु संग मेरा सपनाहरुको  घमासान युद्द हुन्छ , र फेरि सपनाहरुकै जितहुने आशमा प्रत्येक रातहरुसंग मेरोपनी सपनाहरुसँग युद्द चर्किन्छ। युद्द मैदानमा सपना, रात र म लढिरहेकै बेला फेरि उस्कै जित हुन्छ , सपनाकै जित हुन्छ, अनि फेरि मेरै मस्तिष्कको बाटो गर्दै मेरा अधुरा सपनाहरु मेरै आँखा अगाडि  लुट्पुटिन आउँछ । कहिलेकाहि सपनाजस्ता लाग्ने  जिन्दगिका अपत्यारिला खुशिहरु, अनि,  कहिले जिन्दगीका काहालिलाग्दा आरोह र अवरोह जस्ता पूरा नहुने सपनाहरु , एक आपसमा मैदानमा उत्रीरहन्छन आफ्नै पक्षमा जित हाँसिल गर्न म चुपचाप हेरिरहन्छु, म चुपचाप स्विकारिरहन्छु जिन्दगी अनि सपनाहरुले,  यो मस्तिष्कमा लगाएका चोटहरु । तैपनी , गुनासोहरु न सपनासँग छ न कहालिलाग्दो जिन्दगिसँग छ, अक्सर सपना र जिन्दगि

बाबुको पसलमा' खोज्दै जानुस्  छोरीको नग्न तस्बिर,बिक्रीमा छ। _सानू बाबू मल्ल

Image
गजल  लाने भए त्यो शरीर बिक्रीमा छ। बालबच्चाको खातीर,बिक्रीमा छ। पैसा किन्न बिदेश जानेहरु हेर्नुस् यहाँ सरकारी जागीर,बिक्रीमा छ। कसैले ब्यबसाय' चलाउछु भनेर, लेखेको छ यो मन्दिर,बिक्रीमा छ। बाबुको पसलमा' खोज्दै जानुस् छोरीको नग्न तस्बिर,बिक्रीमा छ। :-   सानू बाबू मल्ल ' सिन्धुली'

गजल -jeevan khatri

Image
 'गजल सङ्ग्रह जीवन कसका लागि बाट ’ खै कसोरी कसोरी खोजीरहेछ। कोदो रोपेर तोरी खोजीरहेछ। चोर खोज्न छोडेर प्रहरी पनि, के–के भएथ्यो चोरी खोजीरहेछ। उठ्न नसकेर एउटा मान्छे, अरुको कमजोरी खोजीरहेछ। कोठीमा पुर्‍याएर  फर्कना साथै, बाबुले आफ्नी छोरी खोजीरहेछ। पसल–पसलमा पुगेर गरिब, औषधी भन्दै डोरी खोजीरहेछ। :- jeevan khatri

असोज गयो मंसिर गयो माघ नि जाने भो । रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो ।_मुक्तक

Image
'मुक्तक' असोज गयो मंसिर गयो माघ नि जाने भो । रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो । मन्दिरमा गइ देबी र देवतावभाकेर प्यारीले, माया कसम जिन्दगी भरको उसंगै खाने भो। :- दिपक हमाल     'सिन्धुली '

मेरो सिम्माको चंचले चाला ~सौम्य गलामा मुगाको माला _केस्रा-दिलिप राई'सगर'

Image
केस्रा_ सिम्मा मेरो सिम्माको चंचले चाला सौम्य गलामा मुगाको माला ढाकाको चोली र साडी लाकी पस्मिना सल सुनको बाला कस्तो देखिन्दो हो यस्तो चाला हातमा लिन्दा रक्सिको प्याला ।     केस्रा_ पैसा     शरीर छ जस्को कागत     उसैको छ ठूलो तागत      धनी गरीब छुट्याउने      जताउछ यस्तो ल्यागत      ठट्टा नसम्झ यो कागत      नखरा छ यस्को आगत !    :- दिलिप राई'सगर'       उर्लाबारी-4, मोरङ           हाल; मलाया

तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ।

Image
"याद" तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ। जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि किरण तिम्रो चमक लिएर उदाउछ। जस्तो कि हावा तिम्रो सुगन्ध लिएर महकिन्छ। जस्तो कि बर्सात तिम्रो आभास दिलाएर बर्सन्छ। जस्तो कि फुल तिम्रो प्रतिरुप शृङ्गारेर फुल्छ। याद त यसरी आइ दिन्छ जसरी निमन्त्रणा नदिइ आउँछ युवतिको जवानिमा बैंश। जसरी एवम रितले आउँछ बसन्तमा खुसियालि मौसम। याद त यसरी आइ दिन्छ जसरी आग्रह नगरि तप्किन्छ उषामा पात बाट सबनम। जसरी अबिरल बग्छ हिमालको काखबाट नदि। प्रीया! तिमी अनुमती दिन्छ्यौ भने तिम्रो याद आउछ कि आउदैन म यो सास रोकेर परिक्षण गरुँ? :- suraj raanaa

घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु– भोलि केमा पिस्छन् होला छोराछोरीहरूले चाउचाउ खाने आफ्नो जिन्दगी ?_कविता -सरस्वती दुमी राई

Image
कविता महोत्सव २०७२ मा दोस्रो भएको कवि सरस्वती दुमी राई (रवि, पाँचथर)  “आमा, जाँतो र मेरो जिन्दगी” मेरो भाग्यमा केके छ भन्न सक्दिनँ तर, मेरो कर्मको जाँतोमा जिन्दगी पिसिरहेकी छु च्याँख्ला, पिठो र मल्खुहरूमा जिन्दगीलाई टुक्राटुक्रा पारिरहेकी छु । पिसिनुअघि झरीमा भिजेँ बिस्कुनमा सुकेँ भुइँमा छरिएँ जति रहेँ, आफ्नै जिन्दगी सम्झिएँ आमा पनि जिन्दगीलाई घान हालेर पिसिरहनुहुन्थ्यो दाउरा–घाँस गरेर फर्किएकी आमालाई देखेर भन्थेँ– ‘भोक लाग्यो आमा’ आमाको ममता बोल्थ्यो– भर्खर पिस्दै छु जिन्दगीलाई जाँतोमा पर्ख छोरी, रोटी खालिस् ! वर्तमान म स्वयम् आमा स्कुलबाट घर फर्किएका छोराछोरी सिकुवामा थचक्क बसेर भन्छन्– ‘आमा ! भोक लाग्यो !’ म भन्छु– ‘पर्ख नानी हो जिन्दगी पिस्दै छु जाँतोमा रोटी खालाऊ’ छोराछोरी भन्छन्– ‘नाइँ आमा चाउचाउ खान्छु !’ घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु– भोलि केमा पिस्छन् होला छोराछोरीहरूले चाउचाउ खाने आफ्नो जिन्दगी ? ०० _ सरस्वती दुमी राई

भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर।_गजल -मिलन मधुभाषी

Image
'गजल ' कुबेर सकियाे धनकाे अहँकार गरेर। म सकिदैछु तिमिलाइ प्यार गरेर। भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर। जीवन कवाड राख्ने एक पाेलेथिन जस्ताे बन्याे, प्रेम गर्दा जे सिकायाै त्यै अनुसार गरेर। याे हातमा चाराे देखाउदै रेट्नेहरुकाे बस्ति हाे, तिमिले हिड्नु पाइलै पिच्छे बिचार गरेर। यस्ताे लाग्छ सायद अब जन्म फेरिन्छ हाेला, कपालले रङग फेयेे तिम्राे इन्तजार गरेर। _ मिलन मधुभाषी

तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ ।

Image
'गजल' तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ । सुनसान सन्नाटामा छोडी गयाै तिमी, त्यसमा थप्न अझै अन्धकार नपठाउ । फेवातालमा डुबुल्की मारेका छन नयन, बिन्ती छ आँशुको जलाधार नपठाउ । मृत्यु संग लड्दै छु तिम्रै मुख हेर्दे अचेल, ब्यर्थ हुन्छ डाक्टर अनि उपचार नपठाउ। :- रेखा पन्त  गोर्खा, नेपाल हाल इजरायल

हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन।

Image
  समय छुटेको बाटो..... (एउटा कविता) र, सधै भन्ने गर्थे- जीवनको म्याराथुन दौडिदा-दौडिदै थाक्यौ भने सम्झिनु- हामी एकै पाईलाले नाप्दैछौ-गन्तब्यको क्षेत्रफल। र यो पनि सम्झिनु, हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन। च्छो-रोल्पा कसम, तिम्रो मुस्कानको फिनिसिङ लाजवाफ लाग्थ्यो। त्यो भन्दा लाजवाफ त झन- तिम्रा आँखामा रारा र फेवा देखिरहन्थे, जहाँ, स्पट देखिन्थ्यो-हिउँले लपेटिएको ठूलो हिमाल र, महसुस गर्थे- यो जीवनको हिमाल हो सधै हासीरहन्छ-सधै अग्लिरहन्छ......। हरेक बिहान, जब झ्यालका बुट्टे पर्दाहरु माथी, झन माथी सार्दै नियाल्थ्यौ बाहिर प्रत्यक पल प्रेमको घडिमा सुस्तरी बग्थ्यो समय। र, एउटा साँझ प्रेम नै प्रेमले सिगाँरिन्थ्यो- सुन्दरताले सिगाँरिएको लालीगुंरास जस्तै....। साच्ची भन त..... तिमीलाई ईस्वरको भन्दाबढि डर-मेरो किन लाग्थ्यो? कहिले भनेनौ मलाई, यो छोटो सवालको छोटो