....लुकाउनु भो।_गजल 'नवीन संघर्ष '
[गजल]
मलाई हजुरले मनैभरी लुकाउनु भो।
पिर चिन्ता केहि नगरी लुकाउनु भो।
बैसालु बगैंचामा अनगिन्ती फूल थिए,
दुनियाँलाई आँखा तरी लुकाउनु भो।
हुरीले उडाएन बाढीले पनि बगाएन,
ठुला-ठुला खडेरी झरी लुकाउनु भो।
हजुरबाटै मैले मुस्कुराउन सिकेको हुँ,
अहम् ईष्र्या अनेक थरी लुकाउनु भो।
:-नवीन संघर्ष
Comments
Post a Comment