गजल -jeevan khatri
'गजल सङ्ग्रह जीवन कसका लागि बाट ’
खै कसोरी कसोरी खोजीरहेछ।
कोदो रोपेर तोरी खोजीरहेछ।
चोर खोज्न छोडेर प्रहरी पनि,
के–के भएथ्यो चोरी खोजीरहेछ।
उठ्न नसकेर एउटा मान्छे,
अरुको कमजोरी खोजीरहेछ।
कोठीमा पुर्याएर फर्कना साथै,
बाबुले आफ्नी छोरी खोजीरहेछ।
पसल–पसलमा पुगेर गरिब,
औषधी भन्दै डोरी खोजीरहेछ।
:- jeevan khatri

Comments
Post a Comment