Posts

Showing posts from March, 2017

झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ-आर्य आयुषा।

Image
[गजल ] झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ। ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ। लाग्दैछ डर अचम्मै आयो बिमान फेरि, हाम्रा जवान सारा परदेश लगेर जान्छ। चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै, भूकम्प जान्छ अन्तै कम्पन म नेर जान्छ। जिउदाहरू मरेझैं  स्वासै नफेरि बस्छन् , शालिकको आँसु पुछ्न मुर्दा उठेर जान्छ। अन्धो रहेछ भन्लान् भन्नेहरूले पक्कै , हररात जान्छ मेरो आँखा बगेर जान्छ। - आर्य आयुषा