Posts

Showing posts from January, 2016

गजल -पुष्प अधिकारी अञ्जली

Image
"गजल " जनताले दिएको जनमत बिर्सन्छ ऊ। आफैले गरेको दस्तखत बिर्सन्छ ऊ। शालिकमा एकदिन माला लगाउँछ, र सँधै सहिदको रगत बिर्सन्छ ऊ । कालो पर्दाळे छोपिन्छ जव मानवता , देश र जनता शतप्रतिशत बिर्सन्छ ऊ। एउटै सत्य ज्यूँदो हुन्छ शायद नबुझेर, आफ्नै दुष्कर्मको परिणत बिर्सन्छ ऊ। भित्ताको पनि कान हुन्छ भन्दैथिएँ म , पटक पटक गरेको गलत बिर्सन्छ ऊ। :- Puspa Adhikari Anjali

"सहिद"कविता -आश्रय रवि

Image
…सहिद… जसले देशको लागि आफ्नै जीवन हत्केलामा राखेर हिडिरह्यो निरन्तर ... देश छातीमा बोकेर महान सपनाको यात्रामा  ००००००००००००० उ हार्न तयार छैन शासक र दुश्मनसँग उ लड्न चाहन्छ स्वतन्त्रताको लागि स्वाभिमानको लागि छातीमा गोली थापेर उसले देखाउनेछ दुनियाँलाई सुन्दर समाज र सभ्यताको रङ.... ०००००००००००००००००००००० उ मर्न तयार छ काँडाघारीको जंगल छिचोलेर असमानताको पर्खाल भत्काएर प्रत्येक युगमा हाँसीहाँसी परिवर्तनको लागि नवीन बिहानको लागि मरेपनि युगौँ-युग बाचिरहन्छ करोडौं मुटुहरुमा साचो अर्थमा उ नै 'सहिद'हो।        ००००००००० कवि :- Rabi Yakthungba"आश्रय रवि"          

म अज्ञात सहिद आएको छु..-विप्लव ढकाल

Image
म अज्ञात सहिद आएको छु !  ... सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ..... मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि पस्नेछ अब रगतको बाढी ! र यो देशको आत्मा फेरि एक पटक मध्यरातमा बिउँझेर रुनेछ ! ..... आऊ, गिरफ्तार गर ! हातमा बन्दुक हुनेहरू ! मलाई गिरफ्तार गर— म फेरि आएको छु ! कफ्र्यु लगाएर विचारको भग्न सडकमा मेरो चेतनामा अन्तिम पटक छापा मार ! र मलाई जङ्गलमा लगेर फेरि बेपत्ता बनाऊ ! हातहरू गिँड, आँखा झिक र जिब्रो काटिदेऊ ! ..... हिजो पनि इतिहासमा थाहै नपाई पटक पटक यसरी नै मारिएको थिएँ म अब फेरि मर्नका लागि बाँचेर आएको छु ! ..... मेरो चिहान खोइ कहाँनिर पर्छ ? चिहानमा राखिएका नम्बर प्लेटहरू झिक ! मेरो लासमाथि लास जस्तै ओढाइएका ती रक्तिम झन्डाहरू झिक ! र झिक तिम्रा लाटा शब्दकोशहरूबाट यो ‘अज्ञात सहिद’ भनिने शब्द ! म आज तिमीले सुन्ने गरी गीत गाउँदै एउटा अनागरिक इलाकाको अप्रिय कोलाहल आएको छु ! म फेरि मर्नका लागि बाँचे

मुक्तक-नानू मगर

Image
"मुक्तक" त्यो पल!तिम्रो मेरो न्यानो साथ थियो । संगै जिउँने संगै मर्ने मिठा बात थियो। आउँछ याद अझै ती रमाईला क्षणको, दुःख सुखमा एक अर्काको हात थियो। :-नानू मगर

कविता "कुमारी आमा" -Alisha poudyal

Image
कुमारी आमा भन्नुहोस् जज्साब म आमा बन्न पाउने कि नपाउने? हो जज्साब म कुमारी हुँ कुमारी रहन चाहन्छु यो पनि साँचो हो म कुमारि मै आमा बन्न चाहन्छु मेरा प्रतिपक्षिहरु मलाई रोकिरहेछन् दिइरहेका छैनन् मलाई आमा बन्न कुमारी आमा बन्न न्याय पाउँ जज्साब न्याय पाउँ मलाई आमा बन्नुछ यो मेरो अधिकार मलाई दिनुस् मेरो गोद भरियोस् जज्साब मलाई आमा बन्न दिनुस् जज्साब म चाहन्न कसैकी श्रीमती बन्न म चाहन्न कसैसँग रात बिताएर गर्भवती हुन तर म चाहन्छु सन्तान सुख यहि सुख खोज्दा आज म उभ्याइएँ अदालतमा भन्नुस् जज्साब मेरो कसुर के? बोल्नुस् जज्साब बोल्नुस् एउटी आइमाइले सन्तान जन्माउन पाउने कि नपाउने? मेरा विरुद्ध जे जति कुराहरु गरिएका छन् ती सरासर झुट हुन् जज्साब मेरो माथमा जुन कलङ्कको टीका लगाइएको छ त्यो गलत हो हैन म वेश्या हुँदै हैन मैले इज्जत बेचेकै छैन मैले भङ्ग गरेकै छैन सामाजिक नियम मैले गरेकै छैन आफ्नो संस्कृतिको हत्या मैले गरेकै छैन आफ्नो कुमारित्व नष्ट अब भन्नुस् जज्साब कसरी भएँ म समाजको कलंक तर यो साँचो हो जज्साब मैले जन्माउँदैछु बच्चा जो मेरो पेटम

मुक्तक-लक्ष्मी श्रेष्ठ

Image
मुक्तक नबोलेरै सधैं मलाई सताउछौ कहिले सम्म? मनको कुरा मन्मा नै अटाउछौ कहिले सम्म? हरेक राति सपनिमा झस्काउछ तिम्रो यादले भन सानू मात्रै याद खटाउछौ कहिले सम्म? लक्ष्मी श्रेष्ठ क्षेत्रपा 2 दोलखा

मुक्तक-bharat thapa

Image
"मुक्तक" जसरी बुझ जिन्दगी बुझ्नलाई । सकिन्छ चाहे काँडा फुल्नलाई । केही सोच उठेर आफू भन्दा माथी, चित्तामा छ ठाउ सधै सुत्नलाई। - भरत थापा 

मुक्तक-asim sneha

Image
"मुक्तक" भन्छु भन्दाभन्दै पछि रोकिएलान बोली। मेरो भन्दाभन्दै माया कस्को होला भोलि। बोलिहाल आजै बरु तिमी मनको कुरा सबै, फेरि चढ्लिन प्रीयसिले पराइको डोली।😍 - असिम स्नेहा

मुक्तक-bishnu karki

Image
~~~~मुक्तक~~~~ जब उनको एक बोली सुन्दा मलाई आहा भयो त्यसैले त संगै जिउने संगै मर्ने चाहा भयो म प्रतिको उनको माया के कति छ भन्ने कुरा ... फूलको मेरो बोली उनलाई पत्थर बन्दा थाहा भयो!! बिष्णु कार्की झापा       

गजल -राम अबीरल

Image
"गजल"  केहि नाताहरु जोडिए टुक्रिनको लागि।  र केहि जीन्दगी भर सम्झिनको लागि।  तिमी किन घरि घरि चित दुखाउछौ,  के नै छ र म संग दिनको लागि । आशु पुछि देउ ,हात हल्लाई देऊ , आज छुट्नै पर्छ भोली भेटिनको लागी।   मन बदल्नु पर्छ,दिमाग बदल्नु पर्छ,  पकै, मैले तिमीलाई बिर्सिनको लागि।         -राम अबीरल   - अछाम