Posts

Showing posts from May, 2017

भात कविता -राजु झल्लु प्रसाद ।

Image
[भात] यता एउटा भोको बालक, भोको पेट, भ माने भात पढिरहेछ ! उता अर्को बालक, बर्गर लुछ्दै, ब माने बम पढिरहेछ ! र, यसरी इश्वी सम्बतको गर्भबाट एउटा रङ्गिन इतिहास जन्मिन्छ यहाँ ! अनि, शताब्दीका भित्तेपात्रोहरु:- युग पढाउन थाल्छन् ! भानुभक्त पढाउन थाल्छन् ! बुद्द पढाउन थाल्छन् ! गान्धि पढाउन थाल्छन् ! देश पढाउन थाल्छन् ! ** कोहि दोबाटोमा पुगेर पनि बाटो टुङ्गिन्छ, भनेर पढाउदैनन् ! कोइ गन्तव्यमै पुगेर पनि गन्तव्य भेटिदैन, भनेर पढाउदैनन् ! *** कसरी यो शहरले, भर्खरै शहर छिरेकी फुलमाया दिदिको चप्पलको फिता चुँडायो ? कसरी यो शहरले, भर्खरै शहर छिरेका श्याम दाइको थाप्लोको नाम्लो जफत गर्यो ? अहँ, कोइ केइ पढाउदैन यहाँ  !! *** लाटोकोसेरोहरुको रातमा:- यहाँ परेवाहरु बाज बन्छन् ! बुद्द हिटलर बन्छ ! र, केइ परबाट चुपचाप.... चुपचाप....., गान्धी बस् अध्यारोमा बसि यी सब तमसा चाटिरहन्छ ! *** मोतिराम बेश्यालय छिराइरहेछ भानुभक्तलाई, यतै कतै ! बुद्द हिटलरको पाइला उचाली गान्धिलाई कुल्चिरहेछ, यतै कतै ! र लेखिरहेछ, सिग्रेटे धुवाँ ओक्लदै लक्ष्मि दारुलयमा बसेर, युग