Posts

Showing posts from July, 2015
Image
नवीन संघर्ष -सिन्धुली गजल,  बन्धनहरु धेरै बाधिएला मन्दिर पुगेर।  लाग्नेछ सधै बाचिएला मन्दिर पुगेर।  बोल्दैन सुन्दैन उ,मुर्ति बनेर पत्थर ,  कहिले सम्म हासिएला मन्दिर पुगेर।  छुटदैनौ भनी खाएको,कसम बिर्सनेले, देखेर ताल्चा सम्झिएला मन्दिर पुगेर।  प्रयासबाट हारेदेखी,सोधिरहेछु म पनि,  ठक्कर कत्ति राखिएला मन्दिर पुगेर। धर्मको नाममा देश,टुक्र्याउदैछ खबरदार, मान्छेले मान्छे मारिदिएला मन्दिर पुगेर।                 ©नवीन संघर्ष (सिन्धुली )                                                

गजल

Image
गजल म खोज्दैछु माटोको इतिहास धमिरा बाट । किन नष्ट हुदैछ्न आफै चिरा-चिरा बाट । छाती छिचोलेर मुटु भित्र देश रोईरहेछ, जब देखि बग्न थाले धमनी र शिरा बाट। खानेले पो तामा छोएर खाईदिन्छ कसम, तोड्नेले तोडिदिन्छ सुन चाँदी हिरा बाट । संघर्ष र समयले पत्थरहरु शिला बनिदिन्छ, जसरी बनेको छ पुतली झुसिल किरा बाट । भट्टीको साउनीले बेचेर भट्टी चलाए जस्तै, मैले पिएर चलाईदिए जिन्दगी मदिरा बाट । नवीन संघर्ष (सिन्धुली नेपाल) प्रवासी कलम मलेसिया (सदस्य )