Posts

Showing posts from February, 2018

सिन्धुलीमा जीप भिरबाट खस्दा ४ जनाको घटनास्थलमा नै मृत्यु, घाइते १६ यात्रुमध्ये गम्भीर पाँच जनालाई काठमाडौं लगियो

Image
दुःखद घट्ना  सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट तिनकन्या नाकाझोली जांदैगरेको डबलक्याप बुलेरो अहिले बेलुका ५ बजेतिर बीपी राजमार्गको सेल्फी डाडा नजिकै सडकबाट ५० मिटर तलखसेर दुर्घट्ना भएको छ । उक्त गाडीमा सबार २१ यात्रु मध्ये ४ जनाको घट्नास्थमै ज्यान गएको छ । अन्य १७ जना घाइते भएका छन । ज्यान जानेहरुमा गोलान्जोर गाँउपालीका ५ निवासी लक्ष्मी देबकोटा, नबराज थापा, युबराज लुङ्गेली मगर, र रेसम कार्की रहेको प्रहरीले जानकारी दिएको छ । ड्राइभर निदाएकोले गाढी दुर्घट्ना भएको घट्नास्थलमा खटिएका डिएस्पी बिनोद शर्माको भनाइ छ । बिरामी मध्ये गम्भीर घाइते भएका गोलान्जोर गाउपालीका ५ निवासी १० बर्षकी दिपिका थापा , २६ बर्षको दिलीपजङ थापा र सोही गाँउपालीका ६ निवासी १३ बर्षकि पबित्रा मगरलाइ थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको र बाकीको सिन्धुली अस्पतालमा उपचार भैरहेको अस्पतालका डा. प्रेरित देबकोटाको भनाइ छ ।

दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए-प्रीय कास्मिरा।

Image
प्रिय कास्मिरा  प्रिय कास्मिरा, आज म, आफ्नै भविष्य जलाएर, तिमीलाई न्यानोपन दिदैछु यसलाई महान सम्झ या देखावटी किनभने पहिलो पटक म दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए तर तिमी त मलाई शत्रु देख्दि हौ प्रिय कास्मिरा तिमीले कैले बुझ्न सकिनौ त्यो मैले पेन्टागनमा चढाएकै फूल थियो जो कोटको दायाँतिर सिँऊरिएर उसले तिम्रो दिल जितेको थियो जब तिमीलाई नदुखाऊने सर्तमा मनमा ताल्चा मारेर बसेकी थिए तिम्रै फूलको सुरक्षामा तैनाथ गरिदिएकी थिए जन्मौ जन्म पुग्ने आशीर्वादहरु चिनेकी छ्यौ भने सोध्नु पूर्वदेखि पश्चिमका भगवानलाई म मन्दिरमा भगवानभन्दा बढी तिम्रो नाम लिन्थे आज पनि भान्सामा लसुनको पोटी छोडाऊदै सम्झन्छु तिमीलाई नै भनेर छोडेर आएका ति थुप्रै पलहरु त्यसवेला कहाँ थियौ तिमी किन स्विकार्य भएन त्यो पल आज जब एक्लै देखेर सङ्गै साथ बाँच्न खोजे हुरी बनेर आइदियौ  भ्रमको पर्दा फिँजाएर र चुँडेर लग्यौ आफ्नै गलाको माला बनाऊन मैले मेरै गमलामा सजाएको फूल थाहा छैन यतिवेला तिमी फूलहरुको सङ्गममा छ्यौ या काँडाको घोचाईमा अब तिम्रा सुगन्धहरु मन पर्दैन मलाई आएर लै