Posts

Showing posts from March, 2016

भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर।_गजल -मिलन मधुभाषी

Image
'गजल ' कुबेर सकियाे धनकाे अहँकार गरेर। म सकिदैछु तिमिलाइ प्यार गरेर। भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर। जीवन कवाड राख्ने एक पाेलेथिन जस्ताे बन्याे, प्रेम गर्दा जे सिकायाै त्यै अनुसार गरेर। याे हातमा चाराे देखाउदै रेट्नेहरुकाे बस्ति हाे, तिमिले हिड्नु पाइलै पिच्छे बिचार गरेर। यस्ताे लाग्छ सायद अब जन्म फेरिन्छ हाेला, कपालले रङग फेयेे तिम्राे इन्तजार गरेर। _ मिलन मधुभाषी

तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ ।

Image
'गजल' तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ । सुनसान सन्नाटामा छोडी गयाै तिमी, त्यसमा थप्न अझै अन्धकार नपठाउ । फेवातालमा डुबुल्की मारेका छन नयन, बिन्ती छ आँशुको जलाधार नपठाउ । मृत्यु संग लड्दै छु तिम्रै मुख हेर्दे अचेल, ब्यर्थ हुन्छ डाक्टर अनि उपचार नपठाउ। :- रेखा पन्त  गोर्खा, नेपाल हाल इजरायल

हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन।

Image
  समय छुटेको बाटो..... (एउटा कविता) र, सधै भन्ने गर्थे- जीवनको म्याराथुन दौडिदा-दौडिदै थाक्यौ भने सम्झिनु- हामी एकै पाईलाले नाप्दैछौ-गन्तब्यको क्षेत्रफल। र यो पनि सम्झिनु, हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन। च्छो-रोल्पा कसम, तिम्रो मुस्कानको फिनिसिङ लाजवाफ लाग्थ्यो। त्यो भन्दा लाजवाफ त झन- तिम्रा आँखामा रारा र फेवा देखिरहन्थे, जहाँ, स्पट देखिन्थ्यो-हिउँले लपेटिएको ठूलो हिमाल र, महसुस गर्थे- यो जीवनको हिमाल हो सधै हासीरहन्छ-सधै अग्लिरहन्छ......। हरेक बिहान, जब झ्यालका बुट्टे पर्दाहरु माथी, झन माथी सार्दै नियाल्थ्यौ बाहिर प्रत्यक पल प्रेमको घडिमा सुस्तरी बग्थ्यो समय। र, एउटा साँझ प्रेम नै प्रेमले सिगाँरिन्थ्यो- सुन्दरताले सिगाँरिएको लालीगुंरास जस्तै....। साच्ची भन त..... तिमीलाई ईस्वरको भन्दाबढि डर-मेरो किन लाग्थ्यो? कहिले भनेनौ मलाई, यो छोटो सवालको छोटो

कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन।-सन्ध्या सानु

Image
'गजल' टाइसुटमा उहाँ ठाटिदा चिनियन। बारम्बार यहा ढाटिदा चिनियन । अझै पनि यस्तो उस्तो गर्छु भन्नु हुन्छ, टनकपुर कर्णाली बाटिदा चिनियन। कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन। आमा भन्दा उहालाई माता प्राण प्यारि, थुकेर त्यहि थुक फेरि चाटिदा चिनियन। हामि सङ्गै बाग्मतिमा फोहोर उठाउने उहा, नाका बन्द ग्यासका लाइन काटिदा चिनियन। :- सन्ध्या सानु

समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर ।

Image
'गजल' समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर । सिकारी हो सक्छौ भने मार त्यो बाज् आजै मार, लगेकोछ हाम्रा कयौं चल्लाहरु उडाएर । हेरौं छोरो कस्तो शिक्षा दिन्छ यी सन्ततिलाई , बाबा आमा राखेको छ बृद्धआश्रम बनाएर । हुर्काउछन बढाउछन पढाउछन छोरीहरू , खुसि हुन्छन बाबू आमा तिनेै छोरी अन्माएर । बिते कयौं साँझहरु औला भाच्दै प्रहरहरु, जिन्दगानी यो अनौठो पिंजडामा सजाएर। :- शिव सुवेदी  शान्तिनगर एक जुनेली बस्ती झापा अचेल:- मलेसिया

जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो-रमेश "गोठालो "

Image
'गजल' जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो। तिमी शब्द मेरा तिमी भावना हौ, सधैं गुन्गुनाई रहौं गीत तिम्रो। म पूजा गरौं या गरौं कामना क्यै, निहित होस त्यसमा सदा हीत तिम्रो। नबिर्से मलाई कुनै बाहनामा, नयन बाट बग्ने छ है शीत तिम्रो। रहर फुल्न थाले अनौठा म भित्र, सयौं जन्म मनको बनौं मीत तिम्रो। :- रमेश "गोठालो "

मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी।

Image
"गजल" मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी। बाध्यताले लाचार बनाएको बेला, पापीसामु यो शिर झुकेको कहानी। बर्खाभरि खेतबारी धाएर मेरा बा, बुढो रुखझैँ हिउँदमा सुकेको कहानी। सपनीझैँ बिर्सिएछ उसले ति कुरा, मेरै काँध चढी माथि पुगेको कहानी। अगाडी नै जिन्दगीको गाडी रोकिँदा, भेट्न एकै पाईलाले चुकेको कहानी। :- सीता प्याकुरेल 

आजबाट यहाँ फूलहरू हास्नेछैनन् काटिदिएपछि वरपीपल बेघर भए चराहरू पुरिदिएपछि कुवा काकाकुल भए टारीहरू निमोठिदिएपछि फूल मुस्कुराउनै छाडे नानीहरू गतिशीलताको नाममा निमिट्यान्न पारेर बाका सारा निशानी निस्किएँ म मरूभूमिको यात्रामा मरूभूमिमै सकियो मेरो रूप यौवन उन्माद र सँगसँगै सिद्धियो मभित्रको मपाईंत्व

Image
प्रज्ञा प्रतिष्ठानले २०७२ सालमा आयाेजना गरेकाे कविता प्रतियोगितामा निर्णायक मण्डलकाे निर्णय अनुसार ३१ अऔं भएकाे कविता । कविता फर्किएर गाउँमा बाले घरजम गरेको साल सार्नुभएथ्यो वरपीपल जसले बटुवालाई शीतलतामात्रै होइन चराहरूलाई सुरक्षित बास पनि दिएथ्यो अंशवण्डापछि त्यही वरपीपलको फेदमा उभिएर मैले उर्दी जारीगरेँ– आजबाट यहाँ कोही नबस्नू ! आमा गर्भवती भएको साल बाले खन्नुभएथ्यो कुवा जसले बस्तीहरूको प्यासमात्रै मेटाएन उजाड टारीहरूमा लहलह धान झुलायो नामसारीसँगै त्यही कुवाको डिलमा उभिएर मैले हुङ्कार गरेँ– आजबाट कसैले यहाँको पानी पिउनेछैन ! म जन्मेकै साल बाले आँगनको डिलभरि रोप्नुभएथ्यो फूल जसमा रमाउँदै पुतलीहरूमात्रै नाचेनन् फूलझैँ मुस्कुराउन सिके मजस्तै नानीहरू स्वामित्वपछि मैले चेतावनी दिएँ– आजबाट यहाँ फूलहरू हास्नेछैनन् काटिदिएपछि वरपीपल बेघर भए चराहरू पुरिदिएपछि कुवा काकाकुल भए टारीहरू निमोठिदिएपछि फूल मुस्कुराउनै छाडे नानीहरू गतिशीलताको नाममा निमिट्यान्न पारेर बाका सारा निशानी निस्किएँ म मरूभूमिको यात्रामा मरूभूमिमै सकियो मेरो रूप यौवन उन्माद र सँगसँगै

बिहान जसरी रित्तो ब्युँझन्छ उस्तैगरी सुत्छ रित्तो रित्तो साँझ डाँडामै छाडेर डाँडामाथिको घाम आफैं अनाथ भएका छन् सहरमा छोराछोरीहरु आउँछन्, अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन् एउटा कैदीजस्तै जिन्दगी दिन्छु, हिँड् भन्छन्

Image
नेपाल प्रज्ञा प्रतिष्ठानबाट कविता महोत्सव २०७२ मा प्रथम भएको कविता "गाउँको वृद्धालय" बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे केटाकेटीहरु त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो बिहान जसरी रित्तो ब्युँझन्छ उस्तैगरी सुत्छ रित्तो रित्तो साँझ डाँडामै छाडेर डाँडामाथिको घाम आफैं अनाथ भएका छन् सहरमा छोराछोरीहरु आउँछन्, अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन् एउटा कैदीजस्तै जिन्दगी दिन्छु, हिँड् भन्छन् वनै मग्मगाउने वनफूल गमलामा सजाउँला ठान्छन् पिँजडाको लोभ देखाउँछन् गाउँ ब्युँझाएर कहिल्यै नथाक्ने चरालाई । यी डाँडापाखाहरु टारी फाँटहरु जंगल चौतारीहरु अनि बाँडेर कहिल्यै नरित्तिने मन कसरी अटाउँ उनीहरुको साढे दुईआने सहरमा? बाँच्नुको दुःख बिल्कुलै छैन यता पोथ्राको गुँड हेरेर पनि जिन्दगी चलेकै छ बच्चा काढ्छन् मुखको गाँस खुवाउँछन् उडाउँछन् हाँगाहाँगा पछ्याउँदै त्यही हाँगामा तुर्लुङ्ग झुन्ड्याइद

छोराले बा को सालिक लडायो, अचेल बिचारहरु जागी रहेछ।

Image
' गजल' विद्धान पनि त अभागी रहेछ। मलाई त त्यस्तै लागी रहेछ। अरे यार अजिब मान्छे पनि, पत्थरसँग केहि मागी रहेछ। छोराले बा को सालिक लडायो, अचेल बिचारहरु जागी रहेछ। सोधे किन हो खरानी धसेको, बिचरो म जस्तै वैरागी रहेछ।। :- भरत थापा  " सिन्धुली" हाल: दक्षिण कोरिया

जग्गा जमिन त्यो घर पनि बन्धकीमा छन् । सपना देख्ने यी नजर पनि बन्धकीमा छन् ।

Image
'गजल' जग्गा जमिन त्यो घर पनि बन्धकीमा छन् । सपना देख्ने यी नजर पनि बन्धकीमा छन् । बिचरा ती गाउलेहरू कस्तो सपना देख्लान्, यो राजधानी त्यो सहर पनि बन्धकीमा छन्। बुझ्दिए हुन्थ्यो पुकार अनी सुनिदिए हुन्थ्यो, भगवान खोज्दा पत्थर पनि बन्धकीमा छन् । जानेबेला कमसेकम ओठैभरी मुस्कुराइदिनु, यो जिन्दगी यो सफर पनि बन्धकीमा छन् । : नवीन संघर्ष "सिन्धुली "

अरुले मलाई बौलाहा भन्लान्, उनले भन्छन सराबी भको छ।-सानू बाबु मल्ल

Image
°गजल ° उडेर यो मन सराबी भको छ। अचेल त झन सराबी भको छ। अरुले मलाई बौलाहा भन्लान्, उनले भन्छन सराबी भको छ। त्यो माइती गाउँ मुना'ले छाड्दा, प्रवासमा मदन सराबी भको छ। यो मुटु उनको अधिनमा चलाउंदा, बद्लामा धड्कन सराबी भको छ। झुठहरु उनकै आगनीमा खेल्दा, यो बाचा-बन्धन सराबी भको छ। : सानू बाबू मल्ल "सिन्धुली "

गर्याैँ मूटुमा आत्मघाती हमला तिमीले । कुन पापकाे लियाै भन बदला तिमीले ।

Image
'गजल ' गर्याैँ मूटुमा आत्मघाती हमला तिमीले । कुन पापकाे लियाै भन बदला तिमीले । टुक्राटुक्रा पारीदियाै जाेडिएकाे मेराे मूटु र बदलिदियाैँ जिन्दगीको श्रीङ्खलातिमीले। जनमजनम सँगै जिउछु भन्थ्याैँ बाचा गरि देखायाै आखीर माया गर्ने कला तिमीले । एउटा सानाे प्रश्न साेध्छु नढाटी भन्नू है त! के पाे पायौं भन्देउ रेटेर मेराे गला तिमीले ? तिमी बिना बाँच्दैन कपिल भन्ने थाहा हुँदाहुँदै, लत्यायाैँ साथ छाेडेर गयाै सरला तिमीले । : कपिल लामिछाने    दाङ, बेलझुण्डी

उ भनिरहन्छे तिम्रो गजल पढेर यहाँ मान्छेहरु, जब आत्महत्या गर्छन तिमी बिद्रोही जस्तो लाग्छ।-समीर कार्की

Image
'गजल' दिन्न म तिम्लाइ मन तिमी बिद्रोही जस्तो लाग्छ । गर्दैनौ तिम्ले जतन तिमी बिद्रोही जस्तो लाग्छ । मुनाबाट छुटाइ मुगलान जान सिकायौ किन ? मलाइ लाग्छ मदन तिमी बिद्रोही जस्तो लाग्छ । मेरो मुटु मागेर तिम्ले, हतियार संग साटेपछी, अचेल झन भन्दा झन तिमी बिद्रोही जस्तो लाग्छ। तिमी चन्द्रसुर्य नबोकि सिमानामा लड्छौ भने , थाप या नथाप गर्धन तिमी बिद्रोही जस्तो लाग्छ। उ भनिरहन्छे तिम्रो गजल पढेर यहाँ मान्छेहरु, जब आत्महत्या गर्छन तिमी बिद्रोही जस्तो लाग्छ। : समीर कार्की  कोरोबारी १, झापा हाल : द. कोरिया

तिमी छिर्यौ मधुशालाभित्र। हराउन थाल्यौ यिनै प्यालाभित्र। -गजल

Image
 'गजल ' तिमी छिर्यौ मधुशालाभित्र। हराउन थाल्यौ यिनै प्यालाभित्र। आँसुको स्वाद समुन्द्रमा पाउँछौ, नखोजे नि हुन्छ नदीनालाभित्र। आफ्नाले रेट्न थालेदेखी मलाई विश्वासको बत्ति देख्छु भालाभित्र। वैंशको वसन्त घुमेर आउँदा, लालिमा चढ्न थाले यी गालाभित्र। के भर पर्छौ यार लुगामा तिमी छ उदाङ्गो संसार यी टालाभित्र। : एलिसा पौडेल  ?

आज बिहानै पत्रिकाले समाचार छापेछ 'पल्ट्यो एउटा यात्रुबाहक बस, सकियो अपुर्ण, बुढो जिन्दगी'

Image
कविता - अपुर्ण जिन्दगी वर्षौदेखि बिरामी जिन्दगीको लय बोकेर गुडिरहेछ, यात्रुवाहक बसजस्तो एउटा बुढो जिन्दगी । पहाडकाे कच्चि बाटो धुवाँ-धुलोको एक मुश्लो आकाश उराठिलो साइरन पाङ्ग्राको एकोहोरो खटखट... खेर नजाने शंका कतै, बिग्रयो कि पाटपुर्जा? शरिरको कतै, पञ्चट भयो कि एउटा पाङ्ग्रो? उमेरको अचेल हावाले पनि जिस्काउछ, र उडाउछु भन्छ, पानीले पनि अत्याउँछ, र बगाउछु भन्छ, लछप्पै छोपिदिन्छ बाइरोडको धुलोले लाग्छ, धुलो बाहेक केहि छैन धर्तिमा । कुनै बिकट बस्तिमा पहिलो पटक पुग्दा केटाकेटि पछि लागेझैँ, पछि लाग्छन् चाउचाउ, बिस्कुटका थोत्रा खोलहरु जसलाई, फ्याँकेको हो भर्खर बन्दै गरेको अनाम बजारले ।। लाग्छ अब त, कति बाच्नु? ग्यारेजले दिएको बोनस समय बरु, पल्टौँ, अभावको अक्करे भिरबाट जुधौँ, कुनै शामन्ती मालबाहक ट्रकसँग वा जलुँ, छर्केर पिडाको पेट्रोल र, मेटाउँ आफ्नो व्यर्थ नाम निशाना आज बिहानै पत्रिकाले समाचार छापेछ 'पल्ट्यो एउटा यात्रुबाहक बस, सकियो अपुर्ण, बुढो जिन्दगी' हार्दिक श्रदाञ्जली !! ---0--- :-  कमल संघर्ष         अछाम

हुँदैन भगवान ती पत्थरहरूमा...कमल सरोवर

Image
मुक्तक हुँदै हुँदैन भने भगवान ती पत्थरहरुमा। के.का लागी ढोग सम्मान ती पत्थरहरुमा। पुकार्नु पुकारे मैले पनि सुख शान्ती मिलेन, व्रत बसी साझा र बिहान ती पत्थरहरुमा। :- कमल सरोवर धादिङ-भुमेस्थान"९" गैरीगाउँ हाल-मलेसिया

गजल -नुन लाई पनि चिनी भन्छन सराब पिए पछी।दिदी लाइनी बहिनी भन्छन सराब पिए पछी ।

Image
''गजल:-१' नुन लाई पनि चिनी भन्छन सराब पिए पछी दिदी लाइनी बहिनी भन्छन सराब पिए पछी दिर्घायुको कामना गर्दै ब्रत बस्छिन श्रीमती गाली गर्दै पापीनी भन्छन सराब पिए पछी घरमा दुध चुस्दै गरेको सानोसानो छोरो हुन्छ अरुलाई सम्धी सम्धिनी भन्छन सराब पिएपछी बहिनी दाईलाई बाउ पछिको बाउ मान्छिन दाई चाॅही अलक्षिनी भन्छन सराब पिए पछी दुईहात जोडी साहुनी भन्दै भट्टी भित्र छिर्छन छिन मै अर्धाङ्गीनी भन्छन सराब पिए पछी' 'गजल:-२' भट्टी पसी टन्न रक्सी धोक्ने बानी परेको छ । घर फर्किदा केही बोत्तल बोक्ने बानी परेको छ । पढ्ने बेला ज्यान हुन्न, ज्यान हुॅदा ध्यान हुन्न । कक्षा चढ्नको लागी उत्तर घोक्ने बानी परेको छ । सिधा सादा गरिब देखे हेप्छन भनी दुनियाले । हैसियत भन्दा ठुला कुरा खोक्ने बानी परेको छ । सराब पिई बसेको बेला आउदा खेरी बुबा आमा । गन्ध आउला भनी सास रोक्ने बानी परेको छ। संधै बेसुरमा काम गर्छु, गल्ती धेरै गर्नेमा पर्छु । गाली पाउनु अघिनै जीब्रो टोक्ने बानी परेको छ । सर्जक:- सन्तोष अम्गाई         : नाम्जुङग-२ गोरखा  हाल : कोरिया 

गजल _दिल प्रकाश मगर"भावुक "

Image
'गजल' सफलताका प्रतीक अप्ठ्यारामा हुन्छन्। तै पनि यार रहरहरू जूनतारामा हुन्छन्। यी आँखाहरू प्रेम गर्न थाकेनन् कहिल्यै, प्रेमी हुँदाहुँदै पनि अन्तै इशारामा हुन्छन्। ए साहुनी कति कचकच गर्छ्यौ यार तिमी, अरे भट्टी संग सम्झौताहरू उधारामा हुन्छन्। सायद यहाँ राजनीतिको अर्थ यहीँ हुनुपर्छ, जड्याहा पनि बन्द हडताल नारामा हुन्छन्। मलाई यसरी 'दिल' भित्र बन्धी नबनाउ प्रिया, कैदी पनि त यार एकदिन छुटकारामा हुन्छन्। ,, दिल प्रकाश मगर "भावुक" माझकाडा ८ सल्यान हाल मलेसिया

बिष्णु गौतमका १० मुक्तकहरू....

Image
🌹मुक्तकहरु🌹 1. तिम्रो मेरो अन्तिम सास एउटै भयो भने। चित्ता माथी हाम्रो लास एउटै भयो भने। त्यती बेला पक्कै भेट हुन्छ होला प्यारि, यो धर्ती यो आकाश एउटै भयो भने । 2. कतै हरियाली कतै बगर बनाइदिन्छ। कैले अमृत पिउँदानि जहर बनाइदिन्छ। हिजो जस्तो थियो उस्तै होला नसम्झनु। समयले मान्छेलाई पत्थर बनाइदिन्छ। 3. दुखी संग माया गर्ने मन भेटिन्छ। छामी हेर त्यहा आफ्नै धड्कन भेटिन्छ। फुलहरुको बगानमा किन खोज्छौ तिमि, चट्टान फोरि हेर पक्कै जीवन भेटिन्छ। 4. छाडी नजाउ रुन्छ मन भन्नेहरु टाढिन्छन। तिमिनै हौ मेरो जीवन भन्नेहरु टाढिन्छन। यो पैसा भन्ने चिज यस्तै हुन्छ साथी, दुई मुटु एक धड्कन भन्नेहरु टाढिन्छन। 5. सबका आँखा रसाउने मुक्तक लेख्नु छ।  दिल भित्र बसाउने मुक्तक लेख्नु छ। आउ अब तिमी हामी संगै यात्रा गरौ, रुने लाई हसाउने मुक्तक लेख्नु छ । 6. बिग्रन सक्छ मान्छे जानी जानिले पनि। सताउँदा अङ्गालोको सिरानीले पनि। त्यति बेला आफुलाई सम्हाल्नु है तिमी, एक पल पागल बनाउछ जवानिले पनि। 7. पिरतिले चोटै चोट दिय पछि के-के भयो। सम्झनाल

तिम्रो आँखामा आँसु टिलपिल थियो छुट्टिनुअघि ,

Image
मुक्तक:- तिम्रो आँखामा आँसु टिलपिल थियो छुट्टिनुअघि , केहि कुरा भन्नुपनि मुश्किल थियो छुट्टिनुअघि । तिमीपनि रोएकीथियौ ,उस्तै रोएकोथिएँ म पनि धेरै छटपटि र बेचैन दिल थियो छुट्टिनुअघि। - पुष्प अधिकारी अञ्जली 

समय बदलिन्छ संगै मौसम बदलिन्छ। सफरमा हर यात्रीको कदम बदलिन्छ।

Image
गजल समय बदलिन्छ संगै मौसम बदलिन्छ। सफरमा हर यात्रीको कदम बदलिन्छ। दोभानमा मिसिएर नदि जस्तै जिन्दगी, बगरमा हिड्दा हिड्दै संगम बदलिन्छ। दिलको घाउमा कसैको माया चाहन्थे, बारम्बार यो उपचारमा मलम बदलिन्छ। पत्थरको बदलामा गुलाफ दिएर आउ, मायामा रिस राग अनि अहम बदलिन्छ। :-नवीन संघर्ष 'सिन्धुली '