जग्गा जमिन त्यो घर पनि बन्धकीमा छन् । सपना देख्ने यी नजर पनि बन्धकीमा छन् ।

'गजल'


जग्गा जमिन त्यो घर पनि बन्धकीमा छन् ।
सपना देख्ने यी नजर पनि बन्धकीमा छन् ।

बिचरा ती गाउलेहरू कस्तो सपना देख्लान्,
यो राजधानी त्यो सहर पनि बन्धकीमा छन्।

बुझ्दिए हुन्थ्यो पुकार अनी सुनिदिए हुन्थ्यो,
भगवान खोज्दा पत्थर पनि बन्धकीमा छन् ।

जानेबेला कमसेकम ओठैभरी मुस्कुराइदिनु,
यो जिन्दगी यो सफर पनि बन्धकीमा छन् ।

: नवीन संघर्ष "सिन्धुली "

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....