भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ, आज लासकाे आँखा लग्याे चिरफार गरेर।_गजल -मिलन मधुभाषी

'गजल '


कुबेर सकियाे धनकाे अहँकार गरेर।
म सकिदैछु तिमिलाइ प्यार गरेर।

भाेलि चिहानबाट खरानी अस्पताल पुग्छ,
आज लासकाे आँखा लग्याे चिरफार गरेर।

जीवन कवाड राख्ने एक पाेलेथिन जस्ताे बन्याे,
प्रेम गर्दा जे सिकायाै त्यै अनुसार गरेर।

याे हातमा चाराे देखाउदै रेट्नेहरुकाे बस्ति हाे,
तिमिले हिड्नु पाइलै पिच्छे बिचार गरेर।

यस्ताे लाग्छ सायद अब जन्म फेरिन्छ हाेला,
कपालले रङग फेयेे तिम्राे इन्तजार गरेर।

_मिलन मधुभाषी


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....