तिम्रा याद मलाई बारबार नपठाउ। म घायल हुन्छु लगातार नपठाउ । अतित भुल्ने प्रयास जारी छ मेरो, विश्वास घाती अब अनुहार नपठाउ ।

'गजल'


तिम्रा याद मलाई बारबार नपठाउ।
म घायल हुन्छु लगातार नपठाउ ।

अतित भुल्ने प्रयास जारी छ मेरो,
विश्वास घाती अब अनुहार नपठाउ ।

सुनसान सन्नाटामा छोडी गयाै तिमी,
त्यसमा थप्न अझै अन्धकार नपठाउ ।

फेवातालमा डुबुल्की मारेका छन नयन,
बिन्ती छ आँशुको जलाधार नपठाउ ।

मृत्यु संग लड्दै छु तिम्रै मुख हेर्दे अचेल,
ब्यर्थ हुन्छ डाक्टर अनि उपचार नपठाउ।

:- रेखा पन्त 

गोर्खा, नेपाल
हाल इजरायल


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....