मसँग छ एउटा दुखेको कहानी । हाँसोभित्र रोदन लुकेको कहानी।

"गजल"

मसँग छ एउटा दुखेको कहानी ।
हाँसोभित्र रोदन लुकेको कहानी।

बाध्यताले लाचार बनाएको बेला,
पापीसामु यो शिर झुकेको कहानी।

बर्खाभरि खेतबारी धाएर मेरा बा,
बुढो रुखझैँ हिउँदमा सुकेको कहानी।

सपनीझैँ बिर्सिएछ उसले ति कुरा,
मेरै काँध चढी माथि पुगेको कहानी।

अगाडी नै जिन्दगीको गाडी रोकिँदा,
भेट्न एकै पाईलाले चुकेको कहानी।

:- सीता प्याकुरेल 

Comments