Posts

Showing posts from September, 2015

बिन्दा लामा-मुक्तक

Image
~मुक्तक~ पौरखी यी हातहरुले यहि माटो गलाउँछु। पत्थर लाई पगालेर हिरा मोती फलाउँछु। सचेत गर्छु युवाहरूलाई बिदेश जानै दिन्न, राहदानी बनाउने मेसिन लाई नै जलाउँछु। बिन्दा लामा तिनकन्या६सिन्धुली हाल:टर्की

मनका पानाहरु-अंक (६)

Image
--मनका पानाहरु -अंक(६) -मनका पानाहरु फेसबुक लाईक पेज  -अल आइन युएई बाट संचालन  -रुवाइ -हरेक हप्ताको बिहीबार  -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम  

गजल-सिन्धुली

गजल -शेरमाला(सिन्धुली ) यीनै घुम्ती लेक बेसि, बाटो  संगै रम्छौ। हामी हाम्रै सिन्धुलीको, माटो  संगै रम्छौ ।                                - बिष्णु गौतम डाँडाकाडा हरीयाली,छ धेरै सुन्दर ठाउँ, यहीं परिधीकाे सेराेफेराे, पाटो संगै रम्छाै।                                 - कृष्ण कुसुम बिजय गाथा अनि गढी किल्लाहरु बोकेर, छातिमा भएपनी घाउको, खाटो  संगै रम्छौ।                                    - नवीन संघर्ष  मागेर,खोसेर कतिन्जेल् बाचिन्छ र यहाँ, परिश्रम्मा पोखियेको, आटो संगै रम्छौ ।                              - ध्रुव चन्द्र खड्का  सुनकै हालुन धुरी सुनकै थालमा खाऊन, खरको छानो जुनेलाको, भाटो संगै रम्छौ।                             - नारायण दुम्जाली इमानदारी सिन्धुलियन शानले बाँचेकाछौ, सुन्तलाको दानो सुनको, साटो  संगै रम्छौ|                                   - बिन्दा लामा [सिन्धुलीयन सर्जकहरुको साझा प्रयास ..]

संयुक्त गजल

गजल (शेरमाला) को चाहदैन् यहाँ असल मान्छे हुन। गल्ती गर्छन् फेरि तयार हुन्छन रुन।                            - नवीन संघर्ष  जसलाई जती गुन लगाए पनि यहाँ, सम्झिन्छन सधै उल्टै बरु त्यो बैगुन।                           - दीपक हमाल घमण्डले आफैलाई बनाउँदछ खरानी, कहाँ सकिन्छ हत्केलाले सुर्य लाई छुन।                              - बिन्दा लामा हजुर त्यस्तो भ्रममा नपर्नुस् कदापि, पहेलो देख्दैमा हुदैन अकबरि सून।                   - आकृति सिन्धुलीयन साथी सङगतले नै ,बिगार्यो मलाइ? सत्यमार्ग दिने मलाई मान्छे छ र कुन।                          - केशभ समिर मनभित्रै गुम्सिरहे,तिम्रा ति यादहरु, कत्ति आँसु बगाईदिए सकियन धुन।                           - बिष्णु गौतम  अमिलाे त्याे पिराे पनि चटनिमा थियो , पछि मात्र थाहा पाए कमि रैछ नुन।                              - दर्शन सौगात  फूल बने माली बन्छु,नदी भए किनार, यो जीवनको मुटु म,तिमी बन खुन।                         - नारायण दुम्जाली तिम्ले भने जस्तै बन्न कहाँ सकुला र कहिले तारा जस्तै कहिले बनु जुन।                          

सुनिल अधिकारी -मुक्तक

Image
मुक्तक ------------ खुसीको एकपल काफी दु:खको भारी साट्नलाई एक छनक किरण भए पुग्छ बादल फाट्नलाई जति नै सुकै तेज धार किन नहोस् त्यो छुरीको दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई ! _सुनिल अधिकारी 

गजल

गजल ठोस ग्यास राखिएकोछ तरल राखिएकोछ। मान्छे के हो छुट्याउन सक्कल  राखिएकोछ। हुनसक्छ नभेटेपछि मान्छेको परिभाषाहरु, बारम्बार उहीँ चिजको  छलफल  राखिएकोछ। बेचिदैछन युवाहरू यो सहरबाट मरभुमिमा, लाग्दैछ कर्णधार बेच्ने पसल राखिएकोछ। छोराको काण्डमा यो कानुनले के गर्दैछ, माता पिताका निधारमा राइफल  राखिएकोछ। सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो उठाउ, झुपडी छेउमा भष्टचारको महल राखिएकोछ। म भनिरहेछु उसलाई भो प्यार् नगर मसित, मेरो झुपडीमा ढिकी ओखल राखिएकोछ। जीवन 'संघर्ष 'नसोध्नु कसरी सकिन्छ, उदाहरणमा कयौं जुत्ता चप्पल  राखिएकोछ। - नवीन संघर्ष (सिन्धुली )

"मनका पानाहरु-शृङ्खला ५"

Image
  -मनका पानाहरु कार्यक्रम  -मनका पानाहरु फेसबुक लाईक पेज  -अल आइन युएई बाट संचालन  -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम   रुवाई लाजलाई खुल्न सिकाउछु बाटोलाई डुल्न सिकाउछु सिम्रै सामु एक दिन म पथ्थरलाई फुल्न सिकाउछु ** चुली र डॉडामा के फरक छ कराई र भाडामा के फरक छ सम्झ्यो कि मुटु चस्केर दुख्छ तिमी र काडामा के फरक छ प्रकाश आंदेम्बे दमक झापा ===================== मुक्तक तिमी नै मेरो जिवन तिमी नै प्राण झै लाग्छ ब्रमाण्ड कै सबै भन्दा अमुल्य समान झै लाग्छ घुमे धेरै मन्दिर भेटिन भगवान कतै जब भेट्छु तिमी साक्ष्यात भगवान झै लाग्छ डा•रमेश के सी रामेछाप हाल:-प्रमुख (कर्णाली अन्चल आयर्बेद) जुम्ला ** स्वार्थको वलिवेदीमा चढेको दिमाग उस्को दायॉ बायॉ नहेर्ने त्यो सडेको दिमाग उस्को संस्कृति मै खाउ मै लाउको समाज बन्दैन भित्र कपडको किरा गडेको दिमाग उस्को शैलेन्द्र थापा काठमाण्डौ रातोपुल *** तिमी बिना साच्चै मलाई एक्लो पन हुन्छ अनायासै भित्र भित्र आफै जलन हुन्छ बोल्न सक्या छैन मनको बॉधले रोकेको छ कति बेला घातक बनि बिस्पोटन हुन्छ मौलिक श्रीस

"बहर बहार-शृङ्खला १०"

Image
"बहर बहार-१०" गाउँ-बेंसीमा हेर्छु पाखा फरक छन प्राण सबकाे एकै छ भाका फरक -ऋक्तात्मा अविरल ० याद मात्रै गर्ने त होला नि प्यारी भेट हुन्नौं चाहेर माथा फरक छन कबि अभ्यर्थी ० वेदना मान्छेको कहाँ हुन्छ यौटै आँसु उस्तै हो हेर्नु आँखा फरक छन -मिलन मार्मिक ० हुन्न होला सायद म तिम्रो पियारा जिन्दगीका मेरा तमासा फरक छन -लामा अभय ० कोहि हुन्नन पर्दा म तिम्रो हुँ भन्ने गोजी तातो भेटे त नाता फरक छन -रमेश 'गोठालो' ० मान्नु सबले बिन्ती भरै हुन्न जिबन मृत्यु पुग्ने आखिर बाटा फरक छन -अमन एकल ० सम्पती सब नासेर देशै डुबायौ आज देखें घाऊ ति टाटा फरक छ्न । मनोज मनसुन ****************************** बहरे : खफीफ ( २१२२/२२१२/२१२२) रुक्न : फाइलातुन्/मुस्तफ्इलुन/फाइलातुन नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई २०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक अभ्यास बाट साभार गरिएको हो। धन्यवाद, -बहर बहार परिवार

"बहर बहार-शृङ्खला ९"

Image
"बहर बहार-९" भुल्न खाेजें धेरै तिमी यादमा छाै जिन्दगी याे चल्ने हरेक श्वासमा छाै -विजय योजित ° भेट कैले होला नदी घाट बिच को, पर्ख भन्छौ वारी वहाँ पार मा छौ -ऋक्तात्मा अविरल ° अन्त तिर्खा मेट्ने कबै चाह छैन ,, प्यासमा छौ मेरो तिमी मातमा छौ. -राजीव जी.सी संघर्शी ° आज फेरी त्यै सम्झनामा रुवायौ हो र सानी लाग्दैछ बेहाल मा छौ ! -मनोज मनसुन ° लौ न औधी नै पो फुले छौ तिमी यो झल्झली आँखा कै उ त्यो बागमा छौ ! - गजेन्द्र अतित बोहोरा ° भुल्न चाहेकै हो , नसक्ने भएछु ध्यानमा छौ प्रिया तिमी प्राणमा छौ! - लामा अभय ° छैन क्यै चिज अर्को तिमी झै अमूल्य यो जगतमा मेरी प्रिया लाखमा छौ. - बेहोसी भीम रसाइली ° आँफुलाई साह्रै घमण्डी बनायौ बैंशले बल्दैछौ र पो रापमा छौ । - विनोद परिवर्तित ° कत्ति धेरै प्यासी बनेको छु प्यारी। सुक्छ सायद सागर तिमी प्यासमा छौ - युवराज खतिवडा ° आँसुको खोली यो नयनमा बगाई ! खालि पार्दा पीडा त्यही भावमा छौ ! - अविनाश शापकोटा ° जिन्दगी देखी हार खाँदै हिडेको थेँ हौसला बन्दै आज यो आँटमा छौ - अमन एकल ° गर्छु भन्थ्यौ माया तिमीलाई साह्र

"बहर बहार-शृङ्खला ८"

Image
"बहर बहार-८" कहाँ जिन्दगी यो बगर हो भनेर, हुँदा जोस उड्थे सगर हो भनेर -राजीव जि.सी 'संघर्षी ० हिँडेको छु एक्लै सदा जिन्दगीमा यही जिन्दगीको नगर हो भनेर -राम कँडेल अधीश ० पलाउन्न मायाँ जती पाेखिए नि भनेकै हुँ छाती बगर हाे भनेर -विजय योजित ० छुटेकी थियौ यो अधरमा चुमेर नियाल्थेँ म त्यो यै नगर हो भनेर -अमन एकल ० पुगे आज ब्यर्थै मसान् घाट साथी हिडे थें म प्रेमको नगर हॊ भनेर -बेहोशी भिम रसाईली ० भुतुक्कै हुनेछौ, नहेरे मलाई भनेकै छु यो चोर नजर हो भनेर -रिना बोम्जन तामाङ ० तिमी हात छोड्ने कुरा चैं नगर्नू बिचैमा सफरको रहर हो भनेर -विनोद परिवर्तित ० अमर प्रीति हाम्रो भएको छ हेला ! दलित हो भनेर मगर हो भनेर ।। -युवराज खतिवडा ० नयाँ हो जमाना नयाँ केश मेरो कि सोच्यौ गधाको जगर हो भनेर -रमेश 'गोठालो ० म छानी रहेथेँ धुपीबाट सल्ला बचेको हिमाली अगर हो भनेर -लालकाजी श्रेष्ठ ******** बहर:- मुतकारिब मुसम्मन सालिम रुक्न:- १२२-१२२-१२२-१२२ नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई २०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक अ

"बहर बहार-शृङ्खला ७ "

Image
"बहर बहार-७ " अँध्यारो पखाल्ने उषाको कुरा हो गरौँ साधना यो कलाको कुरा हो -लाल काजी श्रेष्ठ ० म हूँ सुक्ष्म दाना निहित् अश्व शक्ति फलाएर खाऊ चनाकाे कुरा हाे -विजय योजित ० उषामा रचेको अचेल् साँझ मर्छ अमर प्रेम भन्ने कथाको कुरा हो -राजीव जि.सी 'संघर्षी' ० 'भने ज्यानमारा सबैले मलाई' उज्यालो दिने यो शिखाको कुरा हो -अनन्त अनुराग ० म आफ्नै रहरले नहाँसें ननाँचें सधैं सुन्यतामा रमा'को कुरा हो -आर के सुवेदी ० यहाँ प्राय आफ्ना सबै शत्रु रैछन यहीँ जिन्दगीले बता'को कुरा ह -'स्मार्ट' जी सन्देश ० जिते कैद आजन्म हारे छ फाँसी नयाँ प्रेम कानुन दफाको कुरा हो।। -प्रमोद थापा ० म त्यो 'याद' फाल्नै नसक्ने छु मित्र उसैले चिनोमा पठाको कुरा हो !! -लामा अभय ० कहीँ हाँस्छ यै दिल कहीं रुन्छ यै दिल। नटुट्दा र टुट्दा प्रियाको कुरा हो ।। -युवराज खतिवडा ० निकै सुक्ष्म हुन्छन् ठुलै काम गर्छन मुटूभित्रको त्यो शिराको कुरा हो -कबि अभ्यर्थी ० गलेको छ साह्रो शरीर यो सदैव कठै भार थाम्ने गधाको कुरा हो -राम कँडेल अधीश ० न छाता सँग

"बहर बहार-शृङ्खला ६"

Image
"बहर बहार-६" *********** बगेकोछ पानी कहाँ जान्छ होला ? मरे जिन्दगानी कहाँ जान्छ होला ? -राम कँडेल अधीश ० सधैं यै म सोच्ने भएँ जिन्दगीमा मरे यो जवानी कहाँ जान्छ होला? -अमन एकल ० जती दान पायाे उती देश खाेक्राे बिदेशी लगानी कहाँ जान्छ हाेला ? - विजय योजित ० छ यो सास मेरो यहीँ आजभोलि भएमा खरानी कहाँ जान्छ होला ? -कबि अभ्यर्थी ० पियारी पराई भएको बखतमा दिएको निसानी कहाँ जान्छ होला? -गजेन्द्र 'अतीत' बोहरा ० समस्या छ उस्तै,अभावै अभाव कठै!राजधानी,कहाँ जान्छ होला ? -मिलन मार्मिक ० मलाई छ चिन्ता अझै के हुनेहो ति ठेकी मदानी कहाँ जान्छ होला ? -लामा अभय ० नगर देखि मैले सगर सम्म सोचे , कतै मन् नजानी कहाँ जान्छ होला ? -राजीव जि.सी 'संघर्षी' ० फकाएर छोड्छौ फुलाएर छोड्छौ झुसे त्यो रिसानी कहाँ जान्छ होला ? न देखिन्छ खाटो न भेटिन्छ टाटो अधरको निशानी कहाँ जान्छ होला ? -लाल काजी श्रेष्ठ ० जगाएर संसार हराएर जान्छ अरे यो बिहानी कहाँ जान्छ होला ? -अनन्त अनुराग ० यता जा न भन्छु उता जान्छ छोरो भनेको नमानी कहाँ जान्छ होला ? -रमेश गोठालो ०

"बहर बहार- शृङ्खला ५"

Image
"बहर बहार- ५" ************ कहाँ जान लाग्यौ कहाँ देखि आयौ ? मलिन देख्छु आँखा कि बाटो बिरायौ ? -'अविनाश' सापकोटा ० अझै हिँड्न बाँकी थियो हैन साथी? बुझ्यौ के कसो खै र गोडा कटायौ! -अनन्त अनुराग ० नराम्री त छैनौ रुपौली सुरैया अझै खुल्न चोली र सारी लगायौ -लाल काजी श्रेष्ठ ० म कैले तिमीमा हराएँ बताऊ कसोरी दिलैमा मलाई सजायौ -गजेन्द्र अतित बोहरा ० दिएनौ सहारा तिमीले मलाई बनाएर एक्लो सदा नै रुवायौ -राम कडेँल अधीश ० यता आँशु झार्दै म रोईरहेछु रमाई तिमीले त उत्सव् मनायौ !! -लामा अभय ० पिरैमा धकेलेर एक्लो बनाई रमाएर दर्द्को बिहानी पठायौ -अमन एकल ० चिटिक्कै परेका नयन छन नशालु उसै माथि आहा! तिमी मुस्कुरायौ । -मनोज मनसुन ० म भित्रै म खोज्दा हराए म आफै। उता सम्झनामा परेली रुझायौ। -मिलन मार्मिक ० थियो रात बाँकी थियो बात बाँकी तिमी चाहिँ दोस्रो प्रहरमै निदायौ। -प्रमोद थापा ० म आफैं हराएँ कतै जिन्दगीमा कहाँसम्म जाने र औंला समायौ -बिजय योजित ० लगाई मलम त्यो निको पार्छु भन्दै वचन वाण हान्यौ झनै दिल जलायौ -युवराज खतिवडा ***** बहर:- मुतकारि

नवीन संघर्ष

Image
मुस्कान  दिएर बदलामा- नवीन संघर्ष 

"बहर बहार-शृङ्खला ४"

Image
"बहर बहार-४" *********** सुनायौ तिमीले घडीको कहानी म भन्ने छु आफ्नो नदीको कहानी -अनन्त अनुराग ० कसोरी सुनाऊँ ? क-कस्लाई सुनाऊँ ? नफूल्दै झरेको कलीको कहानी -लाल काजी श्रेष्ठ ० हराए नि आशा यहाँ बाँच्नु पर्दा म सम्झिन्छु फेरि परीको कहानी -मिलन मार्मिक ० सबै सार लेख्छन् कथा जिन्दगीको म चाहन्छु लेख्न मसीको कहानी -'अविनाश' सापकोटा ० पुग्यौ के महलमा चटक्कै भुलेछौ तिमी हुर्किएको कुटीको कहानी। -राम कँडेल अधीश ० कतै राम लक्ष्मण कतै कृष्ण बलराम सुनेंको छु मानक सदीको कहानी -दिनेश धामी ० सबै लोकले नाम् उनैको पुकार्छ , सुँनौ के छ त्यस्तो हरीको कहानी - राजीव जि.सी 'संघर्षी ० म तिम्रो नयनमा लुकी बस्छु भन्थें भयो जिन्दगी बन्धकीको कहानी -युवराज खतिवडा ० दिलै यो दिदानी गर्यो घात यस्तो सुनाऊ कसोरी सखीको कहानी -रीना बोम्जन ० म के भुल्न सक्थेँ छ त्यो याद ताजा लुकामारी खेल्ने समीको कहानी -लामा अभय ० म बिर्सिन्छु प्रिया तिमी साथ हूँदा गगनका सितारा रतीको कहानी -विजय योजीत ० सुनाउ न धेरै बुझेको छु थोरै भयो औधि सुनौं नबीको कहानी -रमेश 'ग

"बहर बहार- शृङ्खला ३"

Image
"बहर बहार-३" *********** नमिल्ने सुनेझैँ कतै जिन्दगानी म बाँच्दैछु रूँदै अझै जिन्दगानी - अभय लामा ० म सम्पन्नतामा फिजाएँ नि जालो अभावमै फस्यो यार सँधै जिन्दगानी -राजीव जि.सी 'संघर्षी' ० कसोरी म बाँच्ने, तिमीले त मार्यौ, चितामा छ मेरो कठै जिन्दगानी - आर के सुवेदी ० यहाँ बाँच्न जानेन कोही सदैव नपाए हुने हो बरै जिन्दगानी -राम कँडेल अधीश ० नसक्ने भए त्यत्तिकै फाल्न मैले मिलेको छ यो एउटै जिन्दगानी -कबि अभ्यर्थी ० छ थाेरै बचेकाे सफर जिन्दगीकाे बित्याे जिन्दगी झैं नभै जिन्दगानी - विजय योजित ० म माथी पुगौंला भनेरै चढेथें धसेको धसै भो तलै जिन्दगानी -रमेश 'गोठालो' ० उता चाँदनी झैं धपक्कै बल्या छ सधैं अन्धकार भो यतै जिन्दगानी -युवराज खतिवडा ० यही भ्रम पाल्दै सँधै ज्यूनुपर्ने अझै बाँच्न धेरै छ है जिन्दगानी -अनन्त अनुराग ***** बहर:- मुतकारिब मुसम्मन सालिम रुक्न:- १२२-१२२-१२२-१२२ नोट:- माथिको सामुहिक गजल १ साउन २०७२ (१७ जुलाई २०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक अभ्यास बाट साभार गरिएको हो। -बहर बहार परिवार

बहर बहार-शृङ्खला २

Image
"बहर बहार-२" नफूल्दै झरेको जवानी छ मेरो अपत्यार लाग्ने कहानी छ मेरो -युबराज खतिवडा ० तिमी वागमा जो खुल्यौ आज हेर सधैं अस्रु धारा लगानी छ मेरो -विजय योजित ० छुट्यो साथ सोच्यौ रमाएँ हुँला म भिजेको सिरानी जमानी छ मेरो -राजीव जि.सी 'संघर्षी' ० उता मुस्कुरायौ तिमी चाँदनी झैं यता साथमा यो सिरानी छ मेरो -अनन्त अनुराग ० मलाई म आफैं जलाएर आएँ भनौं के म साक्षी खरानी छ मेरो -'अविनाश' सापकोटा ० तिमी रातमा चाँदनी झैं खुलेछौ। सधैंको अँध्यारो बिहानी छ मेरो -गजेन्द्र 'अतीत' बोहरा ० छ तिम्रो त ठेकी अहो कत्ति राम्रो निकालौं न नौनी मदानी छ मेरो -राम कँडेल अधीश ० तिमी ख्याल सोच्छ्यौ मजाकै उडाई कसम हो निशानी नजानी छ मेरो -लाल काजी श्रेष्ठ ० भए लाख पीडा निराशा म भित्र र नि हौसलाको त खानी छ मेरो -रमेश 'गोठालो' ० भनौं नाम सबले नयन मारिदिन्छन् परी झैं पियारी फलानी छ मेरो -बेहोशी भिम रसाईली ० जहाँ टेक नारद यसो भन्छ व्रम्हा छ ब्रमाण्ड सारा लगानी छ मेरो -दिनेश धामी ० तिमी तेज आँधी हुरी बोकी आयौ यहाँ धिपधिपे जिन्दगानी छ मेरो

"बहर बहार-शृङ्खला १"

Image
"बहर बहार-१" सधैं रातमा चाँदनी हेर्न खोजें अँध्यारो म आफैं बनी हेर्न खोजें -विजय योजित ० सतायो दशाले सधैं नै म माथि दशाको प्रभू त्यो शनि हेर्न खोजें -रमेश गोठालो ० लुकाएर माया कहाँ हुन्छ भन्दै रमाएर बेल्चा खनी हेर्न खोजे -जीपीएस शरद ० नहेरी नदेखी यसै के अलापुँ टुना जादु र मोहनी हेर्न खोजें -लाल काजी श्रेष्ठ ० छुटेको भएनि मुटुमा अझै छन छ कि प्यार उस्तै भनी हेर्न खोजें -कवि अभ्यर्थी ० हिजो गाडिएको चिनो निष्ठुरीको मुटु भित्र खाल्डो खनी हेर्न खोजें -मिलन मार्मिक ० थियो चाह कस्तो ऊनी संग मेरो जुधाई नयन सनसनी हेर्न खोजें -युवराज खतिवडा ० नदेखिन्छ चन्द्र खुशीमग्न जस्तो तिमी युक्त तारा गनि हेर्न खोजें -विनोद परिवर्तित ० पर्यो रात कालो सधैं यो मुटुमा तिमी भित्रको रोशनी हेर्न खोजें -अविनास सापकोटा ० म यो जिन्दगीमा अझै हार्छु कारण सधै अन्त्यमा थालनी हेर्न खोजें -अभय लामा ****** बहर:- मुतकारिब मुसम्मन सालिम रुक्न:- १२२-१२२-१२२-१२२ नोट:- माथिको सामुहिक गजल ३० आषाढ २०७२ तद अनुसार १५ जुलाई २०१५ मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको पहिल
🌹मुक्तक🌹 हुँदै टाढा फेरि नजीक, रोए जस्तै गर्दै थियौ । मेरै निम्ति माया अधिक,रोए जस्तै गर्दै थियौ। यता बस्ती उजाड बनाई उता घर बनाईछौ, आशु नझारी हिक्क हिक,रोए जस्तै गर्दै थियौ। _ नवीन~संघर्ष 

मुक्तक दोहोरी

Image
(मुक्तक दोहोरीको एक झलक ) मुक्तक.१ हेर ढलेको छ गाउँ सहर बस्ति सबै। रुवायो भुकम्पले जन्ता अस्ति सबै। राहतको लागि सबैले अपिल गर्दा नी, वास्ता छैन किन गर्छ नाइ नस्ति सबै। नानू मगर किचनास ८ स्याङजा मुक्तक जवाफ १-नानू मगर मिसको प्र. दाल पठाकोथे चामल पठाकोथे। सकेजती भाडाकुडा थाल पठाकोथे। पायोकी पाएनौ उता मैले पठाएको, छानो झिकी उता त्रीपाल पठाकोथे। नविन संघर्ष (सिन्धुली ) मुक्तक.२ राहत आको छ भन्ने खवर सुनेको थिए। खाना र पालको मीठो आशा बुनेको थिए। तर बिचै बाटोमा खै कता हारायो रे हजुर, मलाई मात्र हैन गाउँ भरि नाम चुनेको थिए। नानू मगर किचनास ८ स्याङजा मुक्तक जवाफ२ -नानू मगर मिसको प्र. राहत भनी पठाएको कस्ले लियो होला। कित आफ्नाहरुलाई खुसुक्क दियो होला। मौका पायो उठाइ हाल्यो दुखीहरुको फाईदा, महल भित्र बसि-बसि दारु पियो होला। नवीन संघर्ष (सिन्धुली नेपाल ) मुक्तक.३ राहत आयो भने नेताहरुले लुकाउछ। मग्न गयो भने घरको कुकुर फुकाउछ। अनि भोट कस्लाई दियौ भनि कराउदै, पीडीत जनतालाई भोक भोकै सुकाउछ। नानु मगर किचनास ८ स्याङजा। मुक्तक जवाफ ३-नानू मगर मिसको प्र. आज-भोलि न

मुक्तक...

_____________मुक्तक___________________ बेसहारा र दुखीहरुको पिडा छेक्न सकेनौं भने। दृष्टि बिहिनहरुको आँखा बनी देख्न सकेनौं भने। तिमी कलम अनी कापी बोकेर हिडेको अर्थ हुन्न, आवाज बिहिनहरुको आवाज लेख्न सकेनौं भने। ______________________________________ -नवीन संघर्ष (सिन्धुली )
~मुक्तक~ जुनको ओझेल संगै चिट्ठी बिहानीमा लेख्याछु। छुट्नु अगाडि मात्रै तिम्रो सिरानीमा लेख्याछु । तिम्ले चोट दिई जित्यौ या मैले पिडा सहेर जिते, पाना पल्टाइ हेर्नु जिन्दगीका कहानीमा लेख्याछु।                                       _नवीन संघर्ष (सिन्धुली )

शेरमाला

संयुक्त गजल  उकालाहरु जसरी ओ रालाहरु  थाकेका छैनन।  क्रमै संग आउछन पै तालाहरु  थाकेका छैनन। - नवीन संघर्ष  कहिलेसम्म किसानहरु महङ्गीको रापमा मर्ने, हलो कोदालो डोका डालाहरु  थाकेका छैनन। नारायण दुम्जाली हेर आज तराई बन्द भएको महिनौ भइ सक्यो, के चाहियो कुन्नि ती चालाहरु  थाकेका छैनन। - दिपक हमाल बसन्त होस् या शिशिर सधै उसकै प्यारो हुन्छ, घाम पानीमा कहिले गो ठालाहरु   थाकेका छैनन् । - निरा श्रेष्ठ  बिदेशी सपना देख्छन् आखिर गल्छन् खाडिमा, मन सन्तुष्ट छन बनी  ज्यालाहरु थाकेका छैनन् । नलगाउ आँखा गोर्खाली शिरमा हे बैरी बिदेशी, जन्माउँनु छ योद्धा तिर भालाहरु   थाकेका छैनन्। - बिन्दा लामा बालअधिकार खोसियो गिट्टि बोकिरहेछ कठै! भारी बोकेर पनि लाला बालाहरु थाकेका छैनन्। - आकृती सिन्धुलीयन झुठो आशा देखाएर जनतालाई भ्रममा राख्छन, कत्तिपनि नेताहरूको चाला मालाहरु थाकेको छैनन्।  - निश्चल 

सिन्धुलीयन ६ सर्जकहरूको एक संयुक्त गजल

( संयुक्त गजल  ) आफ्नै मुटु आफ्नै,धड्कन सम्झिएर। रुने गर्छु एकान्तमा ,बचपन सम्झिएर। - नवीन संघर्ष  अरुभने डाहा गर्छन मलाइ देखेभने, आफुभने निराश हुन्छु,जीवन सम्झिएर। - puskar sahayatri यी आखामा आँसु,कहिले ओभाएनन, तिम्ले गर्या झुटो ,वचन समझिएर । - दिपक हमाल झस्किन्छ जो पनि,जन्मेपछि मर्नै पर्ने, दैवले राखेको त्यो ,खटन सम्झिएर। - आकृति सिन्धुलियन चेली रुन्छिन तिजमा माइत जान नपाएर, प्रवासमा म रुदैछु देशको,सदन सम्झिएर। - Binda lama आज देखि म,आँसु बिहिन बनेको छु , बर्षौ पछिको हाम्रो ,मिलन सम्झिएर। - सानू बाबू मल्ल Note: सिन्धुलीयन ६ सर्जकहरू ।

मुक्तक

मुक्तक - नवीन संघर्ष  मुक्तक१. पिडामा पनि खसिदिन्छ हर्षमा पनि खसिदिन्छ। थाहा छैन यी आँखामा आँसु कसरी बसिदिन्छ। तिमी आउछौ आउदैनौ थाहा छैन तर यो थाहा छ , तिम्रा ती यादहरु आउनेछन र मुटुमा डसिदिन्छ। मुक्तक२. आँखा बाट भनौ या मनभित्र बाट । झरिसकेछ जिन्दगी वृतचित्र बाट । भमरा आईरहेछ्न लुटिरहेछन अस्तित्व घमण्ड गरिरहेछ फुलहरु पबित्र बाट । मुक्तक३. एक पिठिउमा बालुवाका बोरा बोकेर आमा। अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा। खुसी राखेर सन्तान, हासि रहन्छिन आफु, आँखा भरि आशुका फोहोरा बोकेर आमा। मुक्तक४. हररात हिमाल सम्झेर निदाउछु। मनैभरी नेपाल सम्झेर निदाउछु। मलाई निष्ठुरी कसरी भनिरहेछौ, पोखरा फेवाताल सम्झेर निदाउछु। मुक्तक५. भन्नेहरु धेरै भेटिन्छन् हत्केला वा पैतालो बाट । म खोजिरहेकोछु बाटो मन्द-मन्द उज्यालो बाट । भत्किएका घर संगै यो सहर बन्नेछ हातेमालोमा, र कहिल्यै टुट्नेछैनन नेपालीपन भुइचालो बाट । मुक्तक६. नजरवान हानिन ढालिन,दिल भित्र बसालिन। कसरी ढुङ्गेमन पगालिन,दिल भित्र बसालिन। रात उसै अध्यारो थियो,सारा बत्तीहरु निभाईन चारैतिर मैनबत्ति बालिन,दिल भित्र बसालि

गजल -नवीन संघर्ष

Image
गजल हिजो सडकमा पुत्ला,पोलेको अभियोगमा । कत्ति मारिए शान्ति,बिथोलेको अभियोगमा। आगनमा बसेर बच्चाहरु आन्दोलन गर्दैछन, सदनमा बुबाले भाषण,बोलेको अभियोगमा। एकदिन महाकाली उर्लन्छ कर्णाली उर्लन्छ, छोड्दैनन पानीमा रगत,घोलेको अभियोगमा। सिमानामा सन्तान मारियो,मुस्कुराइन आमा, देशको खुसीमा जिन्दगी,मोलेको अभियोगमा। धड्कनहरूले कहिले गर्लान् नजरलाई बन्दि , इसारामा आँखाले मुट,छिचोलेको अभियोगमा। _नवीन संघर्ष (सिन्धुली )