"बहर बहार-शृङ्खला ६"

"बहर बहार-६"
***********
बगेकोछ पानी कहाँ जान्छ होला ?
मरे जिन्दगानी कहाँ जान्छ होला ?
-राम कँडेल अधीश

सधैं यै म सोच्ने भएँ जिन्दगीमा
मरे यो जवानी कहाँ जान्छ होला?
-अमन एकल

जती दान पायाे उती देश खाेक्राे
बिदेशी लगानी कहाँ जान्छ हाेला ?
- विजय योजित

छ यो सास मेरो यहीँ आजभोलि
भएमा खरानी कहाँ जान्छ होला ?
-कबि अभ्यर्थी

पियारी पराई भएको बखतमा
दिएको निसानी कहाँ जान्छ होला?
-गजेन्द्र 'अतीत' बोहरा

समस्या छ उस्तै,अभावै अभाव
कठै!राजधानी,कहाँ जान्छ होला ?
-मिलन मार्मिक

मलाई छ चिन्ता अझै के हुनेहो
ति ठेकी मदानी कहाँ जान्छ होला ?
-लामा अभय

नगर देखि मैले सगर सम्म सोचे ,
कतै मन् नजानी कहाँ जान्छ होला ?
-राजीव जि.सी 'संघर्षी'

फकाएर छोड्छौ फुलाएर छोड्छौ
झुसे त्यो रिसानी कहाँ जान्छ होला ?
न देखिन्छ खाटो न भेटिन्छ टाटो
अधरको निशानी कहाँ जान्छ होला ?
-लाल काजी श्रेष्ठ

जगाएर संसार हराएर जान्छ
अरे यो बिहानी कहाँ जान्छ होला ?
-अनन्त अनुराग

यता जा न भन्छु उता जान्छ छोरो
भनेको नमानी कहाँ जान्छ होला ?
-रमेश गोठालो

शरीर जल्छ घाट्मा धुँवा उड्छ माथी।
र बाँकी खरानी कहाँ जान्छ होला ?
-युवराज खतिवडा

नदी पुग्छ सागर यो मन पुग्छ गाउँ
पवन बेग हानी कहाँ जान्छ होला
-प्रमोद थापा
****
बहर:- मुतकारिक मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल ३ साउन २०७२ तद अनुसार
१९जुलाई २०१५ मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको
सामुहिक अभ्यास बाट साभार गरिएको हो।
धन्यवाद
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....