"बहर बहार-शृङ्खला १०"

"बहर बहार-१०"

गाउँ-बेंसीमा हेर्छु पाखा फरक छन
प्राण सबकाे एकै छ भाका फरक
-ऋक्तात्मा अविरल

याद मात्रै गर्ने त होला नि प्यारी
भेट हुन्नौं चाहेर माथा फरक छन
कबि अभ्यर्थी

वेदना मान्छेको कहाँ हुन्छ यौटै
आँसु उस्तै हो हेर्नु आँखा फरक छन
-मिलन मार्मिक

हुन्न होला सायद म तिम्रो पियारा
जिन्दगीका मेरा तमासा फरक छन
-लामा अभय

कोहि हुन्नन पर्दा म तिम्रो हुँ भन्ने
गोजी तातो भेटे त नाता फरक छन
-रमेश 'गोठालो'

मान्नु सबले बिन्ती भरै हुन्न जिबन
मृत्यु पुग्ने आखिर बाटा फरक छन
-अमन एकल

सम्पती सब नासेर देशै डुबायौ
आज देखें घाऊ ति टाटा फरक छ्न ।
मनोज मनसुन
******************************
बहरे : खफीफ ( २१२२/२२१२/२१२२)
रुक्न : फाइलातुन्/मुस्तफ्इलुन/फाइलातुन
नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
धन्यवाद,
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....