"बहर बहार- शृङ्खला ३"

"बहर बहार-३"
***********
नमिल्ने सुनेझैँ कतै जिन्दगानी
म बाँच्दैछु रूँदै अझै जिन्दगानी
- अभय लामा

म सम्पन्नतामा फिजाएँ नि जालो
अभावमै फस्यो यार सँधै जिन्दगानी
-राजीव जि.सी 'संघर्षी'

कसोरी म बाँच्ने, तिमीले त मार्यौ,
चितामा छ मेरो कठै जिन्दगानी
- आर के सुवेदी

यहाँ बाँच्न जानेन कोही सदैव
नपाए हुने हो बरै जिन्दगानी
-राम कँडेल अधीश

नसक्ने भए त्यत्तिकै फाल्न मैले
मिलेको छ यो एउटै जिन्दगानी
-कबि अभ्यर्थी

छ थाेरै बचेकाे सफर जिन्दगीकाे
बित्याे जिन्दगी झैं नभै जिन्दगानी
- विजय योजित

म माथी पुगौंला भनेरै चढेथें
धसेको धसै भो तलै जिन्दगानी
-रमेश 'गोठालो'

उता चाँदनी झैं धपक्कै बल्या छ
सधैं अन्धकार भो यतै जिन्दगानी
-युवराज खतिवडा

यही भ्रम पाल्दै सँधै ज्यूनुपर्ने
अझै बाँच्न धेरै छ है जिन्दगानी
-अनन्त अनुराग
*****
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल १ साउन २०७२ (१७ जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....