सिन्धुलीयन ६ सर्जकहरूको एक संयुक्त गजल

(संयुक्त गजल )

आफ्नै मुटु आफ्नै,धड्कन सम्झिएर।
रुने गर्छु एकान्तमा ,बचपन सम्झिएर।
-नवीन संघर्ष 

अरुभने डाहा गर्छन मलाइ देखेभने,
आफुभने निराश हुन्छु,जीवन सम्झिएर।
-puskar sahayatri

यी आखामा आँसु,कहिले ओभाएनन,
तिम्ले गर्या झुटो ,वचन समझिएर ।
-दिपक हमाल

झस्किन्छ जो पनि,जन्मेपछि मर्नै पर्ने,
दैवले राखेको त्यो ,खटन सम्झिएर।
-आकृति सिन्धुलियन

चेली रुन्छिन तिजमा माइत जान नपाएर,
प्रवासमा म रुदैछु देशको,सदन सम्झिएर।
-Binda lama

आज देखि म,आँसु बिहिन बनेको छु ,
बर्षौ पछिको हाम्रो ,मिलन सम्झिएर।
-सानू बाबू मल्ल

Note: सिन्धुलीयन ६ सर्जकहरू

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....