"बहर बहार-शृङ्खला ८"

"बहर बहार-८"

कहाँ जिन्दगी यो बगर हो भनेर,
हुँदा जोस उड्थे सगर हो भनेर
-राजीव जि.सी 'संघर्षी

हिँडेको छु एक्लै सदा जिन्दगीमा
यही जिन्दगीको नगर हो भनेर
-राम कँडेल अधीश

पलाउन्न मायाँ जती पाेखिए नि
भनेकै हुँ छाती बगर हाे भनेर
-विजय योजित

छुटेकी थियौ यो अधरमा चुमेर
नियाल्थेँ म त्यो यै नगर हो भनेर
-अमन एकल

पुगे आज ब्यर्थै मसान् घाट साथी
हिडे थें म प्रेमको नगर हॊ भनेर
-बेहोशी भिम रसाईली

भुतुक्कै हुनेछौ, नहेरे मलाई
भनेकै छु यो चोर नजर हो भनेर
-रिना बोम्जन तामाङ

तिमी हात छोड्ने कुरा चैं नगर्नू
बिचैमा सफरको रहर हो भनेर
-विनोद परिवर्तित

अमर प्रीति हाम्रो भएको छ हेला !
दलित हो भनेर मगर हो भनेर ।।
-युवराज खतिवडा

नयाँ हो जमाना नयाँ केश मेरो
कि सोच्यौ गधाको जगर हो भनेर
-रमेश 'गोठालो

म छानी रहेथेँ धुपीबाट सल्ला
बचेको हिमाली अगर हो भनेर
-लालकाजी श्रेष्ठ
********
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....