Posts

Showing posts from 2015

गजल-दान राई"झरी"

Image
*गजल  * वीर गोर्खालिको देश दुख्यो भने । के गर्छौ त साथी शिर झुक्यो भने । स्वाभिमान माथी दाग लाग्न पुगि , छिमेकीले पनि आई थुक्यो भने । सवाल गर्दैछु म देउ जवाफ तिमी , देश प्रती मनमा माया उठ्यो भने । जलस्रोतको धनी देश भित्र यदि , के अर्थ भो साँच्चै घाँटी सुक्यो भने । खबरदारी अब गर्ने नगर्ने हो , देश बेच्न सिमा कोहि पुग्यो भने । दान राई "झरी"  उदयपुर 9813275744 

कविता "यन्त्रमानव "-एलिसा पौडेल

Image
" यन्त्रमानव " मसँग  मन छैन हो  मसँग मन छदैँ छैन मेरो मन त उहिले डढिसक्यो मतलब मरिसक्यो जब, तिमीले छर्कियौ याद नाउँको अम्ल मेरो अतितको घाऊमा.. मसँग मुटु छैन हो मसँग मुटु छदैँ छैन मेरो मुटु त उहिल्यै बनेको हो स्वचालित मेसिन त्यहि दिनदेखी  म बनेकी हुँ मुटु नभएकी एउटी सुन्दर पुतली  मसँग मस्तिष्क छैन हो  मसँग मस्तिष्क छदैँ छैन मैले आफैँ परित्याग गरेकी हुँ मेरो मस्तिष्क  जब त्यसले,  बारम्बार दोहोर्याइरह्यो म मानव भएको कटु यथार्थ  यो मानवताहिन समाजमा बाँच्नका लागि मैले बन्द गरेकी हुँ मेरा सोचका द्वारहरु मसँग आँखा छैनन्  हो,  मसँग आँखा छदैँ छैनन्  मेरो आँखामा त वर्षौँ पहिले बाँधिएको हो अहङ्कारको कालो पट्टि त्यो दिनदेखी  म देख्दिनँ दुनियाँको दुख फुट्दैनन् आँसुका मुलहरु सुख्खा छ सुख्खा  मरुभूमिजस्तै आँखा मन नभएकी मलाई मुटु नभएकी मलाई मस्तिष्क नभएकी मलाई आँखा नभएकी मलाई कसरी भन्छौ मानव/ मान्छे खाँदैमा  हिँड्दैन कोही मानव हुँदैन  हैन, म मानव हैन म हुँ  एउटा स्वचालित यन्त्रमानव  मुटु बिनाको मन बिनाको मस्तिष्क बिनाको कवि :- एल

मुक्तक-बिन्दा लामा"तृष्णा "

Image
मुक्तक:- खुकुरी र सखा,उस्तै-उस्तै लाग्छ। साहित्य र नशा,उस्तै-उस्तै लाग्छ। कहिल्यै पुरा नहुने,मानिसको सपना, जिन्दगी र कथा,उस्तै-उस्तै लाग्छ। -"तृष्णा" बिन्दा लामा            "सिन्धुली "

गजल-बिमला शर्मा'ढुंगाना '

Image
*गजल* पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको । अनौठा छन् यस्ता कति, खबर  परदेशीको। मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल , नठान्नु है हुन्छ मुटु, पत्थर परदेशीको। भुल्न कहाँ सकिन्छ र आफ्नो प्यारो देश , डुल्छन् सधैं तस्बिरमा, नजर  परदेशीको। काँडा माथि टेकेर नि हिड्नै पर्छ आखिर, बुझ कति अप्ठेरा छन्, सफर  परदेशीको। खुशी खोज्दै मान्छेहरू लागे पनि मुग्लान , न त बन्यो भबिष्य त्यो, सुन्दर परदेशीको। - बिमला शर्मा 'ढुंगाना ' रचना २०७२पौष ९ गते बिहिबार

मुक्तक- नवीन संघर्ष "सिन्धुली "

Image
मुक्तक:- आजभोलि मनको मझेरी ,दुख्छ कति साह्रो। यादहरू मस्तिष्कमा बेरी ,दुख्छ कति साह्रो। डाक्टर कहाँ पनि धाए ,धामी कहाँ पनि गए, देखाउन मिल्दैन घाउ फेरि ,दुख्छ कति साह्रो।     - नवीन संघर्ष (सिन्धुली )     nabinsanggharsha@gmaiI.com

गजल -राज पाठक

Image
°गजल° दाज्दै नदाज्नु कहैलै शिर चप्पल संग । खाली खुट्टालाई सधै पिर चप्पल संग। घाँस काट्न जान लाग्दा बा भन्नुहुन्थ्यो, सुहाउँदै सुहाउँदैन बाबू भिर चप्पल संग। म बर्षौ देखि नै यो कुरा सोचिरहेको छु, खुट्टाको के सम्बन्ध छ आखिर चप्पल संग। कस्ताकस्ता मान्छे भेटिन्छ यार अचेल यहाँ, जुत्ता साट्छन पैसाको खातिर चप्पल संग। चेलिबेटी,हरुलाइ राजको एउटै सुझाव छ, नबेच्नु कसैले आफ्नो शरीर चप्पल संग ।     (गजलकार:- राज पाठक  )

गजल -नवीन संघर्ष "सिन्धुली "

"गजल " झुपडी हिडिरहेछ यहाँ,महल हिडिरहेछ। मानौ जिन्दगी बोकेर,धरातल हिडिरहेछ। हिलै पानीको आडमा फुलेर पनि कमल, भमराको खोजीमा हेर,पैदल हिडिरहेछ। यहाँ मान्छेले मान्छे जिउँदै जलाउदैछन, मानवता हटेर रित्तो,सक्कल हिडिरहेछ। अचेल हतियार बोकेर आउँछ बुद्धिमान, कलम बोकेर पो कयौं,पागल हिडिरहेछ।                               -नवीन संघर्ष"सिन्धुली " https://youtu.be/D4jkYmWjpMQ

गजल -बिन्दा लामा

Image
गजल  अनौठो छ मेरो कहानी शहरमा। भिजेको छ राती सिरानी शहरमा। भयो छट्पटीमा डराएर यो मन, हरायो अतितको निशानी सहरमा। बचाउँछु अस्तित्व ढल्नेछु आफै, हुनेछन् प्रमाणित किटानी सहरमा। अचम्मै समाचार कस्ले छपायो, लिलामी भयो रे जवानी शहरमा। सुकेको बगरमा जसै सुक्छ तृष्णा, उसै सुक्छ आत्मा नजानी सहरमा। फाउलुन१२२×४ बिन्दा(तृष्णा)-सिन्धुली

गजल -प्रकाश राई

Image
"गजल" चुरे पहाडको त्यो भिर किन नहोस। गढी, महाभारत सिर किन नहोस। एतिहासिक महत्त्वले भरिपुर्ण छ, ति भत्केका मठमन्दिर किन नहोस। मलाई मेरो सिन्धुली प्यारो छ सधै, त्यो सुनकोसीको तिर किन नहोस। प्राकृतिक,सास्कृतिक सम्पदाले धनी छ, बिकाशको गति यहा स्थिर किन नहोस। हाम्रो राम्रो सिन्धुली भन्नुमा मजा छ, यो मेरो मनभरी पिर किन नहोस।  चुरे पहाडको त्यो भिर किन नहोस। ति भत्केका मठमन्दिर किन नहोस।                            - प्रकाश राई

अप्ठ्यारो मान्छे – विनोदविक्रम केसीको कविता

Image
सजिलै त मलाई केही पनि चाहिँदैन  सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ  लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ  वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ सजिलो त  पुँजीवादको पुत्ररत्न बनेर मजदुरको माड लुट्न सजिलो हुन्छ  कुनै सत्तासीनको ढोकामा आत्माको बलि दिन सजिलो हुन्छ  अत्याचारबाट नजर हटाएर अन्यत्र आँखा टाँग्न सजिलो हुन्छ  जिब्रो चपाएर बोल्न या मौन बस्न सजिलो हुन्छ सजिलो त  विजेताहरूको इतिहास रटेर  पराजितका काटिएका नाक–कानमाथि  पर्दा हाल्न सजिलो हुन्छ  सजिलो त  विष पिउन सजिलो हुन्छ सजिलै त कायर भइन्छ, कायर  सजिलोले त प्राप्त गराउँछ केवल गुलामी म सजिलै जन्मिएको होइन  एउटा समरै लडेर  मेरी आमाले मलाई यो धर्तीमा ल्याएकी हुन्  सजिलै हुर्किएको होइन म  हुँडारजस्तो गरिबीको निर्दयी अट्टहासबीच  हुर्किएको हुँ म कम्युनिस्ट बनेको दिन  उनीहरूले मेरा लालाबालालाई तोप दागेका थिए  म सत्यको उज्यालो खोज्न निस्केको साँझ  उनीहरूले देशमा ब्ल्याकआउट गरेका थिए  मेरा सपनाहरू फुल्न–फुल्न लागेकै याममा  उ

नलेखिएको एउटा प्रेम कथा -शेखर विकल्प

Image
तिमी संगको पहिलो भेट छर्छरे नदीको किनारमा चिसो पानीको कलकल प्रवाह संगै यौटा मधुर बिहानीमा भएको थियो, र मेले भनेको थिएँ - कोहि संग मिलन हुन जिन्दगीमा ब्याकरण मिल्नु पर्ने रहेनछ ! रेल भन्दा लामा दुःख बिर्सिएर जयनगरको रेलको अन्तिम डिब्बामा बसेर खट-खट खट-खट खट-खट आवाज संगै कति सुनाउँदा नसुनाउँदै कति सुन्दै नसुनेर सुरु गरेका थियौँ यौटा कहानी झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै तिमीले कत्ति सजिलै भनेकी थियौ - हेर त कति हसिलो छ तिम्रो चेहरा ! मैले नाजवाफ तिम्रो आँखामा पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ घरिघरि समीरको चिसो झोक्काले म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले म भुतुक्क हुन्थेँ - तिमी झनै लजाउँथ्यौ मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ मेरो आँखाको चस्मा निकालेर तराइको फाँटको उँखुबारीलाई देखाउँदै, यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको - “विकल्प, यहिँ रमाउँला देश छाडेर कहि नजानू” भर्खर सुनाए झैँ कान समाउन पुग्छु । मलाई अलिकति हतार थियो जिन्दगी संग तर हतार छ भन्नै सकिन, हतार छ भन्नु तिमीलाई छोड्नु जस्तै थियो । त्यसैले चुपचाप चुपचाप तिमी सं

"मधेससंग" कविता -प्रोल्लास सिन्धुलीय

Image
मित्र मधेस , पहाडबाट ओर्लिन सकिनँ, मेरो एक टुक्रा पुख्र्यौली जमिनको संरक्षण गरिदिनू । पहाडबाट, पहिरोले चिथोरेको माटो खोज्दै झरेकी थिइन् मेरी आमा मधेसमा ढुङ्गाको छानो छाडेर खपडाको टोपी लाएको घरभित्र मधेस बन्न आएका थियौँ हामी कुनै दिन मेरी आमाले ल्याउनुभएको पहाडे सिमी तिम्रो बारीमा झुत्तिन्थ्यो उन्मुक्त तिम्रो बाले दिनुभएको मधेसी फर्सीको बियाँ हाम्रो बारीमा गट्टा हाल्थ्यो निसङ्कोच हाम्रा सदभावहरू नचिनिने गरी साटिन्थे घरीघरी सुन्छु, बाटो बढ्दै छ रे मधेसमा तिम्ले र मैले पुलीडण्डा खेलेको बाटो धुलो उडाउँदै रिङ गुडाएको बाटो मधेस र पहाड नछुट्याइ हिँडेको बाटो पस्दै छ रे पहाड भन्ठानेर मेरो मधेसी जमिनमा मित्र मधेस ! मेरो राष्ट्रवादमा तिम्रो मधेसको रङ उत्तिकै छ त्यही मधेसको पानी मेरो रगतमा बगिरहेको छ हरपल मेरो शरीरबाट मधेसकै माटोको सुवास आइरहेको छ निरन्तर कसैले बाटैमा रोकेर सोध्यो मलाई- तँ मधेस होइनस्, कसरी हुन सक्छस् ? तिम्रो मधेसको पानीले मेरो पहाडे मनलाई छोप्न सकेकै रहेनछ तिम्रो मधेसको माटोले मेरो पहाडे गन्धलाई जित्न भ्याएकै रहेनछ सुन्दा अचम्म लाग्यो, तिम्ले

गजल -गोबिन्द लामिछाने

Image
गजल  ... महल बनाए हाँस्ने बानी   बेचेर कसैले। गुजारा चलाए धेरै जवानी  बेचेर कसैले। जापान सम्झेर तिमी भबिष्य सोचिरहेछौ, प्रगति नेपाल मै गरे पानी   बेचेर कसैले। तिमिले त्यसरी समस्या त नसुनाए हुन्थ्यो, बधाइ पाइन्न साथी कहानी   बेचेर कसैले। सबैले भन्छन् आमा बुवा किनेर पाईन्न, जीबन चलाए अबोध नानी   बेचेर कसैले।                           - गोबिन्द लामिछाने 

गजल -समीर कार्की

Image
गजल प्रेममा भुकम्प आएको तब प्रमाणित हुनेछ । जब यो छाती दुई भागमा बिभाजित हुनेछ । आधा उत्तर जाला बाकी आधा दक्षिणतिर । जब मेरो देश संघियतामा खण्डित हुनेछ । तिम्रो त्यो मुटुमा जतिसुकै कवज लगाएपनी । मेरो नजरको मिसाइलबाट लक्षित हुनेछ । हो अनि म तिमीलाइ दुनियाकै राम्री ठान्नेछु । जब तिम्लाइ देखेर जुन प्रभावित हुनेछ । हाम्रो प्रेमपनि तेहि दिन अबस्य सफल होला । जुनदिन गुलाव र पत्थरको प्रीत हुनेछ । -समीर कार्की  कोरोबारी १ झापा हाल : द. कोरिया

तिहार बिशेष मुक्तकहरूको संगालो..

तिहार बिशेष मुक्तकहरूको संगालो मुक्तक:-१, परदेशीलाई दशै तिहार नआएकै जाति । सम्झनाले मनैभरी बोकी ल्याउछ आधी । रहर होईन् बाध्यताले धेरै टाढा छु आज, टीकामाला हुन्छ होला मेरो तस्बिर माथि ।                                  - नवीन संघर्ष  मुक्तक:-२, सयपत्री र मखमलीका माला सम्झिएर। साँझका ती झिलिमिली पाला सम्झिएर। न त रुन सक्छ न त हास्छ यो परदेशी, बाँचेकै छ समयको यो चाला सम्झिएर ।                                  - शिव सुवेदी  मुक्तक:-३, हर्ष,खुसी र उमंगले चंग उडाउला  तिहारमा। निधार भरि सप्तरंगी रंग लगाउला तिहारमा। दियो वाली,सयपत्री,मखमलीको मालासंगै,  सजिएर चेली-माइती दंग बसाउला  तिहारमा।                      - अम्बिका याम्फु'अनमोल ' मुक्तक:-४, दिदी यसपाली नि तिहार आयो । सबको घरघरमा खुशियाली छायो । हामी कति अभागी भयौं दिदी भाई हाम्रो त सधै आँखामा आँसु रसायो ।             - जीवन नारायण भण्डारी  मुक्तक:-५, कोठेबारीमा सयपत्री मखमली फुल्यो  होला ती सिम खेतभरी धानको बाला झुल्यो  होला। दशैं त आयो गयो आउन लागो नि तिहार, बा-आमा आफन्तले नि मलाई

मुक्तक-मनोहर शाही

Image
मुक्तक:- उस्तै छ आँखा भरि आँसुको ताल उस्तै छ। प्रेयसी संग सम्बन्धको प्रर्खाल उस्तै छ। घर लिलाम भए देखि सडकमै बस्छु, न गास छ न बास छ अनिकाल उस्तै छ।                                           -मनोहर शाही

गजल -आकृति सिन्धुलियन

Image
गजल  चलोस् भुमरि सगरमाथा ढल्दैन। काक्रोको बोटमा घिरौला फल्दैन। जसले गालि गर्छ,उसले प्रेम गर्छ, भन्छे बैनि अगुल्टो नठोसि बल्दैन। घेरिन्छौ नै परिस्थितिका काँडाले, कल्पेको जस्तो गरि जिवन चल्दैन। जति अपमान गर न,निडर रहनेछु, तिम्रो घृणाले मेरो यो मन जल्दैन। - आकृति सिन्धुलियन     

गजल-आर के आर मगर

Image
गजल   लेख्या छैन भाग्य निधारमा खै कसरी भनु । छैन मेरो यो तक्दिरमा खै कसरी भनु । अतितका आउदा यादहरू चस्किन्छ छात्ती, यो मन छदै छैन पिरमा खै कसरी भनु । मन्दिर कै संघारमा लडिरहेका छन् अनाथहरू, छन् भगवान ती मन्दिरमा खै कसरी भनु । गयौ आज धेरै टाढा भन्न धेरै थियो, यी मनका कुरा तस्बिरमा खै कसरी भनु ।                   -आर के आर मगर(सिन्धुली)

मनका पानाहरू-"१२ औं अंक"

Image
-मनका पानाहरु कार्यक्रम -१२,औं शृङ्खला -मनका पानाहरु फेसबुक लाईक पेज -अल आइन युएई बाट संचालन -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम

मुक्तक-ऋतु सन्धि

Image
मुक्तक  कहिले हरियाली कैले बसन्त बहार। कहिले शिशिर कहिले हेमन्त बहार। ऋतू हराउँछे शिशिरको यादमा सधैं। बनेर उसैको दृश्यमयको अन्त बहार।                              - ऋतु सन्धि      

गजल -सबीना अधिकारी

Image
गजल  तिरीरहेछु अझै ऋण, अरु कसैको । शरीर मेरो छ अधिन, अरु कसैको । आफ्नै बिगत सम्झिन्छु, आँशु खसिदिन्छ , देख्नै हुन्न चेहरा मलिन, अरु कसैको । अचेल आफ्नै दिल पनि, पराइ भ'को छ , कसरी मानौँ म यकिन? अरु कसैको । भो मलाई मेरो गला सजाउनु छैन, लगाइ गहना एकैछिन अरु कसैको ।                       - सबीना अधिकारी 

नवीन प्रधान -मुक्तक

Image
मुक्तक चलायौ जादुकै छडी  शब्द शब्दमा । अनि लगायौ हत्कडी शब्द शब्दमा । जब नजिक भएर बुझ्न थाले मैले, पत्तो लगाए गडबडी  शब्द शब्दमा ।                          - नवीन प्रधान                       " भोजपुर हाल मलेसिया"

जलेको मुटु मेरो..

Image
माया प्रेममा बाँधिए पछि जल्ने र बल्नेको त सिमाना नै हुँदैन । यहि मायामा कति जलेका छन् भने कति पागल नै भएका छन् । ईस्वर रानाको सुमधुर स्वरमा सजिएको ‘जलेको मुटु मेरो’ बोलको गीतलाई काशि मगरले संगीत भरेका हुन् भने शब्द पनि मगरले नै कोरेका हुन् ।भिडियोलाई शिब सेन्चुरीले निर्देशक गरेका छन् । जस्मा सन्तोष, हिमाल, उत्तम, युनिक, अज्मीले अभिनय गरेका छन् ।म्यूजिक भिडियोलाई सुदिप श्रेष्ठ खिचेका छन्, भने सम्पादन पनि श्रेष्ठले नै गरेका छन् । हेर्नुहोस भिडियो-

संयुक्त गजल

Image
गजल-शेरमाला आफैले बरु,मलाई  मार ,पराई जसरी । बनाई माया,खुकुरी धार ,पराई जसरी।                                 -नवीन संघर्ष झारेर गयौ,प्रेमको फूल,फुलाई तिमिले, बिस्तारै तार्यौ,पिरती पार ,पराई जसरी।                          -युनिक सिन्धुलीयन दिएर मुटु,चुडायौ सास, निष्ठुरी मायालु, जिउँदै अब,चितामा सार , पराई जसरी।                                    -बिन्दा लामा दिलको ढोका,खोलिनौ कैले,धनको रापले, सम्झिन्न अब,हरेक बार , पराई जसरी।                                 -नारायण दुम्जाली सम्झना हाम्रो,प्रेमको चिनो,छाडेर जादैछु, आँशुको धारा,सुस्तरी झार ,पराई जसरी।                                           -भरत थापा जाेडेकाे नाता,ताेडेर गयाै,बिर्सनु कसरी, भुलेर कृष्ण,कुसुम टार ,पराई जसरी।                                         -कृष्ण कुसुम भुलेको छैन,पिरती हाम्रो,छाडेर तिमिले, यो चोखो माया,हुदैन हार ,पराई जसरी।                                        -बिष्णु गौतम लाएको माया,छोडेर गयौ ,निष्ठुरी तिमिले, लाउन्न अब नाैटङ्कि प्यार ,पराई जसरी।                              

गजल-लक्ष्मी थापा

Image
गजल सुक्दैन मेचि काली याद गर्नु मोदि। आटिला छन नेपाली याद गर्नु मोदि। भो तिम्रो ग्यास तेल फिर्ता लगे हुन्छ, खान सक्छौ दाउरा बाली याद गर्नु मोदि। पर्‍यो भने युद्द लडन पछि हटने छैनन, हाम्रा विर गोर्खाली याद गर्नु मोदि । स्वाभिमानि नेपालीलाई चकलेट देखाएर, चल्दैन अब कागतालि याद गर्नु मोदि।  – लक्ष्मी थापा

गजल -मेरुदण्ड राई अवशेष

गजल जब मान्छेको मन फेरिन्छ । अनि बोली वचन फेरिन्छ । टुटेपछि विश्वास सम्बन्धमा, हुन्छ धोका आफ्नोपन फेरिन्छ । दशनङ्ग्रा खियाउछ परदेशी, घरमा मुनाको मदन फेरिन्छ । फूलको जवाफ पत्थर पाउँदा, कोमल मुटुको धड्कन फेरिन्छ ।                -मेरुदण्ड राई अवशेष

मनका पानाहरु-शृङ्खला '११'

Image
-मनका पानाहरु कार्यक्रम -११,औं शृङ्खला -मनका पानाहरु फेसबुक लाईक पेज -अल आइन युएई बाट संचालन -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम

मुक्तक-नवीन संघर्ष

Image
नाम:नवीन संघर्ष ठेगाना :पु.झा.-३,सिन्धुली आबद्ध संस्था :प्रवासी कलम मलेसिया (उपाध्यक्ष ) हाल:मलेसिया मुक्तक क्रमश मुक्तक१. पिडामा पनि खसिदिन्छ हर्षमा पनि खसिदिन्छ। थाहा छैन यी आँखामा आँसु कसरी बसिदिन्छ। तिमी आउछौ आउदैनौ थाहा छैन तर यो थाहा छ , तिम्रा ती यादहरु आउनेछन र मुटुमा डसिदिन्छ। मुक्तक२. आँखा बाट भनौ या मनभित्र बाट । झरिसकेछ जिन्दगी वृतचित्र बाट । भमरा आईरहेछ्न लुटिरहेछन अस्तित्व घमण्ड गरिरहेछ फुलहरु पबित्र बाट । मुक्तक३. एक पिठिउमा बालुवाका बोरा बोकेर आमा। अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा। खुसी राखेर सन्तान, हासि रहन्छिन आफु, आँखा भरि आशुका फोहोरा बोकेर आमा। मुक्तक४. हररात हिमाल सम्झेर निदाउछु। मनैभरी नेपाल सम्झेर निदाउछु। मलाई निष्ठुरी कसरी भनिरहेछौ, पोखरा फेवाताल सम्झेर निदाउछु। मुक्तक५. भन्नेहरु धेरै भेटिन्छन् हत्केला वा पैतालो बाट । म खोजिरहेकोछु बाटो मन्द-मन्द उज्यालो बाट । भत्किएका घर संगै यो सहर बन्नेछ हातेमालोमा, र कहिल्यै टुट्नेछैनन नेपालीपन भुइचालो बाट । मुक्तक६. नजरवान हानिन ढालिन,दिल भित्र बसालिन। कसरी ढुङ्गेमन पगालिन,दिल

संयुक्त गजल

Image
(गजल शेरमाला) अब मलाइ जिन्दगिमा कसैको हुनु छैन। गोहि आँसु देखायर कोहि सामु रुनु छैन।                              - ध्रुव चन्द्र खड्का  जति बग्नु थिए आँशुहरु बगी सके सानू, आँखा भरि आँसु  बगाई परेली धुनु  छैन।                                      - कृष्ण कुसुम अतीतका ति मिठो यादले सताउछ सधै, याद आउदा अब तिम्रो तस्विर छुनु  छैन ।                                    - केशभ समिर ओइलिए फुलेका ती सयपत्री मखमली, सप्तरंगी टीका माला लगाइदिने बुनु  छैन ।                                    - भरत थापा

गजल

Image
°गजल ° न दशै न तिहार रित्तो,निधारलाई सम्झिएर। खुसी छैन म यहाँ बुनु,तिहारलाई सम्झिएर। रुदै हौली यो तिहारमा,सम्झेर परदेशी दाजु तिम्रो त्यो कोमल मनको,प्यारलाई सम्झिएर। देउसी-भैलोमा सारा साथीसङ्गी रमेको दिन, टुना,डम्फू,मादल अनी,गितारलाई सम्झिएर। उनी फूलको मालाहरु ,नपर्खे है दिदीबहिनी, सयपत्री मखमली त्यो,श्रृङ्गारलाई सम्झिएर। बटुलेर पुराना यादहरु,भर्दैछु "नविन"मुस्कान, परदेशी प्रवासमैछु,घरपरिवारलाई सम्झिएर।                             -नवीन संघर्ष (सिन्धुली )

गजल

Image
गजल ---------------------------------------------- जिन्दगानी परेको छ निकै ठूलो घटनामा। चितामाथि सजिएथें आज राती सपनामा। रगतको मसी बनाई भिजाएर पानाहरू, कोर्न चिट्ठी अल्झिरहें हृदयको बेदनामा। जिन्दगीमा सधैंभरि प्रिया संगै हुन्छु भन्थें, गरेका ती बाचाहरू सिमित रहे चाहनामा। यो जुनीमा तिमीलाई साथ दिन सकिएन, अश्रुधारा नबगाए प्यारी मेरो सम्झनामा। कैलेकाहीँ याद आयो 'शरद'को भनेपछि, झल्किने छु म त त्यहीं हेर्नु मेरा रचनामा । -----------------------------------------------           © जीपीएस शरद पौडेल - कैलाली

१० मुक्तकहरूको संगालो:-

मुक्तकहरूको संगालो:- मुक्तक-१, स्वाभिमान बेच्न पनि ईमान बेच्न पनि। तयार छन हिमालीभिर मैदान  बेच्न पनि। के गर्दैन यहाँ मान्छे पैसाको खातिरमा, पछि पर्दैन छोरीचेली सन्तान बेच्न पनि।                    -नवीन संघर्ष (सिन्धुली ) मुक्तक-२, बेचे यिनले बुद्ध बेचे सेतो हिमाल बेचे। खोला नदि नाला बेचे झरना ताल बेचे । स्वाभिमानको के चिन्ता देश द्रोहिलाई, किस्ता किस्ता गरेर आधा नेपाल बेचे|             -प्रीन्स याक्खा संखुवासभा                हाल-आफगानिस्तान। मुक्तक-३, पैसा भन्ने जातको अन्त्य गर्नु पर्छ। सन्तान बेच्ने हातको अन्त्य गर्नु पर्छ। भिख संग मातृभूमि साट्ने मुर्ख कलंक, र देश टोक्ने दाँतको अन्त्य गर्नु पर्छ।                       -बिन्दा लामा(सिन्धुली ) मुक्तक-४, यी सबै कहानी राजनीतिमा छन् । दुनियाँ कै बेमानी राजनीतिमा छन् । हे सरकार तिमी फाँसी दिन सक्छौं , छोरीचेली बेच्ने प्रानी राजनीतिमा छन् ।                              -मनोहर शाही  मुक्तक-५, अभाबले स्वाभिमान गिराउने रहेछ । अज्ञानताले सधै बाटो बिराउने रहेछ । जेगर्नु गर्छ यहाँ यही पैसाले गर्छ ,  

मनका पानाहरु-अंक ९

Image
-मनका पानाहरु कार्यक्रम -९औं सशृङ्खला -मनका पानाहरु फेसबुक लाईक पेज -अल आइन युएई बाट संचालन -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम

गजल लेख्न आधारभूत तत्वहरू....

गजल संक्षिप्त परिचय , गजल लेख्ने तरिका.. 'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ। गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न। यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु। गजलका तत्वहरु (क) शेर (ख) काफिया (ग) रदिफ (घ) मतला (ङ) मकता (च) तखल्लुस (छ) वहर १. शेर दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ। शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ। सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ

मुक्तक-नवीन संघर्ष

Image
मुक्तकहरु-कक्रमश :- १. हिमाल पहाड छुट्टाछुट्टै तराई ठान्नु हुन्न। एकदिन सत्यले जित्छ डराई ठान्नु हुन्न। एकाअर्कामा हातेमालो छिमेकी हुनुपर्छ , को आफ्नो को बिरानो पराई ठान्नु हुन्न। २. वीर सहिदहरूको सालिक ढालेर तिमी । मनभित्र आडम्बरको हिंसा पालेर तिमी। कसरी खोजिरहेको छौ कस्तो परिवर्तन , पटकपटक सडकमा टायर बालेर तिमी। ३. हुनुपर्छ अनिवार्य बिधान बिधिमा युवा। परिवर्तनको खातिर राजनीतिमा युवा । देशको सुन्दर भबिस्य तिम्रो काधमा छ, हुनुपर्छ आपत बिपत्त र समृद्धिमा युवा। ४. एकएक थोपा रगत देशमै खर्च्यौ भने। जति सक्छौ बचत देशमै खर्च्यौ भने। अरु देशझै विकसित हुन सक्छौ हामी, प्रवासी हात मेहनत देशमै खर्च्यौ भने। ५. हत्या हिंसा सारा दमनको अन्त्य गरौ। रुढीबादी संस्कार प्रचलनको अन्त्य गरौ। खबरदारी हामी गर्छौ गराउछौ सारा, महिला चेलीबेटी बेचबिखनको अन्त्य गरौ। ६. दौरा-सुरुवाल ढाकाटोपी कोट हराउनु हुन्न। रोपौ शान्तिको बिरुवाहरू बोट हराउनु हुन्न। नेपालै नरहे कसरी हामी सबै नेपाली रहन्छौ ? देश बचाउन लाई बाचौ अठोट हराउनु हुन्न। ७. मातृभूमि नै आम्दानीको आधार बनाएर। मेहनती

मनका पानाहरु-अंक ७

Image
-मनका पानाहरु कार्यक्रम -७"सातौं शृङ्खला" -मनका पानाहरु फेसबुक लाईक पेज -अल आइन युएई बाट संचालन -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम

बिन्दा लामा-मुक्तक

Image
~मुक्तक~ पौरखी यी हातहरुले यहि माटो गलाउँछु। पत्थर लाई पगालेर हिरा मोती फलाउँछु। सचेत गर्छु युवाहरूलाई बिदेश जानै दिन्न, राहदानी बनाउने मेसिन लाई नै जलाउँछु। बिन्दा लामा तिनकन्या६सिन्धुली हाल:टर्की

मनका पानाहरु-अंक (६)

Image
--मनका पानाहरु -अंक(६) -मनका पानाहरु फेसबुक लाईक पेज  -अल आइन युएई बाट संचालन  -रुवाइ -हरेक हप्ताको बिहीबार  -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम  

गजल-सिन्धुली

गजल -शेरमाला(सिन्धुली ) यीनै घुम्ती लेक बेसि, बाटो  संगै रम्छौ। हामी हाम्रै सिन्धुलीको, माटो  संगै रम्छौ ।                                - बिष्णु गौतम डाँडाकाडा हरीयाली,छ धेरै सुन्दर ठाउँ, यहीं परिधीकाे सेराेफेराे, पाटो संगै रम्छाै।                                 - कृष्ण कुसुम बिजय गाथा अनि गढी किल्लाहरु बोकेर, छातिमा भएपनी घाउको, खाटो  संगै रम्छौ।                                    - नवीन संघर्ष  मागेर,खोसेर कतिन्जेल् बाचिन्छ र यहाँ, परिश्रम्मा पोखियेको, आटो संगै रम्छौ ।                              - ध्रुव चन्द्र खड्का  सुनकै हालुन धुरी सुनकै थालमा खाऊन, खरको छानो जुनेलाको, भाटो संगै रम्छौ।                             - नारायण दुम्जाली इमानदारी सिन्धुलियन शानले बाँचेकाछौ, सुन्तलाको दानो सुनको, साटो  संगै रम्छौ|                                   - बिन्दा लामा [सिन्धुलीयन सर्जकहरुको साझा प्रयास ..]

संयुक्त गजल

गजल (शेरमाला) को चाहदैन् यहाँ असल मान्छे हुन। गल्ती गर्छन् फेरि तयार हुन्छन रुन।                            - नवीन संघर्ष  जसलाई जती गुन लगाए पनि यहाँ, सम्झिन्छन सधै उल्टै बरु त्यो बैगुन।                           - दीपक हमाल घमण्डले आफैलाई बनाउँदछ खरानी, कहाँ सकिन्छ हत्केलाले सुर्य लाई छुन।                              - बिन्दा लामा हजुर त्यस्तो भ्रममा नपर्नुस् कदापि, पहेलो देख्दैमा हुदैन अकबरि सून।                   - आकृति सिन्धुलीयन साथी सङगतले नै ,बिगार्यो मलाइ? सत्यमार्ग दिने मलाई मान्छे छ र कुन।                          - केशभ समिर मनभित्रै गुम्सिरहे,तिम्रा ति यादहरु, कत्ति आँसु बगाईदिए सकियन धुन।                           - बिष्णु गौतम  अमिलाे त्याे पिराे पनि चटनिमा थियो , पछि मात्र थाहा पाए कमि रैछ नुन।                              - दर्शन सौगात  फूल बने माली बन्छु,नदी भए किनार, यो जीवनको मुटु म,तिमी बन खुन।                         - नारायण दुम्जाली तिम्ले भने जस्तै बन्न कहाँ सकुला र कहिले तारा जस्तै कहिले बनु जुन।                          

सुनिल अधिकारी -मुक्तक

Image
मुक्तक ------------ खुसीको एकपल काफी दु:खको भारी साट्नलाई एक छनक किरण भए पुग्छ बादल फाट्नलाई जति नै सुकै तेज धार किन नहोस् त्यो छुरीको दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई ! _सुनिल अधिकारी 

गजल

गजल ठोस ग्यास राखिएकोछ तरल राखिएकोछ। मान्छे के हो छुट्याउन सक्कल  राखिएकोछ। हुनसक्छ नभेटेपछि मान्छेको परिभाषाहरु, बारम्बार उहीँ चिजको  छलफल  राखिएकोछ। बेचिदैछन युवाहरू यो सहरबाट मरभुमिमा, लाग्दैछ कर्णधार बेच्ने पसल राखिएकोछ। छोराको काण्डमा यो कानुनले के गर्दैछ, माता पिताका निधारमा राइफल  राखिएकोछ। सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो उठाउ, झुपडी छेउमा भष्टचारको महल राखिएकोछ। म भनिरहेछु उसलाई भो प्यार् नगर मसित, मेरो झुपडीमा ढिकी ओखल राखिएकोछ। जीवन 'संघर्ष 'नसोध्नु कसरी सकिन्छ, उदाहरणमा कयौं जुत्ता चप्पल  राखिएकोछ। - नवीन संघर्ष (सिन्धुली )

"मनका पानाहरु-शृङ्खला ५"

Image
  -मनका पानाहरु कार्यक्रम  -मनका पानाहरु फेसबुक लाईक पेज  -अल आइन युएई बाट संचालन  -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम   रुवाई लाजलाई खुल्न सिकाउछु बाटोलाई डुल्न सिकाउछु सिम्रै सामु एक दिन म पथ्थरलाई फुल्न सिकाउछु ** चुली र डॉडामा के फरक छ कराई र भाडामा के फरक छ सम्झ्यो कि मुटु चस्केर दुख्छ तिमी र काडामा के फरक छ प्रकाश आंदेम्बे दमक झापा ===================== मुक्तक तिमी नै मेरो जिवन तिमी नै प्राण झै लाग्छ ब्रमाण्ड कै सबै भन्दा अमुल्य समान झै लाग्छ घुमे धेरै मन्दिर भेटिन भगवान कतै जब भेट्छु तिमी साक्ष्यात भगवान झै लाग्छ डा•रमेश के सी रामेछाप हाल:-प्रमुख (कर्णाली अन्चल आयर्बेद) जुम्ला ** स्वार्थको वलिवेदीमा चढेको दिमाग उस्को दायॉ बायॉ नहेर्ने त्यो सडेको दिमाग उस्को संस्कृति मै खाउ मै लाउको समाज बन्दैन भित्र कपडको किरा गडेको दिमाग उस्को शैलेन्द्र थापा काठमाण्डौ रातोपुल *** तिमी बिना साच्चै मलाई एक्लो पन हुन्छ अनायासै भित्र भित्र आफै जलन हुन्छ बोल्न सक्या छैन मनको बॉधले रोकेको छ कति बेला घातक बनि बिस्पोटन हुन्छ मौलिक श्रीस

"बहर बहार-शृङ्खला १०"

Image
"बहर बहार-१०" गाउँ-बेंसीमा हेर्छु पाखा फरक छन प्राण सबकाे एकै छ भाका फरक -ऋक्तात्मा अविरल ० याद मात्रै गर्ने त होला नि प्यारी भेट हुन्नौं चाहेर माथा फरक छन कबि अभ्यर्थी ० वेदना मान्छेको कहाँ हुन्छ यौटै आँसु उस्तै हो हेर्नु आँखा फरक छन -मिलन मार्मिक ० हुन्न होला सायद म तिम्रो पियारा जिन्दगीका मेरा तमासा फरक छन -लामा अभय ० कोहि हुन्नन पर्दा म तिम्रो हुँ भन्ने गोजी तातो भेटे त नाता फरक छन -रमेश 'गोठालो' ० मान्नु सबले बिन्ती भरै हुन्न जिबन मृत्यु पुग्ने आखिर बाटा फरक छन -अमन एकल ० सम्पती सब नासेर देशै डुबायौ आज देखें घाऊ ति टाटा फरक छ्न । मनोज मनसुन ****************************** बहरे : खफीफ ( २१२२/२२१२/२१२२) रुक्न : फाइलातुन्/मुस्तफ्इलुन/फाइलातुन नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई २०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक अभ्यास बाट साभार गरिएको हो। धन्यवाद, -बहर बहार परिवार

"बहर बहार-शृङ्खला ९"

Image
"बहर बहार-९" भुल्न खाेजें धेरै तिमी यादमा छाै जिन्दगी याे चल्ने हरेक श्वासमा छाै -विजय योजित ° भेट कैले होला नदी घाट बिच को, पर्ख भन्छौ वारी वहाँ पार मा छौ -ऋक्तात्मा अविरल ° अन्त तिर्खा मेट्ने कबै चाह छैन ,, प्यासमा छौ मेरो तिमी मातमा छौ. -राजीव जी.सी संघर्शी ° आज फेरी त्यै सम्झनामा रुवायौ हो र सानी लाग्दैछ बेहाल मा छौ ! -मनोज मनसुन ° लौ न औधी नै पो फुले छौ तिमी यो झल्झली आँखा कै उ त्यो बागमा छौ ! - गजेन्द्र अतित बोहोरा ° भुल्न चाहेकै हो , नसक्ने भएछु ध्यानमा छौ प्रिया तिमी प्राणमा छौ! - लामा अभय ° छैन क्यै चिज अर्को तिमी झै अमूल्य यो जगतमा मेरी प्रिया लाखमा छौ. - बेहोसी भीम रसाइली ° आँफुलाई साह्रै घमण्डी बनायौ बैंशले बल्दैछौ र पो रापमा छौ । - विनोद परिवर्तित ° कत्ति धेरै प्यासी बनेको छु प्यारी। सुक्छ सायद सागर तिमी प्यासमा छौ - युवराज खतिवडा ° आँसुको खोली यो नयनमा बगाई ! खालि पार्दा पीडा त्यही भावमा छौ ! - अविनाश शापकोटा ° जिन्दगी देखी हार खाँदै हिडेको थेँ हौसला बन्दै आज यो आँटमा छौ - अमन एकल ° गर्छु भन्थ्यौ माया तिमीलाई साह्र

"बहर बहार-शृङ्खला ८"

Image
"बहर बहार-८" कहाँ जिन्दगी यो बगर हो भनेर, हुँदा जोस उड्थे सगर हो भनेर -राजीव जि.सी 'संघर्षी ० हिँडेको छु एक्लै सदा जिन्दगीमा यही जिन्दगीको नगर हो भनेर -राम कँडेल अधीश ० पलाउन्न मायाँ जती पाेखिए नि भनेकै हुँ छाती बगर हाे भनेर -विजय योजित ० छुटेकी थियौ यो अधरमा चुमेर नियाल्थेँ म त्यो यै नगर हो भनेर -अमन एकल ० पुगे आज ब्यर्थै मसान् घाट साथी हिडे थें म प्रेमको नगर हॊ भनेर -बेहोशी भिम रसाईली ० भुतुक्कै हुनेछौ, नहेरे मलाई भनेकै छु यो चोर नजर हो भनेर -रिना बोम्जन तामाङ ० तिमी हात छोड्ने कुरा चैं नगर्नू बिचैमा सफरको रहर हो भनेर -विनोद परिवर्तित ० अमर प्रीति हाम्रो भएको छ हेला ! दलित हो भनेर मगर हो भनेर ।। -युवराज खतिवडा ० नयाँ हो जमाना नयाँ केश मेरो कि सोच्यौ गधाको जगर हो भनेर -रमेश 'गोठालो ० म छानी रहेथेँ धुपीबाट सल्ला बचेको हिमाली अगर हो भनेर -लालकाजी श्रेष्ठ ******** बहर:- मुतकारिब मुसम्मन सालिम रुक्न:- १२२-१२२-१२२-१२२ नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई २०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक अ

"बहर बहार-शृङ्खला ७ "

Image
"बहर बहार-७ " अँध्यारो पखाल्ने उषाको कुरा हो गरौँ साधना यो कलाको कुरा हो -लाल काजी श्रेष्ठ ० म हूँ सुक्ष्म दाना निहित् अश्व शक्ति फलाएर खाऊ चनाकाे कुरा हाे -विजय योजित ० उषामा रचेको अचेल् साँझ मर्छ अमर प्रेम भन्ने कथाको कुरा हो -राजीव जि.सी 'संघर्षी' ० 'भने ज्यानमारा सबैले मलाई' उज्यालो दिने यो शिखाको कुरा हो -अनन्त अनुराग ० म आफ्नै रहरले नहाँसें ननाँचें सधैं सुन्यतामा रमा'को कुरा हो -आर के सुवेदी ० यहाँ प्राय आफ्ना सबै शत्रु रैछन यहीँ जिन्दगीले बता'को कुरा ह -'स्मार्ट' जी सन्देश ० जिते कैद आजन्म हारे छ फाँसी नयाँ प्रेम कानुन दफाको कुरा हो।। -प्रमोद थापा ० म त्यो 'याद' फाल्नै नसक्ने छु मित्र उसैले चिनोमा पठाको कुरा हो !! -लामा अभय ० कहीँ हाँस्छ यै दिल कहीं रुन्छ यै दिल। नटुट्दा र टुट्दा प्रियाको कुरा हो ।। -युवराज खतिवडा ० निकै सुक्ष्म हुन्छन् ठुलै काम गर्छन मुटूभित्रको त्यो शिराको कुरा हो -कबि अभ्यर्थी ० गलेको छ साह्रो शरीर यो सदैव कठै भार थाम्ने गधाको कुरा हो -राम कँडेल अधीश ० न छाता सँग