तिहार बिशेष मुक्तकहरूको संगालो..

तिहार बिशेष मुक्तकहरूको संगालो

मुक्तक:-१,
परदेशीलाई दशै तिहार नआएकै जाति
सम्झनाले मनैभरी बोकी ल्याउछ आधी
रहर होईन् बाध्यताले धेरै टाढा छु आज,
टीकामाला हुन्छ होला मेरो तस्बिर माथि
                                 -नवीन संघर्ष 

मुक्तक:-२,

सयपत्री र मखमलीका माला सम्झिएर।
साँझका ती झिलिमिली पाला सम्झिएर।
न त रुन सक्छ न त हास्छ यो परदेशी,
बाँचेकै छ समयको यो चाला सम्झिएर ।
                                 -शिव सुवेदी 

मुक्तक:-३,

हर्ष,खुसी र उमंगले चंग उडाउला तिहारमा।
निधार भरि सप्तरंगी रंग लगाउला तिहारमा।
दियो वाली,सयपत्री,मखमलीको मालासंगै,
 सजिएर चेली-माइती दंग बसाउला तिहारमा।
                     -अम्बिका याम्फु'अनमोल '

मुक्तक:-४,
दिदी यसपाली नि तिहार आयो
सबको घरघरमा खुशियाली छायो
हामी कति अभागी भयौं दिदी भाई
हाम्रो त सधै आँखामा आँसु रसायो
            -जीवन नारायण भण्डारी 

मुक्तक:-५,

कोठेबारीमा सयपत्री मखमली फुल्यो होला
ती सिम खेतभरी धानको बाला झुल्यो होला।
दशैं त आयो गयो आउन लागो नि तिहार,
बा-आमा आफन्तले नि मलाई भुल्यो होला ।
                                -दिलीप राई"सगर"

मुक्तक:-६,(दिलीप सरको जवाफमा )

बारिभरी ढकमक्क सयपत्री फूल फुले पनि।
लहलह खेतभरी धानका बाला झुले पनि।
हामी पो कहाँ सक्छौं भुल्न माईती राजालाई,
माईतिले घर परिवार र चेलिबेटी भुले पनि।
                                         -उमा वत्स

मुक्तक:-७,

गयो दसैँ ऋण बोकाउँदै रुवाउन आयो तिहार ।
प्रवासमा नेपालीको मन दुखाउन आयो तिहार ।
वारि डिलमै ओइलाउनेभो यो साल पनि मखमली,
गला भरी आँसुको भेल बगाउन आयो तिहार ।
                                            -बिन्दा लामा

मुक्तक :-८,

आउ मन्जु ,शिला रिदु दोहोरी गाउनलाई
दुख सुख पिर बेदना एकै साथछाउनलाई
मखमली माला संगै सप्तरंगी टिका थाली,
आउँदैछु तारा बैनी भाई टिका लाउनलाई
                                  -नवीन पुर्बेली

मुक्तक:-९,
साहुको ऋण तिरि नसकी आउन्न बैनी।
यो वर्ष पनि सप्तरङ्गी टीका लाउन्न बैनी।
मन भरी तिम्रो माया अपार छ तिम्रै नानू,
चाहेर पनि यो तिहार साथ हुनपाउन्न बैनी।
                                 -राजेन्द्र अर्याल 

मुक्तक :-१०,

जब देउसीभैलो गुन्जायमान गाउँ र टोल हुनेछ।
तर परदेशीको छातीमा गहिरो पिडाको गोल हुनेछ।
स्नेहले उनेका मखमली र सयपत्री हातमा ओइलिदा,
कत्ति रोलिन दिदि आँसु पनि धेरै अनमोल हुनेछ।
                                      -कमला बिधु मगर


(मुक्तकहरूको संगालो भाग २ )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....