गजल -समीर कार्की

गजल

प्रेममा भुकम्प आएको तब प्रमाणित हुनेछ ।
जब यो छाती दुई भागमा बिभाजित हुनेछ ।

आधा उत्तर जाला बाकी आधा दक्षिणतिर ।
जब मेरो देश संघियतामा खण्डित हुनेछ ।

तिम्रो त्यो मुटुमा जतिसुकै कवज लगाएपनी ।
मेरो नजरको मिसाइलबाट लक्षित हुनेछ ।

हो अनि म तिमीलाइ दुनियाकै राम्री ठान्नेछु ।
जब तिम्लाइ देखेर जुन प्रभावित हुनेछ ।

हाम्रो प्रेमपनि तेहि दिन अबस्य सफल होला ।
जुनदिन गुलाव र पत्थरको प्रीत हुनेछ ।

-समीर कार्की 
कोरोबारी १ झापा
हाल : द. कोरिया


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....