Posts

Showing posts from December, 2015

गजल-दान राई"झरी"

Image
*गजल  * वीर गोर्खालिको देश दुख्यो भने । के गर्छौ त साथी शिर झुक्यो भने । स्वाभिमान माथी दाग लाग्न पुगि , छिमेकीले पनि आई थुक्यो भने । सवाल गर्दैछु म देउ जवाफ तिमी , देश प्रती मनमा माया उठ्यो भने । जलस्रोतको धनी देश भित्र यदि , के अर्थ भो साँच्चै घाँटी सुक्यो भने । खबरदारी अब गर्ने नगर्ने हो , देश बेच्न सिमा कोहि पुग्यो भने । दान राई "झरी"  उदयपुर 9813275744 

कविता "यन्त्रमानव "-एलिसा पौडेल

Image
" यन्त्रमानव " मसँग  मन छैन हो  मसँग मन छदैँ छैन मेरो मन त उहिले डढिसक्यो मतलब मरिसक्यो जब, तिमीले छर्कियौ याद नाउँको अम्ल मेरो अतितको घाऊमा.. मसँग मुटु छैन हो मसँग मुटु छदैँ छैन मेरो मुटु त उहिल्यै बनेको हो स्वचालित मेसिन त्यहि दिनदेखी  म बनेकी हुँ मुटु नभएकी एउटी सुन्दर पुतली  मसँग मस्तिष्क छैन हो  मसँग मस्तिष्क छदैँ छैन मैले आफैँ परित्याग गरेकी हुँ मेरो मस्तिष्क  जब त्यसले,  बारम्बार दोहोर्याइरह्यो म मानव भएको कटु यथार्थ  यो मानवताहिन समाजमा बाँच्नका लागि मैले बन्द गरेकी हुँ मेरा सोचका द्वारहरु मसँग आँखा छैनन्  हो,  मसँग आँखा छदैँ छैनन्  मेरो आँखामा त वर्षौँ पहिले बाँधिएको हो अहङ्कारको कालो पट्टि त्यो दिनदेखी  म देख्दिनँ दुनियाँको दुख फुट्दैनन् आँसुका मुलहरु सुख्खा छ सुख्खा  मरुभूमिजस्तै आँखा मन नभएकी मलाई मुटु नभएकी मलाई मस्तिष्क नभएकी मलाई आँखा नभएकी मलाई कसरी भन्छौ मानव/ मान्छे खाँदैमा  हिँड्दैन कोही मानव हुँदैन  हैन, म मानव हैन म हुँ  एउटा स्वचालित यन्त्रमानव  मुटु बिनाको मन बिनाको मस्तिष्क बिनाको कवि :- एल

मुक्तक-बिन्दा लामा"तृष्णा "

Image
मुक्तक:- खुकुरी र सखा,उस्तै-उस्तै लाग्छ। साहित्य र नशा,उस्तै-उस्तै लाग्छ। कहिल्यै पुरा नहुने,मानिसको सपना, जिन्दगी र कथा,उस्तै-उस्तै लाग्छ। -"तृष्णा" बिन्दा लामा            "सिन्धुली "

गजल-बिमला शर्मा'ढुंगाना '

Image
*गजल* पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको । अनौठा छन् यस्ता कति, खबर  परदेशीको। मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल , नठान्नु है हुन्छ मुटु, पत्थर परदेशीको। भुल्न कहाँ सकिन्छ र आफ्नो प्यारो देश , डुल्छन् सधैं तस्बिरमा, नजर  परदेशीको। काँडा माथि टेकेर नि हिड्नै पर्छ आखिर, बुझ कति अप्ठेरा छन्, सफर  परदेशीको। खुशी खोज्दै मान्छेहरू लागे पनि मुग्लान , न त बन्यो भबिष्य त्यो, सुन्दर परदेशीको। - बिमला शर्मा 'ढुंगाना ' रचना २०७२पौष ९ गते बिहिबार

मुक्तक- नवीन संघर्ष "सिन्धुली "

Image
मुक्तक:- आजभोलि मनको मझेरी ,दुख्छ कति साह्रो। यादहरू मस्तिष्कमा बेरी ,दुख्छ कति साह्रो। डाक्टर कहाँ पनि धाए ,धामी कहाँ पनि गए, देखाउन मिल्दैन घाउ फेरि ,दुख्छ कति साह्रो।     - नवीन संघर्ष (सिन्धुली )     nabinsanggharsha@gmaiI.com

गजल -राज पाठक

Image
°गजल° दाज्दै नदाज्नु कहैलै शिर चप्पल संग । खाली खुट्टालाई सधै पिर चप्पल संग। घाँस काट्न जान लाग्दा बा भन्नुहुन्थ्यो, सुहाउँदै सुहाउँदैन बाबू भिर चप्पल संग। म बर्षौ देखि नै यो कुरा सोचिरहेको छु, खुट्टाको के सम्बन्ध छ आखिर चप्पल संग। कस्ताकस्ता मान्छे भेटिन्छ यार अचेल यहाँ, जुत्ता साट्छन पैसाको खातिर चप्पल संग। चेलिबेटी,हरुलाइ राजको एउटै सुझाव छ, नबेच्नु कसैले आफ्नो शरीर चप्पल संग ।     (गजलकार:- राज पाठक  )

गजल -नवीन संघर्ष "सिन्धुली "

"गजल " झुपडी हिडिरहेछ यहाँ,महल हिडिरहेछ। मानौ जिन्दगी बोकेर,धरातल हिडिरहेछ। हिलै पानीको आडमा फुलेर पनि कमल, भमराको खोजीमा हेर,पैदल हिडिरहेछ। यहाँ मान्छेले मान्छे जिउँदै जलाउदैछन, मानवता हटेर रित्तो,सक्कल हिडिरहेछ। अचेल हतियार बोकेर आउँछ बुद्धिमान, कलम बोकेर पो कयौं,पागल हिडिरहेछ।                               -नवीन संघर्ष"सिन्धुली " https://youtu.be/D4jkYmWjpMQ

गजल -बिन्दा लामा

Image
गजल  अनौठो छ मेरो कहानी शहरमा। भिजेको छ राती सिरानी शहरमा। भयो छट्पटीमा डराएर यो मन, हरायो अतितको निशानी सहरमा। बचाउँछु अस्तित्व ढल्नेछु आफै, हुनेछन् प्रमाणित किटानी सहरमा। अचम्मै समाचार कस्ले छपायो, लिलामी भयो रे जवानी शहरमा। सुकेको बगरमा जसै सुक्छ तृष्णा, उसै सुक्छ आत्मा नजानी सहरमा। फाउलुन१२२×४ बिन्दा(तृष्णा)-सिन्धुली

गजल -प्रकाश राई

Image
"गजल" चुरे पहाडको त्यो भिर किन नहोस। गढी, महाभारत सिर किन नहोस। एतिहासिक महत्त्वले भरिपुर्ण छ, ति भत्केका मठमन्दिर किन नहोस। मलाई मेरो सिन्धुली प्यारो छ सधै, त्यो सुनकोसीको तिर किन नहोस। प्राकृतिक,सास्कृतिक सम्पदाले धनी छ, बिकाशको गति यहा स्थिर किन नहोस। हाम्रो राम्रो सिन्धुली भन्नुमा मजा छ, यो मेरो मनभरी पिर किन नहोस।  चुरे पहाडको त्यो भिर किन नहोस। ति भत्केका मठमन्दिर किन नहोस।                            - प्रकाश राई