गजल-दान राई"झरी"

*गजल  *

वीर गोर्खालिको देश दुख्यो भने ।
के गर्छौ त साथी शिर झुक्यो भने ।

स्वाभिमान माथी दाग लाग्न पुगि ,
छिमेकीले पनि आई थुक्यो भने ।

सवाल गर्दैछु म देउ जवाफ तिमी ,
देश प्रती मनमा माया उठ्यो भने ।

जलस्रोतको धनी देश भित्र यदि ,
के अर्थ भो साँच्चै घाँटी सुक्यो भने ।

खबरदारी अब गर्ने नगर्ने हो ,
देश बेच्न सिमा कोहि पुग्यो भने ।

दान राई "झरी" 
उदयपुर 9813275744 



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....