बिष्णु गौतमका १० मुक्तकहरू....

🌹मुक्तकहरु🌹


1.
तिम्रो मेरो अन्तिम सास एउटै भयो भने।
चित्ता माथी हाम्रो लास एउटै भयो भने।
त्यती बेला पक्कै भेट हुन्छ होला प्यारि,
यो धर्ती यो आकाश एउटै भयो भने ।

2.
कतै हरियाली कतै बगर बनाइदिन्छ।
कैले अमृत पिउँदानि जहर बनाइदिन्छ।
हिजो जस्तो थियो उस्तै होला नसम्झनु।
समयले मान्छेलाई पत्थर बनाइदिन्छ।

3.
दुखी संग माया गर्ने मन भेटिन्छ।
छामी हेर त्यहा आफ्नै धड्कन भेटिन्छ।
फुलहरुको बगानमा किन खोज्छौ तिमि,
चट्टान फोरि हेर पक्कै जीवन भेटिन्छ।

4.
छाडी नजाउ रुन्छ मन भन्नेहरु टाढिन्छन।
तिमिनै हौ मेरो जीवन भन्नेहरु टाढिन्छन।
यो पैसा भन्ने चिज यस्तै हुन्छ साथी,
दुई मुटु एक धड्कन भन्नेहरु टाढिन्छन।

5.
सबका आँखा रसाउने मुक्तक लेख्नु छ।
 दिल भित्र बसाउने मुक्तक लेख्नु छ।
आउ अब तिमी हामी संगै यात्रा गरौ,
रुने लाई हसाउने मुक्तक लेख्नु छ ।

6.
बिग्रन सक्छ मान्छे जानी जानिले पनि।
सताउँदा अङ्गालोको सिरानीले पनि।
त्यति बेला आफुलाई सम्हाल्नु है तिमी,
एक पल पागल बनाउछ जवानिले पनि।

7.
पिरतिले चोटै चोट दिय पछि के-के भयो।
सम्झनाले घाउ बल्झिय पछि के-के भयो।
नाम लिदै कराउँदै हिडे अरे चारै तिर,
थाहा छैन मलाइ पनि पिय पछि के-के भयो।

8.
छिट्टै गरि सिन्दुर पोते सारी चाहियो रे।
घरमा यौटी फुल जस्ती नारी चाहियो रे।
अचेल यहि कुराले त मन पोल्छ मेरो,
आमालाई साथी अब बुहारी चाहियो रे।

9.
खोला तरेपछि मात्रै हुन्छ भन्दिनु।
 उतै सरेपछि मात्रै हुन्छ भन्दिनु।
बिहेअघि तिमीसंग के-के माग्यो भने,
सिन्दुर भरेपछि मात्रै हुन्छ भन्दिनु।

10.
भ्रष्टाचारिहरुको अन्तिम चित्ता जलाउनु छ।
आउ युवा तिमिलेनै अब देश चलाउनु छ ।
यो हिमाल यो पाहाड र तराइ मिलिजुली,
हिर्कायर कलमले सिंहदरबार ढलाउनु छ।

मुक्तककार:- बिष्णु गौतम  'सिन्धुली '






Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..