जहाँ हार मेरो त्यहाँ जीत तिम्रो। बस्यो के अनौठो म मा प्रीत तिम्रो-रमेश "गोठालो "

'गजल'


जहाँ हार मेरो त्यहाँ जीत तिम्रो।
बस्यो के अनौठो म मा प्रीत तिम्रो।

तिमी शब्द मेरा तिमी भावना हौ,
सधैं गुन्गुनाई रहौं गीत तिम्रो।

म पूजा गरौं या गरौं कामना क्यै,
निहित होस त्यसमा सदा हीत तिम्रो।

नबिर्से मलाई कुनै बाहनामा,
नयन बाट बग्ने छ है शीत तिम्रो।

रहर फुल्न थाले अनौठा म भित्र,
सयौं जन्म मनको बनौं मीत तिम्रो।

:- रमेश "गोठालो "

Comments