गजल _दिल प्रकाश मगर"भावुक "

'गजल'


सफलताका प्रतीक अप्ठ्यारामा हुन्छन्।
तै पनि यार रहरहरू जूनतारामा हुन्छन्।

यी आँखाहरू प्रेम गर्न थाकेनन् कहिल्यै,
प्रेमी हुँदाहुँदै पनि अन्तै इशारामा हुन्छन्।

ए साहुनी कति कचकच गर्छ्यौ यार तिमी,
अरे भट्टी संग सम्झौताहरू उधारामा हुन्छन्।

सायद यहाँ राजनीतिको अर्थ यहीँ हुनुपर्छ,
जड्याहा पनि बन्द हडताल नारामा हुन्छन्।

मलाई यसरी 'दिल' भित्र बन्धी नबनाउ प्रिया,
कैदी पनि त यार एकदिन छुटकारामा हुन्छन्।
,,
दिल प्रकाश मगर "भावुक"
माझकाडा ८ सल्यान
हाल मलेसिया

Comments