अरुले मलाई बौलाहा भन्लान्, उनले भन्छन सराबी भको छ।-सानू बाबु मल्ल

°गजल °


उडेर यो मन सराबी भको छ।
अचेल त झन सराबी भको छ।

अरुले मलाई बौलाहा भन्लान्,
उनले भन्छन सराबी भको छ।

त्यो माइती गाउँ मुना'ले छाड्दा,
प्रवासमा मदन सराबी भको छ।

यो मुटु उनको अधिनमा चलाउंदा,
बद्लामा धड्कन सराबी भको छ।

झुठहरु उनकै आगनीमा खेल्दा,
यो बाचा-बन्धन सराबी भको छ।

: सानू बाबू मल्ल "सिन्धुली "

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....