Posts

Showing posts from November, 2015

अप्ठ्यारो मान्छे – विनोदविक्रम केसीको कविता

Image
सजिलै त मलाई केही पनि चाहिँदैन  सजिलो त मलाई केही पनि गर्नु छैन ! सजिलो त नानीहरूको हातको पापा खोस्न सजिलो हुन्छ  लडेको मान्छेको अण्डकोषमा लात्ती हान्न सजिलो हुन्छ  वृद्ध आमाबाउलाई वृद्धाश्रमको गेटबाहिर फालेर भाग्न सजिलो हुन्छ सजिलो त  पुँजीवादको पुत्ररत्न बनेर मजदुरको माड लुट्न सजिलो हुन्छ  कुनै सत्तासीनको ढोकामा आत्माको बलि दिन सजिलो हुन्छ  अत्याचारबाट नजर हटाएर अन्यत्र आँखा टाँग्न सजिलो हुन्छ  जिब्रो चपाएर बोल्न या मौन बस्न सजिलो हुन्छ सजिलो त  विजेताहरूको इतिहास रटेर  पराजितका काटिएका नाक–कानमाथि  पर्दा हाल्न सजिलो हुन्छ  सजिलो त  विष पिउन सजिलो हुन्छ सजिलै त कायर भइन्छ, कायर  सजिलोले त प्राप्त गराउँछ केवल गुलामी म सजिलै जन्मिएको होइन  एउटा समरै लडेर  मेरी आमाले मलाई यो धर्तीमा ल्याएकी हुन्  सजिलै हुर्किएको होइन म  हुँडारजस्तो गरिबीको निर्दयी अट्टहासबीच  हुर्किएको हुँ म कम्युनिस्ट बनेको दिन  उनीहरूले मेरा लालाबालालाई तोप दागेका थिए  म सत्यको उज्यालो खोज्न निस्केको साँझ  उनीहरूले देशमा ब्ल्याकआउट गरेका थिए  मेरा सपनाहरू फुल्न–फुल्न लागेकै याममा  उ

नलेखिएको एउटा प्रेम कथा -शेखर विकल्प

Image
तिमी संगको पहिलो भेट छर्छरे नदीको किनारमा चिसो पानीको कलकल प्रवाह संगै यौटा मधुर बिहानीमा भएको थियो, र मेले भनेको थिएँ - कोहि संग मिलन हुन जिन्दगीमा ब्याकरण मिल्नु पर्ने रहेनछ ! रेल भन्दा लामा दुःख बिर्सिएर जयनगरको रेलको अन्तिम डिब्बामा बसेर खट-खट खट-खट खट-खट आवाज संगै कति सुनाउँदा नसुनाउँदै कति सुन्दै नसुनेर सुरु गरेका थियौँ यौटा कहानी झ्यालको सिसामा आफ्नो अनुहार देखाउँदै तिमीले कत्ति सजिलै भनेकी थियौ - हेर त कति हसिलो छ तिम्रो चेहरा ! मैले नाजवाफ तिम्रो आँखामा पहिलोपटक प्रेमको स्पर्श गरेको थिएँ घरिघरि समीरको चिसो झोक्काले म छेउँ सुमसुम्याउन आउने तिम्रो रेसमी केशले म भुतुक्क हुन्थेँ - तिमी झनै लजाउँथ्यौ मानौ भर्खर भर्खर लालुपाते फक्रिएको छ मेरो आँखाको चस्मा निकालेर तराइको फाँटको उँखुबारीलाई देखाउँदै, यौटी बच्चीले जस्तै मेरो कानमा खुसुक्क भनेको - “विकल्प, यहिँ रमाउँला देश छाडेर कहि नजानू” भर्खर सुनाए झैँ कान समाउन पुग्छु । मलाई अलिकति हतार थियो जिन्दगी संग तर हतार छ भन्नै सकिन, हतार छ भन्नु तिमीलाई छोड्नु जस्तै थियो । त्यसैले चुपचाप चुपचाप तिमी सं

"मधेससंग" कविता -प्रोल्लास सिन्धुलीय

Image
मित्र मधेस , पहाडबाट ओर्लिन सकिनँ, मेरो एक टुक्रा पुख्र्यौली जमिनको संरक्षण गरिदिनू । पहाडबाट, पहिरोले चिथोरेको माटो खोज्दै झरेकी थिइन् मेरी आमा मधेसमा ढुङ्गाको छानो छाडेर खपडाको टोपी लाएको घरभित्र मधेस बन्न आएका थियौँ हामी कुनै दिन मेरी आमाले ल्याउनुभएको पहाडे सिमी तिम्रो बारीमा झुत्तिन्थ्यो उन्मुक्त तिम्रो बाले दिनुभएको मधेसी फर्सीको बियाँ हाम्रो बारीमा गट्टा हाल्थ्यो निसङ्कोच हाम्रा सदभावहरू नचिनिने गरी साटिन्थे घरीघरी सुन्छु, बाटो बढ्दै छ रे मधेसमा तिम्ले र मैले पुलीडण्डा खेलेको बाटो धुलो उडाउँदै रिङ गुडाएको बाटो मधेस र पहाड नछुट्याइ हिँडेको बाटो पस्दै छ रे पहाड भन्ठानेर मेरो मधेसी जमिनमा मित्र मधेस ! मेरो राष्ट्रवादमा तिम्रो मधेसको रङ उत्तिकै छ त्यही मधेसको पानी मेरो रगतमा बगिरहेको छ हरपल मेरो शरीरबाट मधेसकै माटोको सुवास आइरहेको छ निरन्तर कसैले बाटैमा रोकेर सोध्यो मलाई- तँ मधेस होइनस्, कसरी हुन सक्छस् ? तिम्रो मधेसको पानीले मेरो पहाडे मनलाई छोप्न सकेकै रहेनछ तिम्रो मधेसको माटोले मेरो पहाडे गन्धलाई जित्न भ्याएकै रहेनछ सुन्दा अचम्म लाग्यो, तिम्ले

गजल -गोबिन्द लामिछाने

Image
गजल  ... महल बनाए हाँस्ने बानी   बेचेर कसैले। गुजारा चलाए धेरै जवानी  बेचेर कसैले। जापान सम्झेर तिमी भबिष्य सोचिरहेछौ, प्रगति नेपाल मै गरे पानी   बेचेर कसैले। तिमिले त्यसरी समस्या त नसुनाए हुन्थ्यो, बधाइ पाइन्न साथी कहानी   बेचेर कसैले। सबैले भन्छन् आमा बुवा किनेर पाईन्न, जीबन चलाए अबोध नानी   बेचेर कसैले।                           - गोबिन्द लामिछाने 

गजल -समीर कार्की

Image
गजल प्रेममा भुकम्प आएको तब प्रमाणित हुनेछ । जब यो छाती दुई भागमा बिभाजित हुनेछ । आधा उत्तर जाला बाकी आधा दक्षिणतिर । जब मेरो देश संघियतामा खण्डित हुनेछ । तिम्रो त्यो मुटुमा जतिसुकै कवज लगाएपनी । मेरो नजरको मिसाइलबाट लक्षित हुनेछ । हो अनि म तिमीलाइ दुनियाकै राम्री ठान्नेछु । जब तिम्लाइ देखेर जुन प्रभावित हुनेछ । हाम्रो प्रेमपनि तेहि दिन अबस्य सफल होला । जुनदिन गुलाव र पत्थरको प्रीत हुनेछ । -समीर कार्की  कोरोबारी १ झापा हाल : द. कोरिया

तिहार बिशेष मुक्तकहरूको संगालो..

तिहार बिशेष मुक्तकहरूको संगालो मुक्तक:-१, परदेशीलाई दशै तिहार नआएकै जाति । सम्झनाले मनैभरी बोकी ल्याउछ आधी । रहर होईन् बाध्यताले धेरै टाढा छु आज, टीकामाला हुन्छ होला मेरो तस्बिर माथि ।                                  - नवीन संघर्ष  मुक्तक:-२, सयपत्री र मखमलीका माला सम्झिएर। साँझका ती झिलिमिली पाला सम्झिएर। न त रुन सक्छ न त हास्छ यो परदेशी, बाँचेकै छ समयको यो चाला सम्झिएर ।                                  - शिव सुवेदी  मुक्तक:-३, हर्ष,खुसी र उमंगले चंग उडाउला  तिहारमा। निधार भरि सप्तरंगी रंग लगाउला तिहारमा। दियो वाली,सयपत्री,मखमलीको मालासंगै,  सजिएर चेली-माइती दंग बसाउला  तिहारमा।                      - अम्बिका याम्फु'अनमोल ' मुक्तक:-४, दिदी यसपाली नि तिहार आयो । सबको घरघरमा खुशियाली छायो । हामी कति अभागी भयौं दिदी भाई हाम्रो त सधै आँखामा आँसु रसायो ।             - जीवन नारायण भण्डारी  मुक्तक:-५, कोठेबारीमा सयपत्री मखमली फुल्यो  होला ती सिम खेतभरी धानको बाला झुल्यो  होला। दशैं त आयो गयो आउन लागो नि तिहार, बा-आमा आफन्तले नि मलाई

मुक्तक-मनोहर शाही

Image
मुक्तक:- उस्तै छ आँखा भरि आँसुको ताल उस्तै छ। प्रेयसी संग सम्बन्धको प्रर्खाल उस्तै छ। घर लिलाम भए देखि सडकमै बस्छु, न गास छ न बास छ अनिकाल उस्तै छ।                                           -मनोहर शाही

गजल -आकृति सिन्धुलियन

Image
गजल  चलोस् भुमरि सगरमाथा ढल्दैन। काक्रोको बोटमा घिरौला फल्दैन। जसले गालि गर्छ,उसले प्रेम गर्छ, भन्छे बैनि अगुल्टो नठोसि बल्दैन। घेरिन्छौ नै परिस्थितिका काँडाले, कल्पेको जस्तो गरि जिवन चल्दैन। जति अपमान गर न,निडर रहनेछु, तिम्रो घृणाले मेरो यो मन जल्दैन। - आकृति सिन्धुलियन     

गजल-आर के आर मगर

Image
गजल   लेख्या छैन भाग्य निधारमा खै कसरी भनु । छैन मेरो यो तक्दिरमा खै कसरी भनु । अतितका आउदा यादहरू चस्किन्छ छात्ती, यो मन छदै छैन पिरमा खै कसरी भनु । मन्दिर कै संघारमा लडिरहेका छन् अनाथहरू, छन् भगवान ती मन्दिरमा खै कसरी भनु । गयौ आज धेरै टाढा भन्न धेरै थियो, यी मनका कुरा तस्बिरमा खै कसरी भनु ।                   -आर के आर मगर(सिन्धुली)

मनका पानाहरू-"१२ औं अंक"

Image
-मनका पानाहरु कार्यक्रम -१२,औं शृङ्खला -मनका पानाहरु फेसबुक लाईक पेज -अल आइन युएई बाट संचालन -रुवाइ -संचालक  :-रोवर्ड(सिप्तुंखा)राई चुलाचुली ७ इलाम

मुक्तक-ऋतु सन्धि

Image
मुक्तक  कहिले हरियाली कैले बसन्त बहार। कहिले शिशिर कहिले हेमन्त बहार। ऋतू हराउँछे शिशिरको यादमा सधैं। बनेर उसैको दृश्यमयको अन्त बहार।                              - ऋतु सन्धि      

गजल -सबीना अधिकारी

Image
गजल  तिरीरहेछु अझै ऋण, अरु कसैको । शरीर मेरो छ अधिन, अरु कसैको । आफ्नै बिगत सम्झिन्छु, आँशु खसिदिन्छ , देख्नै हुन्न चेहरा मलिन, अरु कसैको । अचेल आफ्नै दिल पनि, पराइ भ'को छ , कसरी मानौँ म यकिन? अरु कसैको । भो मलाई मेरो गला सजाउनु छैन, लगाइ गहना एकैछिन अरु कसैको ।                       - सबीना अधिकारी 

नवीन प्रधान -मुक्तक

Image
मुक्तक चलायौ जादुकै छडी  शब्द शब्दमा । अनि लगायौ हत्कडी शब्द शब्दमा । जब नजिक भएर बुझ्न थाले मैले, पत्तो लगाए गडबडी  शब्द शब्दमा ।                          - नवीन प्रधान                       " भोजपुर हाल मलेसिया"

जलेको मुटु मेरो..

Image
माया प्रेममा बाँधिए पछि जल्ने र बल्नेको त सिमाना नै हुँदैन । यहि मायामा कति जलेका छन् भने कति पागल नै भएका छन् । ईस्वर रानाको सुमधुर स्वरमा सजिएको ‘जलेको मुटु मेरो’ बोलको गीतलाई काशि मगरले संगीत भरेका हुन् भने शब्द पनि मगरले नै कोरेका हुन् ।भिडियोलाई शिब सेन्चुरीले निर्देशक गरेका छन् । जस्मा सन्तोष, हिमाल, उत्तम, युनिक, अज्मीले अभिनय गरेका छन् ।म्यूजिक भिडियोलाई सुदिप श्रेष्ठ खिचेका छन्, भने सम्पादन पनि श्रेष्ठले नै गरेका छन् । हेर्नुहोस भिडियो-

संयुक्त गजल

Image
गजल-शेरमाला आफैले बरु,मलाई  मार ,पराई जसरी । बनाई माया,खुकुरी धार ,पराई जसरी।                                 -नवीन संघर्ष झारेर गयौ,प्रेमको फूल,फुलाई तिमिले, बिस्तारै तार्यौ,पिरती पार ,पराई जसरी।                          -युनिक सिन्धुलीयन दिएर मुटु,चुडायौ सास, निष्ठुरी मायालु, जिउँदै अब,चितामा सार , पराई जसरी।                                    -बिन्दा लामा दिलको ढोका,खोलिनौ कैले,धनको रापले, सम्झिन्न अब,हरेक बार , पराई जसरी।                                 -नारायण दुम्जाली सम्झना हाम्रो,प्रेमको चिनो,छाडेर जादैछु, आँशुको धारा,सुस्तरी झार ,पराई जसरी।                                           -भरत थापा जाेडेकाे नाता,ताेडेर गयाै,बिर्सनु कसरी, भुलेर कृष्ण,कुसुम टार ,पराई जसरी।                                         -कृष्ण कुसुम भुलेको छैन,पिरती हाम्रो,छाडेर तिमिले, यो चोखो माया,हुदैन हार ,पराई जसरी।                                        -बिष्णु गौतम लाएको माया,छोडेर गयौ ,निष्ठुरी तिमिले, लाउन्न अब नाैटङ्कि प्यार ,पराई जसरी।                              

गजल-लक्ष्मी थापा

Image
गजल सुक्दैन मेचि काली याद गर्नु मोदि। आटिला छन नेपाली याद गर्नु मोदि। भो तिम्रो ग्यास तेल फिर्ता लगे हुन्छ, खान सक्छौ दाउरा बाली याद गर्नु मोदि। पर्‍यो भने युद्द लडन पछि हटने छैनन, हाम्रा विर गोर्खाली याद गर्नु मोदि । स्वाभिमानि नेपालीलाई चकलेट देखाएर, चल्दैन अब कागतालि याद गर्नु मोदि।  – लक्ष्मी थापा

गजल -मेरुदण्ड राई अवशेष

गजल जब मान्छेको मन फेरिन्छ । अनि बोली वचन फेरिन्छ । टुटेपछि विश्वास सम्बन्धमा, हुन्छ धोका आफ्नोपन फेरिन्छ । दशनङ्ग्रा खियाउछ परदेशी, घरमा मुनाको मदन फेरिन्छ । फूलको जवाफ पत्थर पाउँदा, कोमल मुटुको धड्कन फेरिन्छ ।                -मेरुदण्ड राई अवशेष