Posts

Showing posts from July, 2017

"जुत्ताको सुरक्षा"-कविता ।

Image
जुत्ताको सुरक्षा  पहाडको टुप्पोमा झुण्डि रहेको एक जोर फाटेको जुत्ताले उ तलको बस्तिलाई सधै आफुले पैतालो मुनि राखेर सुरक्षा दिलाएको महसुस गर्छ। सदियौ देखि बस्ती लाचार लाचार छ त्यहाका मान्छेहरु सक्दैनन शिर उठाएर पहाड सङ्ग नजर जुधाउन। एक जमाना थ्यो, पहाड को अञ्जुली भरी फूलेका गुराँसहरु चुल्ठोमा सिउरेर फापरे ह्वाइमा च्याङ्बा र माइच्याङहरु प्रतेक ढुङ्गासङ्ग साइनो गास्दै खाली खुट्टा भेडाको पछि भ्वाङ भ्वाङती दगुरी हिड्थ्यो। गाउँ भरिकै जुत्ता लगाउने एक मात्र दोर्जे आखे लाहुर बाट फर्केसी, त्यही पहाड सङ्गै मुस्कुराउने गर्थ्यो त्यही पहाड सङ्गै खुसिहरु फूलाउने गर्थ्यो। पहाड को टुप्पोमा बसेर पासाङले बजाएको बासुरिको धुनमा आफ्नै बिगत खोजिरहेको दोर्जे आखे एक दिन, वर्तमान र भविष्य बिर्सिने गरि लापत्ता भए देखि गुन्जनै छाड्यो सेलो र साइकोले भाका। ओइलेर झर्न थाल्यो गुराँसको गुच्छा र चर्न बिर्स्यो चौरिगाइले। दोर्जे आखेले, आफू रहनुको अर्थ बताउन आफ्नै अंश जस्तै फाटेको एक जोर जुत्तालाइ बस्तिलाई सुरक्षा दिने आदेश दिएको कुरा पहाड को बडेमान ढुङ्गा मा रातो रङ्गले खोपिएको