Posts

Showing posts from June, 2018

कविता : फरक यति हो |आकृति देवकोटा कृति ।

Image
कविता शिर्षक : फरक यति हो   जन्मिएर हुर्कन त तिमीमात्र हैन, म पनि आमकै कोखबाट जन्मिएर, हुर्किएकि मान्छे। तर .... तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो, तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे । मलाई मेरि आमाले आफू, नखाई नखाई खुवाएर हुर्किएकि मान्छे । समाजको यो दायराभित्र, तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय , हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे। र म पनि घरमै बसेर पढेलेखेकि मान्छे। तर... फरक यति हो तिमी ३०/४० लाखको घरमा बसेर, बोर्डिङ स्कुलमा पढेको मान्छे, म भने ३०/४० लाखवटा बासका, चोइटा र खरले टालेको घरमा बसेर, कचियालाई कलम डोकोलाइ ब्याग, चौरको झपक्क परेको हरियो कापिमा, रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे।  फरक यति हो.... तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा, मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन । तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले, लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको सितैको खेलौना लिइ खेलेकि मान्छे ।   तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन, यो त मेरो भाग्यको