Posts

Showing posts from August, 2018

कबिता - कलियुगकी कुन्ती- अनामिका सजल

Image
कलियुगकी कुन्ती ************ तिमी त्यो युगकी कुन्ती होइनौ जसको अवैध प्रेमको एउटा कहानी लेखियोस् र युग युगले सम्झना गरिरहोस् यहाँ त बिस्तारा सम्मको यात्रा सँगै प्रेमको आयु सकिन्छ र नजन्मिँदै सहिद हुन्छन् कलि युगका कर्णहरु कलिलो पाठेघर क्षतविक्षत बनाएर हुर्काएको प्रेमको चिनो सिस्नु र बाँसघारीका झाङमा लगेर फ्याँक्न पनि हिम्मत चाहिन्छ उ युगकी कुन्तीले त नदिमा बगाइदिनु पर्यो छातिमा टाँसेर वात्सल्य पोख्न सकिनन् तर म तिनको कायरतालाई थुक्छु बरु यहाँका सडक सडकमा भेटिने बौलाहीहरु बहादुर लाग्छन् घर बिर्सिए, समाज चिनेनन् देश छैन , अधिकार छैन र पनि कत्ति मिठो मातृप्रेम  छ उसको नाङ्गो छाति कत्ति पनि अश्लील देखिन्न किनकि त्यहाँ वात्सल्यताको वस्त्र छ अन्धकारको छायांमा उत्तेजनाको पानी पोखेर हिँड्ने महापुरुषलाई आफ्नै अनुहारको खाते केटो देख्दा आङ्ग सिरिङ्ग हुन्छ कि हुँदैन रु विलासिताको घमण्डले, मान्छे नभएरै मान्छे हुनुको घमण्डले जात ,धर्म ,वर्ण र वर्गको घमण्डले कहाँ पुर्याउँछ समाज कहाँ पुर्याउँछ युग एकले अर्कालाई हुत्याउँदा हुत्या