Posts

Showing posts from 2017

यो बर्षकै अती मार्मिक,अती महान र सर्वोत्कृष्ट तस्बिर -अलविदा प्रकाश कमरेड

Image
सागर न्यौपाने / काठमाडौं, मंसिर । ह्रृदयघातबाट निधन भएका प्रकाश दाहाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा मात्रै थिएनन्, अर्काे प्रकाश पनि थिए । राजनीतिक आरोह अवरोह देखि दैनिक हुने जतिपनि घटनाहरु हुन्थे ती सबैको प्रेसर थेग्ने काम उनै छोराले गर्थै, जस कारण प्रचण्डले पछिल्लो समय नेपाली राजनीतिमा महत्वपूर्ण निर्णय गर्न सफल भएका थिए । प्रचण्डले पार्टीका नेताहरुलाई आर्थिक व्यवस्थापनदेखि कतिको त दैनिक भात खाने समेत व्यवस्थापन गरिदिनुपथ्र्याे, यी सबै काम उनै छोरा मार्फत भइरहेको थियो । बुबाको सचिवालयमा बसेका प्रकाशले मिडिया, पार्टीका नेताहरुको व्यवस्थापनदेखि पार्टीलाई मजबुत बनाउने सम्मको काम गरेका थिए, जसकारण प्रचण्डले पछिल्लो चरण भनेका थिए, यो छोरो नहुँने हो त मेरो हालत तहस नहस नै हुन्थ्यो । आइतबार उनै प्रचण्डको प्रकाश निभेको छ, कहिल्यै नफर्कनेगरी । आइतबार विहान ह्रृदयघात भएर काठमाडौंको नर्भिक अस्पताल पु्र्याइएका प्रकाश दाहाललाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । तर, राष्ट्रिय राजनीतिका महत्वपूर्ण नेताको मृत्यु अस्पतालले सामान्य ढंगले गर्न चाहेन र बुबा प्रचण्डको उपस्थितिमा

"जुत्ताको सुरक्षा"-कविता ।

Image
जुत्ताको सुरक्षा  पहाडको टुप्पोमा झुण्डि रहेको एक जोर फाटेको जुत्ताले उ तलको बस्तिलाई सधै आफुले पैतालो मुनि राखेर सुरक्षा दिलाएको महसुस गर्छ। सदियौ देखि बस्ती लाचार लाचार छ त्यहाका मान्छेहरु सक्दैनन शिर उठाएर पहाड सङ्ग नजर जुधाउन। एक जमाना थ्यो, पहाड को अञ्जुली भरी फूलेका गुराँसहरु चुल्ठोमा सिउरेर फापरे ह्वाइमा च्याङ्बा र माइच्याङहरु प्रतेक ढुङ्गासङ्ग साइनो गास्दै खाली खुट्टा भेडाको पछि भ्वाङ भ्वाङती दगुरी हिड्थ्यो। गाउँ भरिकै जुत्ता लगाउने एक मात्र दोर्जे आखे लाहुर बाट फर्केसी, त्यही पहाड सङ्गै मुस्कुराउने गर्थ्यो त्यही पहाड सङ्गै खुसिहरु फूलाउने गर्थ्यो। पहाड को टुप्पोमा बसेर पासाङले बजाएको बासुरिको धुनमा आफ्नै बिगत खोजिरहेको दोर्जे आखे एक दिन, वर्तमान र भविष्य बिर्सिने गरि लापत्ता भए देखि गुन्जनै छाड्यो सेलो र साइकोले भाका। ओइलेर झर्न थाल्यो गुराँसको गुच्छा र चर्न बिर्स्यो चौरिगाइले। दोर्जे आखेले, आफू रहनुको अर्थ बताउन आफ्नै अंश जस्तै फाटेको एक जोर जुत्तालाइ बस्तिलाई सुरक्षा दिने आदेश दिएको कुरा पहाड को बडेमान ढुङ्गा मा रातो रङ्गले खोपिएको

यतिबेला मसंग- बाँसुरी फुक्ने ओठहरु छैनन् !

Image
यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्  ! -------------------------------------------------------- आफैले बनाएको यौटा बाँसुरी थियो र, सधैँ उत्साहित गीत गाउने- --मजस्तै प्रेमिल देउराली थियो  ! चौतारीमा बसेर जब बजाउथेँ म बाँसुरी- काखमा रित्तो गाग्री च्यापेर उनि आउथिन र, यसरी हुने गर्थ्यो-  हरेक साँझपख हाम्रो भेट । उनले लुकाएर दिएको जालीरुमाल मैले नलुकाई देखाई दिएँ- सबैभन्दा मिल्ने साथीलाई बनको आगोजस्तै फैलिएर गयो गाँउमा- कसैलाई नभन्नू भनेको खबर  ! त्यसदिन- यति धेरै रिसाईन कि उनि मसंग अझै संझन्छु- एकैचोटी सयौ घामहरु उदाएझै रापिलो पारेकी थिईन आँखा तातो आइरनले खुम्च्याएको कपडाझै कुरुप बनाएकी थिईन ओठ र, हुरिले नुगाएका कलिला हाँगाहरुझै एकदम छड्के थियो अनुहार  । अँ साँच्ची छुट्नेबेला- सधैँका लागि भनेर गरेकी थिईन--   कट्टी ! देउराली त अझै होला बुढो चौतारी छ कि छैन त्यो त थाहा छैन सुनेको छु- देउरालीको धारो पनि सुक्यो रे  ! यत्तिका बर्षपछि खै कसरी संझनामा आए म  ? मलाई माफ गर सुनमाया  ! तर, यतिबेला मसंग-  बाँसुरी फुक्ने ओठहरु छैनन्                       ◼◼◼

विपी राजमार्गमा दुर्घट्ना…।

Image
विपी राजमार्गमा दुर्घट्ना २६ जेठ, सिन्धुली– विपी राजमार्ग अन्तर्गत पर्ने भालु खोला पुल छेउबाट आज टाटा सुमो खसेको छ । करिब १० मिटर तल खसेको सुमो करिब दिउँसो १२ बजे काठमाडौँबाट दोलखा तर्फ जादै गर्दा दुर्घट्नामा परेको हो । ना १ ज ४९३५ नबरको सुमो दुर्घट्नामा चालक को घटना स्थलमै मृत्यु भएको छ। चालक दोलखा पुरानो नाम्दु गाबिसका २४ वर्षिय रामहरि दासको घट्ना स्थ्लमानै मृत्यु हुन पुगेको हो । त्यसैगरि, घाइते यात्रुहरुको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भईरहेको हाम्रा संवाददाता उत्तम थापाले जानकारी दिएका छन् ।

विजय उल्लास -photo gallery -नवीन संघर्ष ।

Image
नेकपा  माओवादी  (  केन्द्र ) सुनकोशी गाउपालिका सिन्धुली बाट   बिजय  हुन सफल  अध्यक्ष दिदी दिपा वोहोरा दाहाल, उपाध्यक्ष दाइ दिर्वु सिंह मोक्तान,५ नम्बर वडा अध्यक्ष दाइ सन्तोष दाहाल,७ नम्बर बाट बिजय हुन सफल वडा अध्यक्ष दाइ लालबहदुर गोले लगाएत सिङ्गो बिजयी टिमलाई  हार्दिक  बधाई  तथा  सफल  कार्यकालको शुभकामना । @nabin photography