Posts

Showing posts from May, 2016

गजल_सानू बाबू मल्ल' सिन्धुली'

Image
[गजल] खेती गर्न प्रसस्तै छ पानी कर्णाली संग। बरफ जस्तै चिसो हावा छ हिमाली संग। लिम्बुवान बनेर पराई देशका दाजुहरु, राज्य माग्न बेर लाउँदैनन् नेपाली संग। आफन्तहरु बाटै लुटियो छिनभरमै यहाँ, भागेर कहाँ जानू छर अब दलाली संग। बन्दुक देखाएर दुश्मनले हराउन नखोज, हातैमा छन नाङ्गो खुकुरी गोर्खाली संग। मलाई यस कारण शहर मन पर्दै-पर्दैनन् । मेरो बच्पन छुट्यो गाउँको हरियाली संग। _ सानू बाबू मल्ल  ' सिन्धुली'

गजल -माधब भन्डारी'पृथक'

Image
[गजल] मैले जे जे गर्छु त्यो, ठिक भैदीए पो। सबै कुरा मायाको, प्रतीक भैदीए पो। सच्चा अनि चोखो, मेरो माया जस्तै, म प्रती तिम्रो माया,अधिक भैदीए पो। दिन रात तिमिलाइ नै, सोचिरहन्छु म, यो जस्तै त्यो मन,सरिक भैदीए पो। मेरो हरेक दिन रात, छटपटिमा बित्छ, यो जस्तै त्यो मन,नजिक भैदीए पो।                                                             माया गर्छु काली, तिमिलाइ भनिरहेछु, मेरो शब्द तिमिलाइ,मार्मिक भैदीए पो।   - माधब भण्डारी(पृथक)                    चितवन

एउटा खस्रो चित्र"कविता " -जीवन खत्री 

Image
कविता एउटा खस्रो चित्र  - जीवन खत्री  कलालाई कलाको रुपमा नबुझ्ने एउटा साथी छ मेरो उसलै पठाइदिएछ मेरो ठेगानामा एउटा विचित्रको खस्रो चित्र ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु। हुनसक्छ, यो चित्र त्यो भिन्चीले बनाएको हो, जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो। वा हुनसक्छ, दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको सवसे दु:खद कविताको दु:खि पात्रको तस्बिर हो यो। जे पनि हुन सक्छ। एउटा मानव आकृति जस्तो यो चित्र खुब नियालिरहेछु, पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ। दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना खुम्चिएको कुनै विपन्न देशजस्तो छ निधार जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन्। पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्। लाग्छ, उसका कानहरूलाई भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन् उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन् आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन् मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन्। गहिरिएर

सृष्टिकर्ता आमा ममताको खानी हुन् ....

Image
[मुक्तक] सृष्टिकर्ता आमा ममताको खानी हुन् । सधै ज्ञान-उपदेश दिन सक्ने दानी हुन् । सबैको मन मस्तिष्कमा उच्च स्थान छ, सारा मान्छेले अधार मान दिने मानी हुन् । _ अम्बिका याम्फु'अनमोल'

बलेर आफु ज्योति छर्न सिकायौ आमा........

Image
[मुक्तक] जन्म दियौ संसार देखायौ हात समाती ताते गर्न सिकायौ। दु:ख कष्ट अनेक सहेरै पनि ओंठमा मुस्कान भर्न सिकायौ। अन्जान हामी अनभिज्ञ थियौं, अँध्यारो जीवनपथको बाटो, ‘ममता’को आंचलमा हुर्कायौ बलेर आफु ज्योति छर्न सिकायौ। _ सुनिल अधिकारी 

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

Image
"आमाप्रति समर्पित मुक्तकहरूको संगालो" मुक्तक क्रमश :- १. हजार जन्म तिम्रो पाउमा पर्न पाउ मेरी आमा। हर्ष खुसी दिलको घाउमा छर्न पाउ मेरी आमा। आफ्नो सन्तान जिताउन तिम्ले हार्यौ धेरै पटक, सुम्पिदै खुसी तिम्रै नाउँमा मर्न पाउ मेरी आमा। _नवीन संघर्ष      सिन्धुली  २.  न धेरै सम्झन्छु न कम सम्झन्छु आमा तिमीलाई।  पाइला-पाइलामा हरदम सम्झन्छु आमा तिमीलाई।  दुखेको जिन्दगीमा तिम्रै आशिर्वाद काफी भैदिदा, निको बनाउने घाउ मलम सम्झन्छु आमा तिमीलाई। _कमल सरोवर  धादिङ-भुमेस्थान"९"गैरीगाउँ  ३. आउन दिनेछैन  आँसु आँखामा हजुरको । म  बन्नेछु असल  छाेरा आमा  हजुरको । बक्ष्यस्थल हजुरकै काँखमा रमाउन पाँउ, बाँस बसि त्याे दिलकाे बगैंचामा हजुरको । _कपिल मणी ४. जेछु म आज आमाको साथ मायाको हो सार । जिन्दगी पाए संसारमा आए मानवको आधार ।  नौ मैना गर्भ काखमा कति क्वै नखाई बोक्नु भो, अमृतझैं दुधको सक्दिन तिर्न कै गरि त्यो भार । _तारा दिप्साली बान्तवा ५. मलाई थाहा छ आमा तिम्रो आँसु  झरेको छ। भावीले पनि हामीलाई कति हेला गरेको छ।  बुढेसकालको "टेको&q