"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

मुक्तक क्रमश :-



१.

हजार जन्म तिम्रो पाउमा पर्न पाउ मेरी आमा।
हर्ष खुसी दिलको घाउमा छर्न पाउ मेरी आमा।
आफ्नो सन्तान जिताउन तिम्ले हार्यौ धेरै पटक,
सुम्पिदै खुसी तिम्रै नाउँमा मर्न पाउ मेरी आमा।

_नवीन संघर्ष 
    सिन्धुली 


२. 

न धेरै सम्झन्छु न कम सम्झन्छु आमा तिमीलाई।
 पाइला-पाइलामा हरदम सम्झन्छु आमा तिमीलाई। 
दुखेको जिन्दगीमा तिम्रै आशिर्वाद काफी भैदिदा,
निको बनाउने घाउ मलम सम्झन्छु आमा तिमीलाई।

_कमल सरोवर
 धादिङ-भुमेस्थान"९"गैरीगाउँ 


३.

आउन दिनेछैन  आँसु आँखामा हजुरको ।
म  बन्नेछु असल  छाेरा आमा  हजुरको ।
बक्ष्यस्थल हजुरकै काँखमा रमाउन पाँउ,
बाँस बसि त्याे दिलकाे बगैंचामा हजुरको ।

_कपिल मणी


४.

जेछु म आज आमाको साथ मायाको हो सार ।
जिन्दगी पाए संसारमा आए मानवको आधार । 
नौ मैना गर्भ काखमा कति क्वै नखाई बोक्नु भो,
अमृतझैं दुधको सक्दिन तिर्न कै गरि त्यो भार ।

_तारा दिप्साली बान्तवा


५.

मलाई थाहा छ आमा तिम्रो आँसु  झरेको छ।
भावीले पनि हामीलाई कति हेला गरेको छ। 
बुढेसकालको "टेको"बन्न सकिन है आमा,
मनमुटु दुखाउँदै यो खाडीमा बस्नु परेको छ।

_ सन्दिप संग्रौला "दिलदुखी" 
लालीगुराँस नगरपालिका-८ तेह्रथुम


६.

आफ्नो जीवन सधै डाडा, पाखैमा राखेर।
अनि हामिलाइ सधै भरी,काखैमा राखेर।
हेर हामिलाइ यसरी, हुर्काउनु भो आमाले,
सन्तान भनी माया गरि,आखैमा राखेर।

_माधव भण्डारी पृथक


७. 

निस्वार्थ प्रेम यो दुनियाँमा लाइदै लाइदैन।
स्वार्थ जडित प्रेम जालो मलाई चाहिदैन । 
सुनचाँदी ,हिरामोती पाइएला त्यो दौलतले,
पाइदैन आमा बा को सच्चा प्रेम पाइदैन ।

_शिव सुवेदी 
 झापा 


८.

आमाको माया किनेर किन्न पाईन्न संसारमा।
महँगो पैसा तिरेर किन्न पाईन्न बजारमा।
महिनौं सम्म गर्भमा बोकि जन्मायो हुर्कायो,
मुटुको टुक्रा बेचेर किन्न पाईन्न रफ्तारमा।

_निलम निश्चल याक्थुङ्बा
     याङ्नाम पाँचथर 


९.

हुन त आस छ होला छोरा आउन सक्छ।
आउँछ अनि काखमा लड्बडाउन सक्छ।
तर एकदिन वृद्धाश्रम गएर के मुख हेर्छौ,
झन्झन् आँसुले आमालाई बगाउन सक्छ।

_दिल प्रकाश मगर


१०.

तिमी बिना न जुन न घाम लाग्न सक्छ।
हर खुसिका घडि न काम लाग्न सक्छ।
मुटु भरि तिम्रो माया छ र त चल्छ अामा,
नत्र जिन्दगानी मेरो बिराम लाग्न सक्छ।

_लक्ष्मी श्रेष्ठ 
 क्षेत्रपा 2 दोलखा 


११.

यी भित्ताका ऐनामा आमालाई देख्छु।
निहुरिन्छु आफ्नै छायामा आमालाई देख्छु।
केही दुर लाग्छु भुलाउन यी नजर,
उस्तै दुर चन्द्रमामा आमालाई देख्छु।

_भरत थापा 


१२.

निश्चल छिन् मेरि आमा´पारदर्शी सिसा जस्ती। 
सत्यतामा अडिक मानौं चुम्बकीय दिशा जस्ती। 
सरस्वतीको ज्ञान,भृकुटीको उर्जा,कालीको शक्ति,
सालिनता,सुन्दरतामा साच्चै मोनालिशा जस्ती। 

_रश्मि रोदन


१३.

दस महिना गर्भमा बसाएर आमाले ।
हजार कष्ट सहि जन्माएर आमाले ।
मलाई हुर्काउनु भयो चिसो मौसमको,
सडकमा कयौं रात कटाएर आमाले ।

_रुपक प्रनिल
     झापा


१४.

मेरो निमीत्तमा साझ बिहान मझेरिमा मेरि आमा।
मेरो प्यास बुझाईदिन पानी पधेरिमा मेरि आमा।
काट्नु भयो अनेक कष्ट लाला बाला खुसी राख्न,
उजेली छर्दा मेरो जिन्दगिको अधेरिमा मेरि आमा।

_गिता कार्की


१५.

ब्रमान्डमा खोजी हेरे चारै तिर भगवान कहाँ छन भनी। 
देखे आमाको पाउमा सुन्दर वर मागे त्याहा छन भनी । 
पथर हैन पुज्ने भगवान आमा हुन आमालाई पुज्ने गर , 
हेर सधै तिम्रो रक्षा गरि रहन्छिन जे छन जहाँ छन भनी।

_ सुरज गैह्रे बिबश
   स्यङ्जा वालिङ 


१६.

नौ महिना पेटमा राखी जन्मायौ हे जननी।
आफू भोकै बसेर खाना खुवायौ हे जननी।
कहिले अगाडी कहिले पछाडी भिरेर मलाई,
नरौ बाबू भन्दै खुशी दिदै हुर्कायौ हे जननी।

_मगर भिम पुन


१७.

किन रुन्छ्न सन्तान आमा हुँदा पनि।
देबि देवता भन्दा महान आमा हुँदा पनि।
मान्छे किन निर्जीव ढुंगाको मुर्ती पुज्दछ,
जन्म दिने आफ्नै भगवान आमा हुँदा पनि।

_सुनिल जलन सिन्धुली


१८.

हास्न नपाएपनी आमासंगै रुन सकु ।
एकान्तले तर्साउदा आमालाई छुन सकु।
यसरि आमाको काखमा बस्न मन लाग्छकी,
फेरी पनि म हिजोको बच्चा जस्तै हुन सकु।

_समीर कार्की 


१९.

साच्चै सपनाकी परि जस्तै मेरि आमा।
स्वतन्त्र उड्ने त्यो चरिजस्तै मेरि आमा।
दुनियालाई ट्रफी बिजेता महान लाग्छ,
मेरो लागि विश्व सुन्दरी जस्तै मेरि आमा।

_सिन्धुलियन युनिक


२०.

तिम्रो प्रसव पीडाको गहिरो खत भुल्ने छैनआमा।
मर्न सक्छु तर ममतामयी इज्जत भुल्ने छैन आमा।
हजुरबाट सिकेको यहि संस्कार हो मेरो पहिचान,
आदर सम्मान गर्ने असल आदत भुल्ने छैन आमा। 

_आयुषा कार्की


२१.

सन्तान अन्धो भएनी प्यार गर्छिन् आमा।
जन्मे देखि सह्यारसम्भार गर्छिन् आमा।
यहाँ कसोरी तिर्नु यिनै आमाका भाराहरू,
दु:ख पीडामै संघर्ष लगातार गर्छिन् आमा।

_मनोहर शाही 


२२.

हुलाकी आएको थियो नबोली पठाउन सकिन ।
घरको छानो फेर्ने आसाको झोली पठाउन सकिन ।
आफ्नै पैसाले आफैलाई प्रदेशमा बेच्दा पनि आमा,
 एउटा गतिलो गुन्यो र चोली पठाउन सकिन ।

_कमला बिधु मगर


२३.

फाटेको मन सिएर बसिराछु आमा।
रुदै रुदै आँसु पिएर बसिराछु आमा।
बर्ष दिनको औंशि आयो आउन पाइन्,
तिम्रै मुहार सम्झिएर बसिराछु आमा।

_लक्ष्मी थापा 


२४.

सन्तानको निम्ति तिमी कति दु:ख गर्छौ आमा।
निकै बाधा कस्ट सहि म मा खुसी भर्छौ आमा।
तिमी जस्ती जननी पाएँ अहो मेरो अहोभाग्य,
जस्तै कठिन परे पनी कयौं जंघार तर्छौ आमा।

_इन्दिरा कुमाल
  दमक झापा


२५.

सबै भन्दा धेरै महान मेरि आमा हुन।
मेरो व्रत मेरो ध्यान मेरि आमा हुन।
तिमी पत्थर पुजेर पुण्य पाउछु भन्छौ,
मैले पुज्ने भगवान मेरि आमा हुन।

_बिष्णु गौतम 


२६.

प्यार जीवन र सम्पत्ती, मेरि आमा हुनुहुन्छ।
जे जे छ मसङ्ग भएजती, मेरि आमा हुनुहुन्छ।
मलाइ देवता खोज्न मन्दिर धाइरहनु पर्दैन,
साक्षत देवि भगवती, मेरि आमा हुनुहुन्छ ।

_ सबिना अधिकारी
मुच्चोक ६ गोरखा हाल भरतपुर


२७.

मेरी आमा राखेकी छु मैले मेरा यी आँखामा।
स्वयम् द्यौता बनिदिन्छिन् आमा हर बाधामा।
घट्दैन आकार मेरो जहाँ जाउ जता जाँउ म,
टेक्ने धर्ति दुरको गगन पानी र यो हावामा

_शिला कार्की अस्तु


२८.

नारिको महान रुप हो आमा यो संसारमा।
स्नेह पुजाको धुप हो आमा यो संसारमा ।
जस्तै कलङ्क भए पनि नारी हुन्छ पबित्र,
जब सृष्टीको कुप हो आमा यो संसारमा ।

_दिलिप राई सगर मोरङ, उर्लाबारी


२९.

परदेशी छोराको खबर कसरी पुर्‍याउ आमालाई ।
लेखेको चिठी पुर्‍याइ दिने छैन हुलाकी दाइ।
न त फोन सम्पर्क भयो न त भेट सम्भव भयो,
यहाँ आमाकै सम्झनामा बित्ने भो मेरो बसाई ।

_दिपु दिपेन्द्र मगर

३०.

भगवानको भगवान आमा संसार हुन् ।
संसारको संसार महिमाकी अपार हुन्।
ममताकी धनी हुन् शक्तिशाली देवि उनि,
पूजा गरौँ आमा मन्दिरकी मुलद्वारहुन्।

_बिन्दा लामा"तृष्णा"

[:- हार्दिक आभार सम्पुर्णमा ]




Comments

Popular posts from this blog

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....