गजल -माधब भन्डारी'पृथक'

[गजल]


मैले जे जे गर्छु त्यो, ठिक भैदीए पो।
सबै कुरा मायाको, प्रतीक भैदीए पो।

सच्चा अनि चोखो, मेरो माया जस्तै,
म प्रती तिम्रो माया,अधिक भैदीए पो।

दिन रात तिमिलाइ नै, सोचिरहन्छु म,
यो जस्तै त्यो मन,सरिक भैदीए पो।

मेरो हरेक दिन रात, छटपटिमा बित्छ,
यो जस्तै त्यो मन,नजिक भैदीए पो।
                                                           
माया गर्छु काली, तिमिलाइ भनिरहेछु,
मेरो शब्द तिमिलाइ,मार्मिक भैदीए पो।  

- माधब भण्डारी(पृथक)  
                 चितवन



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....