Posts

Showing posts from April, 2016

नाम आफ्नो मरे पश्चात् अमर राखौं।  देश नेपाल आमाको कदर राखौं।_गजल

Image
[गजल ] नाम आफ्नो मरे पश्चात् अमर राखौं।  देश नेपाल आमाको कदर राखौं। पाउ टेकौँ दह्रो कच्चा छ गोरेटो, हर कदममा चियो चर्चा खबर राखौं। कल्पना झैँ कतै आनन्द मिल्दैन, लक्ष्य चुम्ने इरादामा सगर राखौँ। जिन्दगीको स्वयं मालिक धरा आफै, स्वर्ग देख्ने गरौं मनमा सहर राखौं। छाड्नु बानी चहार्ने खुद बनौं सक्षम, खन्न आफै कुवा प्यासी अधर राखौं। लाग्न सक्ला कतै वैरी नजर गिद्दे, देश बोकौ सधैं दिलमा सफर राखौं। दाउ होला कतै चामल पिठो साट्ने, बुझ्न जानौँ भकारीमा नजर राखौँ। बहर :- ए मुशाकिल  रुक्न :- २१२२- १२२२- १२२२ :बिन्दा लामा"तृष्णा" सिन्धुली

....लुकाउनु भो।_गजल 'नवीन संघर्ष '

Image
[गजल] मलाई हजुरले मनैभरी लुकाउनु भो। पिर चिन्ता केहि नगरी लुकाउनु भो। बैसालु बगैंचामा अनगिन्ती फूल थिए, दुनियाँलाई आँखा तरी लुकाउनु भो। हुरीले उडाएन बाढीले पनि बगाएन, ठुला-ठुला खडेरी झरी लुकाउनु भो। हजुरबाटै मैले मुस्कुराउन सिकेको हुँ, अहम् ईष्र्या अनेक थरी लुकाउनु भो। :- नवीन संघर्ष 

याम जस्तै हिउँदको म ओभानो हुँदैछु।_गजल

Image
[गजल] भयो जीवन प्रवासी र बिरानो हुँदैछु। स्वयं आफू संग नै म अखानो हुँदैछु। चोटै चोटले भरेको अदृश्य छन् घाउ, पलपल दुख्ने मुटुको भकानो हुँदैछु। सक्यो चाहा टुटेर भएकोछु निकम्मा, नयन तालमा बर्सिने मोति दानो हुँदैछु। बाचेकोछु प्रवासी सिमित हुँदै लासमा, खुकुरीले टुक्राएको त्यो अचानो हुँदैछु। बग्नु बगेपछी आँसु रित्तिएछ सारा, याम जस्तै हिउँदको म ओभानो हुँदैछु। : आवास थापा  बिर्घा ३ स्याङ्जा

नेपाली कविता वाचन:suraj raanaa

Image
"चुपचाप" मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ  निस्पट्ट रात जस्तै चुपचाप   बनस्पनिहरु जस्तै चुपचाप  सहिदको मुर्ती जस्तै चुपचाप  विशाल आकास जस्तै चुपचाप   ठूलो हल्ला गर्दै चिच्याउने काम त,  ब्लु फिल्मका पोर्नस्टारहरुको हो  लिङ्किन पार्क र मेटालिकाहरुको हो  नाइट क्लबका डि.जे. हरुको हो बेस्यालयको कमजोर खाटहरुको हो नत्र महान काम त चुपचाप नै भै रहन्छन पृथ्वी आफ्नो अक्षमा चुपचाप घुमी रहन्छ  जैबीक रक्तसञ्चार चुपचाप भै रहन्छ  ग्रहहरुले सुर्यको परिक्रमा चुपचाप गरि रहन्छन  कबिले कबिता चुपचाप लेखी रहन्छ  समय चुपचाप चलि रहन्छ  भुगोल चुपचाप अडिग रहन्छ फुलहरु चुपचाप फुलि रहन्छन मौसम चुपचाप बद्ली रहन्छ  घाम चुपचाप उदाउछ र अस्ताउछ ठूलो हल्ला गरेर चिच्याउने काम त  कारखानाको इन्जिन र मेसिनहरुको हो  साहु , महाजन र मालिकहरुको हो भर्खर जन्मेका बचेराहरुको हो  जिन्दगी ध्वस्त पार्ने बम र बारुदहरुको हो  रक्सीका गिलास र बोतलहरुको हो  ब्राण्ड बिग्यापन गर्ने रेडियो र टिभिहरुको हो म कहिलेकाहीँ चुपचाप बसेर सोच्छु-  नाथे सास र धड्कन मात्रै चुपचाप नचली दिएको भए के हुन्थ्यो??

यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो।_गजल

Image
[गजल] यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो। जब भयो नाता सम्बन्ध यो,धर्ति र गगन जस्तो। आउँछन र रुवाउँछन,दिन होस या रात, तिम्रा याद छोडि जाने,बेइमानी पवन जस्तो। भन्न लाई त भन्थ्यौ नि,निभाउछु बाचा कसम, तर कहाँ गर्यौ पुरा,बोलेका ती वचन जस्तो। घमन्डि म भए पनि,मायालु मन भएर होला, अँह!मलाई लाग्दैन,खै दुश्मन दुश्मन जस्तो। :- शिला कार्की  'काठमाण्डौ नेपाल'

समयले बताउछ।-गजल -निलम निश्चल

Image
[गजल ] नदि बन्छुकी ताल बन्छु समयले बताउछ। बाघ बन्छुकी स्याल बन्छु समयले बताउछ। ढलाइ दिन्छु म तिम्रो घमण्डको पर्खालहरु, मित्र बन्छुकी काल बन्छु समयले बताउछ । भुकम्प बनी आको बेला तिम्रो बस्ती तिर, स्थिर बन्छुकी चाल बन्छु समयले बताउछ। तिमी मलाई सधै आडाम्बरी देखाउ ठुल्दाई, कचौरा बन्छुकी थाल बन्छु समयले बताउछ। तिम्रो कुविचार छेक थुन गर्नको निम्ति अब म, भित्ता बन्छुकी पर्खाल बन्छु समयले बताउछ। :- निलम निश्चल  याक्थुङ्बा "याङ्नाम पाँचथर" हाल:-मलेसिया ,

कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं?_गजल

Image
[गजल] कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं? पहिरनमा बस्र फेरि कता जान लाग्यौं? जुन निदाएको छैन अझै अध्यारोमा छ, बसौं अंगालोमा बेरी कता जान लाग्यौं? तिमि बिना यो घर कहाँ उज्यालो रहन्छ, नलिपी दैलो मझेरी कता जान लाग्यौं? रातभर जे-जे भए सल्लाहमै भएको हो, यो नाता तोडी भंगेरी कता जान लाग्यौं? बरु भन प्रिय मनि तिमी संगै जाउला, बनपाखा पानी पधेरी कता जान लाग्यौं? :- नवीन संघर्ष 'सिन्धुली '

आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु, कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर।_सबिना अधिकारी

Image
[गजल] आफुले आफैलाइ, कैयौंपटक, चितामा राखेर। मैले हेरेकिछु, मृत्युलाइ मुख्य, भुमिकामा राखेर। आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु, कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर। समयले मलाइ, एक अनौठो, कपास बनाएर, घुमाइरहेको छ, यो जिन्दगिलाइ, चर्खामा राखेर। त्यो पल, त्यो बिगत,त्यो दुर्लभ समय, तिमिसङ्गको, याद बनाएर, म हिडिरहेछु मुटुको, कुनामा राखेर । बिच बाटोमा, त्यही चरीको, हत्या भएको रहेछ, पठाएको थिएं, बाडुलि जस्को, पखेटामा राखेर। _ सबिना अधिकारी            गोरखा

गजल -तारा मल्ल "महिमा "

Image
"गजल " सधै भरी पाउछु मेरो गितमा मेरी आमा। संसार नै भुल्छु तिम्रो प्रीतमा मेरी आमा। जन्माएर हुर्कायो कति दुःख पायो होला,, खुसी आओस बिहानी को शीतमा मेरी आमा। आफू भोकै बसेरनि खुवाएको याद छ अझै,, जसरी नि हुन्छिन मेरै हितमा मेरी आमा। हजुर जस्तै बन्छु आमा म पनि यो संसार मा,, कति खुसी हुन्छ मेरो जीतमा मेरी आमा।। :- तारा मल्ल महिमा " सिन्धुली "

गुनासोहरु न सपनासँग छ न कहालिलाग्दो जिन्दगिसँग छ, अक्सर सपना र जिन्दगिको दोहोरो युद्द चलिरहदा,  म अल्लि परबाट नियालिरहन्छु ।_मान्यता हुमागाई

Image
कविता  `सपनाको जित´ चकमन्न रात, झिलिमिली सहरभित्रको यौटा कुनामा अँध्यारो कोठा अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु आज फेरि उस्तैगरी मस्तिष्कमा लुट्पुटिन आए। जिन्दगिका निपुर्ण खुशिहरुलाई समेटेर रंगिन दुनिया सजाउने, थोरै आशा, थोरै अभिलाषा अनि थोरै रहर बोकेर । बन्धकी राखेका रातहरु संग मेरा सपनाहरुको  घमासान युद्द हुन्छ , र फेरि सपनाहरुकै जितहुने आशमा प्रत्येक रातहरुसंग मेरोपनी सपनाहरुसँग युद्द चर्किन्छ। युद्द मैदानमा सपना, रात र म लढिरहेकै बेला फेरि उस्कै जित हुन्छ , सपनाकै जित हुन्छ, अनि फेरि मेरै मस्तिष्कको बाटो गर्दै मेरा अधुरा सपनाहरु मेरै आँखा अगाडि  लुट्पुटिन आउँछ । कहिलेकाहि सपनाजस्ता लाग्ने  जिन्दगिका अपत्यारिला खुशिहरु, अनि,  कहिले जिन्दगीका काहालिलाग्दा आरोह र अवरोह जस्ता पूरा नहुने सपनाहरु , एक आपसमा मैदानमा उत्रीरहन्छन आफ्नै पक्षमा जित हाँसिल गर्न म चुपचाप हेरिरहन्छु, म चुपचाप स्विकारिरहन्छु जिन्दगी अनि सपनाहरुले,  यो मस्तिष्कमा लगाएका चोटहरु । तैपनी , गुनासोहरु न सपनासँग छ न कहालिलाग्दो जिन्दगिसँग छ, अक्सर सपना र जिन्दगि

बाबुको पसलमा' खोज्दै जानुस्  छोरीको नग्न तस्बिर,बिक्रीमा छ। _सानू बाबू मल्ल

Image
गजल  लाने भए त्यो शरीर बिक्रीमा छ। बालबच्चाको खातीर,बिक्रीमा छ। पैसा किन्न बिदेश जानेहरु हेर्नुस् यहाँ सरकारी जागीर,बिक्रीमा छ। कसैले ब्यबसाय' चलाउछु भनेर, लेखेको छ यो मन्दिर,बिक्रीमा छ। बाबुको पसलमा' खोज्दै जानुस् छोरीको नग्न तस्बिर,बिक्रीमा छ। :-   सानू बाबू मल्ल ' सिन्धुली'

गजल -jeevan khatri

Image
 'गजल सङ्ग्रह जीवन कसका लागि बाट ’ खै कसोरी कसोरी खोजीरहेछ। कोदो रोपेर तोरी खोजीरहेछ। चोर खोज्न छोडेर प्रहरी पनि, के–के भएथ्यो चोरी खोजीरहेछ। उठ्न नसकेर एउटा मान्छे, अरुको कमजोरी खोजीरहेछ। कोठीमा पुर्‍याएर  फर्कना साथै, बाबुले आफ्नी छोरी खोजीरहेछ। पसल–पसलमा पुगेर गरिब, औषधी भन्दै डोरी खोजीरहेछ। :- jeevan khatri

असोज गयो मंसिर गयो माघ नि जाने भो । रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो ।_मुक्तक

Image
'मुक्तक' असोज गयो मंसिर गयो माघ नि जाने भो । रोजेको मैले मनकी प्यारी अर्कैले लाने भो । मन्दिरमा गइ देबी र देवतावभाकेर प्यारीले, माया कसम जिन्दगी भरको उसंगै खाने भो। :- दिपक हमाल     'सिन्धुली '

मेरो सिम्माको चंचले चाला ~सौम्य गलामा मुगाको माला _केस्रा-दिलिप राई'सगर'

Image
केस्रा_ सिम्मा मेरो सिम्माको चंचले चाला सौम्य गलामा मुगाको माला ढाकाको चोली र साडी लाकी पस्मिना सल सुनको बाला कस्तो देखिन्दो हो यस्तो चाला हातमा लिन्दा रक्सिको प्याला ।     केस्रा_ पैसा     शरीर छ जस्को कागत     उसैको छ ठूलो तागत      धनी गरीब छुट्याउने      जताउछ यस्तो ल्यागत      ठट्टा नसम्झ यो कागत      नखरा छ यस्को आगत !    :- दिलिप राई'सगर'       उर्लाबारी-4, मोरङ           हाल; मलाया

तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ।

Image
"याद" तिमिले सम्झ भनेकि थिएनौ न मैले नबिर्सने बाचा गरेको थिए बिना कारण , बिना सर्त तिमिलाइ सम्झी रहनु आदत बनेकोछ। जब म तिमिलाइ नसम्झिने प्रयत्न गर्छु ठिक त्यही समय देखि दुनियाको हरेक चिज मेरो विरुद्धमा जुट्छन जस्तो कि किरण तिम्रो चमक लिएर उदाउछ। जस्तो कि हावा तिम्रो सुगन्ध लिएर महकिन्छ। जस्तो कि बर्सात तिम्रो आभास दिलाएर बर्सन्छ। जस्तो कि फुल तिम्रो प्रतिरुप शृङ्गारेर फुल्छ। याद त यसरी आइ दिन्छ जसरी निमन्त्रणा नदिइ आउँछ युवतिको जवानिमा बैंश। जसरी एवम रितले आउँछ बसन्तमा खुसियालि मौसम। याद त यसरी आइ दिन्छ जसरी आग्रह नगरि तप्किन्छ उषामा पात बाट सबनम। जसरी अबिरल बग्छ हिमालको काखबाट नदि। प्रीया! तिमी अनुमती दिन्छ्यौ भने तिम्रो याद आउछ कि आउदैन म यो सास रोकेर परिक्षण गरुँ? :- suraj raanaa

घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु– भोलि केमा पिस्छन् होला छोराछोरीहरूले चाउचाउ खाने आफ्नो जिन्दगी ?_कविता -सरस्वती दुमी राई

Image
कविता महोत्सव २०७२ मा दोस्रो भएको कवि सरस्वती दुमी राई (रवि, पाँचथर)  “आमा, जाँतो र मेरो जिन्दगी” मेरो भाग्यमा केके छ भन्न सक्दिनँ तर, मेरो कर्मको जाँतोमा जिन्दगी पिसिरहेकी छु च्याँख्ला, पिठो र मल्खुहरूमा जिन्दगीलाई टुक्राटुक्रा पारिरहेकी छु । पिसिनुअघि झरीमा भिजेँ बिस्कुनमा सुकेँ भुइँमा छरिएँ जति रहेँ, आफ्नै जिन्दगी सम्झिएँ आमा पनि जिन्दगीलाई घान हालेर पिसिरहनुहुन्थ्यो दाउरा–घाँस गरेर फर्किएकी आमालाई देखेर भन्थेँ– ‘भोक लाग्यो आमा’ आमाको ममता बोल्थ्यो– भर्खर पिस्दै छु जिन्दगीलाई जाँतोमा पर्ख छोरी, रोटी खालिस् ! वर्तमान म स्वयम् आमा स्कुलबाट घर फर्किएका छोराछोरी सिकुवामा थचक्क बसेर भन्छन्– ‘आमा ! भोक लाग्यो !’ म भन्छु– ‘पर्ख नानी हो जिन्दगी पिस्दै छु जाँतोमा रोटी खालाऊ’ छोराछोरी भन्छन्– ‘नाइँ आमा चाउचाउ खान्छु !’ घुम्दै गरेको जाँतोसँग म प्रश्न गर्छु– भोलि केमा पिस्छन् होला छोराछोरीहरूले चाउचाउ खाने आफ्नो जिन्दगी ? ०० _ सरस्वती दुमी राई