समयले बताउछ।-गजल -निलम निश्चल


[गजल ]


नदि बन्छुकी ताल बन्छु समयले बताउछ।
बाघ बन्छुकी स्याल बन्छु समयले बताउछ।

ढलाइ दिन्छु म तिम्रो घमण्डको पर्खालहरु,
मित्र बन्छुकी काल बन्छु समयले बताउछ ।

भुकम्प बनी आको बेला तिम्रो बस्ती तिर,
स्थिर बन्छुकी चाल बन्छु समयले बताउछ।

तिमी मलाई सधै आडाम्बरी देखाउ ठुल्दाई,
कचौरा बन्छुकी थाल बन्छु समयले बताउछ।

तिम्रो कुविचार छेक थुन गर्नको निम्ति अब म,
भित्ता बन्छुकी पर्खाल बन्छु समयले बताउछ।

:-निलम निश्चल  याक्थुङ्बा
"याङ्नाम पाँचथर"
हाल:-मलेसिया ,

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....