यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो।_गजल

[गजल]

यो धड्कि रहने धड्कन,लाग्दैन धड्कन जस्तो।
जब भयो नाता सम्बन्ध यो,धर्ति र गगन जस्तो।

आउँछन र रुवाउँछन,दिन होस या रात,
तिम्रा याद छोडि जाने,बेइमानी पवन जस्तो।

भन्न लाई त भन्थ्यौ नि,निभाउछु बाचा कसम,
तर कहाँ गर्यौ पुरा,बोलेका ती वचन जस्तो।

घमन्डि म भए पनि,मायालु मन भएर होला,
अँह!मलाई लाग्दैन,खै दुश्मन दुश्मन जस्तो।

:-शिला कार्की 
'काठमाण्डौ नेपाल'

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....