नेपाली कविता वाचन:suraj raanaa



"चुपचाप"

मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ

 निस्पट्ट रात जस्तै चुपचाप

  बनस्पनिहरु जस्तै चुपचाप

 सहिदको मुर्ती जस्तै चुपचाप

 विशाल आकास जस्तै चुपचाप

 

ठूलो हल्ला गर्दै चिच्याउने काम त,

 ब्लु फिल्मका पोर्नस्टारहरुको हो

 लिङ्किन पार्क र मेटालिकाहरुको हो

 नाइट क्लबका डि.जे. हरुको हो
बेस्यालयको कमजोर खाटहरुको हो



नत्र महान काम त चुपचाप नै भै रहन्छन

पृथ्वी आफ्नो अक्षमा चुपचाप घुमी रहन्छ

 जैबीक रक्तसञ्चार चुपचाप भै रहन्छ

 ग्रहहरुले सुर्यको परिक्रमा चुपचाप गरि रहन्छन

 कबिले कबिता चुपचाप लेखी रहन्छ

 समय चुपचाप चलि रहन्छ

 भुगोल चुपचाप अडिग रहन्छ

फुलहरु चुपचाप फुलि रहन्छन

मौसम चुपचाप बद्ली रहन्छ

 घाम चुपचाप उदाउछ र अस्ताउछ



ठूलो हल्ला गरेर चिच्याउने काम त

 कारखानाको इन्जिन र मेसिनहरुको हो

 साहु , महाजन र मालिकहरुको हो

भर्खर जन्मेका बचेराहरुको हो

 जिन्दगी ध्वस्त पार्ने बम र बारुदहरुको हो

 रक्सीका गिलास र बोतलहरुको हो

 ब्राण्ड बिग्यापन गर्ने रेडियो र टिभिहरुको हो



म कहिलेकाहीँ चुपचाप बसेर सोच्छु-

 नाथे सास र धड्कन मात्रै
चुपचाप नचली दिएको भए के हुन्थ्यो??



: SURAJ RANA

 

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....