गजल -तारा मल्ल "महिमा "

"गजल "


सधै भरी पाउछु मेरो गितमा मेरी आमा।
संसार नै भुल्छु तिम्रो प्रीतमा मेरी आमा।

जन्माएर हुर्कायो कति दुःख पायो होला,,
खुसी आओस बिहानी को शीतमा मेरी आमा।

आफू भोकै बसेरनि खुवाएको याद छ अझै,,
जसरी नि हुन्छिन मेरै हितमा मेरी आमा।

हजुर जस्तै बन्छु आमा म पनि यो संसार मा,,
कति खुसी हुन्छ मेरो जीतमा मेरी आमा।।

:-तारा मल्ल महिमा"सिन्धुली "


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....