आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु, कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर।_सबिना अधिकारी

[गजल]


आफुले आफैलाइ, कैयौंपटक, चितामा राखेर।
मैले हेरेकिछु, मृत्युलाइ मुख्य, भुमिकामा राखेर।

आज फूल, सम्हाल्न नसकेर, कापिरहेछ यो मुटु,
कुनैदिन हिडेथ्यो, आगो र काडाँ, हत्केलामा राखेर।

समयले मलाइ, एक अनौठो, कपास बनाएर,
घुमाइरहेको छ, यो जिन्दगिलाइ, चर्खामा राखेर।

त्यो पल, त्यो बिगत,त्यो दुर्लभ समय, तिमिसङ्गको,
याद बनाएर, म हिडिरहेछु मुटुको, कुनामा राखेर ।

बिच बाटोमा, त्यही चरीको, हत्या भएको रहेछ,
पठाएको थिएं, बाडुलि जस्को, पखेटामा राखेर।

_सबिना अधिकारी 

          गोरखा


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....