गुनासोहरु न सपनासँग छ न कहालिलाग्दो जिन्दगिसँग छ, अक्सर सपना र जिन्दगिको दोहोरो युद्द चलिरहदा, म अल्लि परबाट नियालिरहन्छु ।_मान्यता हुमागाई
कविता
`सपनाको जित´
चकमन्न रात,
झिलिमिली सहरभित्रको यौटा कुनामा
अँध्यारो कोठा
अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु
आज फेरि उस्तैगरी
मस्तिष्कमा लुट्पुटिन आए।
जिन्दगिका निपुर्ण खुशिहरुलाई समेटेर
रंगिन दुनिया सजाउने,
थोरै आशा, थोरै अभिलाषा अनि
थोरै रहर बोकेर ।
बन्धकी राखेका रातहरु संग
मेरा सपनाहरुको
घमासान युद्द हुन्छ ,
र फेरि सपनाहरुकै जितहुने आशमा
प्रत्येक रातहरुसंग मेरोपनी
सपनाहरुसँग युद्द चर्किन्छ।
युद्द मैदानमा सपना, रात र म लढिरहेकै बेला
फेरि उस्कै जित हुन्छ ,
सपनाकै जित हुन्छ,
अनि फेरि मेरै मस्तिष्कको बाटो गर्दै
मेरा अधुरा सपनाहरु
मेरै आँखा अगाडि
लुट्पुटिन आउँछ ।
कहिलेकाहि सपनाजस्ता लाग्ने
जिन्दगिका अपत्यारिला खुशिहरु,
अनि,
कहिले जिन्दगीका काहालिलाग्दा
आरोह र अवरोह जस्ता
पूरा नहुने सपनाहरु ,
एक आपसमा मैदानमा उत्रीरहन्छन
आफ्नै पक्षमा जित हाँसिल गर्न
म चुपचाप हेरिरहन्छु,
म चुपचाप स्विकारिरहन्छु
जिन्दगी अनि सपनाहरुले,
यो मस्तिष्कमा लगाएका चोटहरु ।
तैपनी ,
गुनासोहरु न सपनासँग छ
न कहालिलाग्दो जिन्दगिसँग छ,
अक्सर सपना र जिन्दगिको
दोहोरो युद्द चलिरहदा,
म अल्लि परबाट नियालिरहन्छु ।
उस्तै गरि,
ठ्याक्कै उस्तै गरि
पुरानै रफ्तारमा
एकातिर सपनाहरु
अनि,
अर्कातिर जिन्दगिका धुमिल पानाहरु
मैले प्रत्यक्ष देखेँ
आजपनी जित सपनाकै भयो
अधुरा सपनाको ।
:- मान्यता हुमागाई
Comments
Post a Comment