Posts

Showing posts from February, 2016

गजल -कमल संघर्ष

Image
'गजल ' हिर्काउन परे समय अनेक प्रकारले हिर्काउछ ! अचानाेमा राखेर जिन्दगी तरवारले हिर्काउछ ! हतियार बाेकेर आयाे तै पनि डराउनु पर्दैन , बिद्धवान हाे उ जहिल्यै बिचारले हिर्काउछ ! आफ्ना हाे तिमीमा आफ्नाेपन किन भेटिन्न? दुस्मन पनि कहिले काहि प्याारले हिर्काउछ ! अगाडि आएर सामना गर्छन बहादुरहरुले, पछाडि बाट त काँतर र गद्धारले हिर्काउछ ! © कमल संघर्ष 

कविता -कपिल अन्जान

Image
बयान इजलासमा मलाई मेरै कविताहरूमाथि हात राखेर कसम खुवाइयोस् । श्रीमान् चुप लाग्नु भनेको सहनु हुँदै होइन यहाँ विना बहस च्यातिदिएका छन् मैले राता अक्षरमा लेखेका मेरा राता कविताहरू । यदि, रातोको विषयमा नबोल्ने हो भने किन रातो हुन्छ सूर्य ? किन रातो हुन्छ रगत ? किन रातै बनाइयो झण्डा ? सम्झना छ मेरो आङ ढाक्ने च्यात्तिएको भोटो र, मैले देखेको मेरो बालक सपना त्यो पनि रातै थियो । हिँड्ने बेलामा बैनीले मेरो निधारमा टाँसिदिएकी थिइन्– रातो कनिका । मैले अझै बिर्सिएको छैन मेरी आमाको सिउँदो पनि रातै थियो । श्रीमान् किन राताहरू नै बढी खतरा हुन्छन् ? –आगो –फूल –हस्ताक्षर –सिन्दूर –लाजपुर्जा श्रीमान् मेरो यो बयान सेतोको समर्थनमा हुँदै होइन यो रङ्गिन इजलासमा बहस गरियोस् किन सादा छ ? मेरी आमाको अनुहार सगरमाथाको रङ यी मान्छेहरूको मन र, मेरो देश । – कपिल अन्जान कोहलपुर

गजल-लघुराम पाख्रीन

Image
गजल  कोही नकचरी प्यार देखाउछ्न। कोही आँखातरी प्यार देखाउछ्न। पैसा सँग मायाको तुलना गर्दै, कोही नानाथरी प्यार देखाउछ्न। यात्रामा मान्छेहरु यस्तै यस्तै भेटे, कोही नजिकपरी प्यार देखाउछ्न। खान्छिन ऊनी कसम, म तिम्रै हु भनी, कोही यसैगरी प्यार देखाउछ्न। दुनियाँको नजरमा गिरेको मान्छे पनि, सबैभन्दा तलझरी प्यार देखाउछ्न। (:- लघुराम पाख्रीन )    -बेल्टार सिन्धुली,

मुक्तक- दीपक हमाल "सिन्धुली "

Image
°मुक्तक° मेची बोल्नु पर्छ महाकाली बोल्नु पर्छ। देशको कुना कुना नेपाली बोल्नु पर्छ । तराईमा निर्दोष नेपाली मारिदैछ, चुप हैन पहाडी हिमाली बोल्नु पर्छ । दीपक हमाल " सिन्धुली"