गजल -कमल संघर्ष

'गजल '


हिर्काउन परे समय अनेक प्रकारले हिर्काउछ !
अचानाेमा राखेर जिन्दगी तरवारले हिर्काउछ !

हतियार बाेकेर आयाे तै पनि डराउनु पर्दैन ,
बिद्धवान हाे उ जहिल्यै बिचारले हिर्काउछ !

आफ्ना हाे तिमीमा आफ्नाेपन किन भेटिन्न?
दुस्मन पनि कहिले काहि प्याारले हिर्काउछ !

अगाडि आएर सामना गर्छन बहादुरहरुले,
पछाडि बाट त काँतर र गद्धारले हिर्काउछ !

©कमल संघर्ष 


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....