गजल-लघुराम पाख्रीन

गजल 

कोही नकचरी प्यार देखाउछ्न।
कोही आँखातरी प्यार देखाउछ्न।

पैसा सँग मायाको तुलना गर्दै,
कोही नानाथरी प्यार देखाउछ्न।

यात्रामा मान्छेहरु यस्तै यस्तै भेटे,
कोही नजिकपरी प्यार देखाउछ्न।

खान्छिन ऊनी कसम, म तिम्रै हु भनी,
कोही यसैगरी प्यार देखाउछ्न।

दुनियाँको नजरमा गिरेको मान्छे पनि,
सबैभन्दा तलझरी प्यार देखाउछ्न।

(:-लघुराम पाख्रीन)
   -बेल्टार सिन्धुली,

Comments