याम जस्तै हिउँदको म ओभानो हुँदैछु।_गजल

[गजल]


भयो जीवन प्रवासी र बिरानो हुँदैछु।
स्वयं आफू संग नै म अखानो हुँदैछु।

चोटै चोटले भरेको अदृश्य छन् घाउ,
पलपल दुख्ने मुटुको भकानो हुँदैछु।

सक्यो चाहा टुटेर भएकोछु निकम्मा,
नयन तालमा बर्सिने मोति दानो हुँदैछु।

बाचेकोछु प्रवासी सिमित हुँदै लासमा,
खुकुरीले टुक्राएको त्यो अचानो हुँदैछु।

बग्नु बगेपछी आँसु रित्तिएछ सारा,
याम जस्तै हिउँदको म ओभानो हुँदैछु।

:आवास थापा 
बिर्घा ३ स्याङ्जा

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....