कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं?_गजल

[गजल]


कोरी-बाटी ऐना हेरी कता जान लाग्यौं?
पहिरनमा बस्र फेरि कता जान लाग्यौं?

जुन निदाएको छैन अझै अध्यारोमा छ,
बसौं अंगालोमा बेरी कता जान लाग्यौं?

तिमि बिना यो घर कहाँ उज्यालो रहन्छ,
नलिपी दैलो मझेरी कता जान लाग्यौं?

रातभर जे-जे भए सल्लाहमै भएको हो,
यो नाता तोडी भंगेरी कता जान लाग्यौं?

बरु भन प्रिय मनि तिमी संगै जाउला,
बनपाखा पानी पधेरी कता जान लाग्यौं?

:-नवीन संघर्ष 'सिन्धुली '

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....