नाम आफ्नो मरे पश्चात् अमर राखौं।  देश नेपाल आमाको कदर राखौं।_गजल


[गजल ]


नाम आफ्नो मरे पश्चात् अमर राखौं। 
देश नेपाल आमाको कदर राखौं।

पाउ टेकौँ दह्रो कच्चा छ गोरेटो,
हर कदममा चियो चर्चा खबर राखौं।

कल्पना झैँ कतै आनन्द मिल्दैन,
लक्ष्य चुम्ने इरादामा सगर राखौँ।

जिन्दगीको स्वयं मालिक धरा आफै,
स्वर्ग देख्ने गरौं मनमा सहर राखौं।

छाड्नु बानी चहार्ने खुद बनौं सक्षम,
खन्न आफै कुवा प्यासी अधर राखौं।

लाग्न सक्ला कतै वैरी नजर गिद्दे,
देश बोकौ सधैं दिलमा सफर राखौं।

दाउ होला कतै चामल पिठो साट्ने,
बुझ्न जानौँ भकारीमा नजर राखौँ।

बहर :- ए मुशाकिल 
रुक्न :- २१२२- १२२२- १२२२

:बिन्दा लामा"तृष्णा"
सिन्धुली

Comments

Post a Comment

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....