गजल_सानू बाबू मल्ल' सिन्धुली'

[गजल]


खेती गर्न प्रसस्तै छ पानी कर्णाली संग।
बरफ जस्तै चिसो हावा छ हिमाली संग।

लिम्बुवान बनेर पराई देशका दाजुहरु,
राज्य माग्न बेर लाउँदैनन् नेपाली संग।

आफन्तहरु बाटै लुटियो छिनभरमै यहाँ,
भागेर कहाँ जानू छर अब दलाली संग।

बन्दुक देखाएर दुश्मनले हराउन नखोज,
हातैमा छन नाङ्गो खुकुरी गोर्खाली संग।

मलाई यस कारण शहर मन पर्दै-पर्दैनन् ।
मेरो बच्पन छुट्यो गाउँको हरियाली संग।

_सानू बाबू मल्ल ' सिन्धुली'

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....